राजनिती

कार्यपालिका निर्णय नियमित सार्वजनिक गर्दैनन् चितवनका स्थानीय तह

कार्यपालिका निर्णय नियमित सार्वजनिक गर्दैनन् चितवनका स्थानीय तह

स्थानीय तहले आफुले बनाएका नीति–निर्णय आफ्नो वेबसाइटमार्फत नागरिकलाई जानकारी गराउनुपर्छ । नागरिकप्रतिको जवाफदेहिता र पारदर्शीताको लागि स्थानीय तहले गरेका कामकारबाही सार्वजनिक गर्न सरकारले सबै स्थानीय तहको वेबसाइट पनि बनाइदिएको छ । तर, चितवनमा रहेका सात स्थानीय तहमध्ये सबैभन्दा सानो तह इच्छाकामना गाउँपालिकाले बाहेक अन्य छ वटाले कार्यपालिका बैठकको निर्णय नियमित रुपमा सार्वजनिक गरेका छैनन् । स्थानीय तहले हरेक महिना कार्यपालिका बैठक बसेर निर्णय सार्वजनिक गर्नुपर्छ । इच्छाकामनामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि हरेक महिना नियमित रुपमा कार्यपालिका निर्णय सार्वजनिक हुँदै आएको छ । सूचना तथा निर्णय सार्वजनिक गर्ने कार्यमा इच्छाकामना उदाहरणीय बनेको छ । तर, जिल्लाका अन्य स्थानीय तहले सबैभन्दा…
Read More
राष्ट्रपति चुनावको मतगणना जारी, विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र बितरण गरिने

राष्ट्रपति चुनावको मतगणना जारी, विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र बितरण गरिने

नयाँ राष्ट्रपतिको चुनावका लागि आज बिहीवार सम्पन्न भएको मतदानको मतगणना नयाँ बानेश्वरमा रहेको संसद् भवनको ल्होत्से कक्षमा जारी छ । आज बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । मतगणनापछि आजै विजयी उम्मेदवारलाई राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदानमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेश सभा सदस्यले मतदान गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । देशको तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ । पूर्व सभामुखसमेत रहनुभएका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक…
Read More
राष्ट्रपति चयनका लागि मतदान सकियो, ४ बजेदेखि मतगणना

राष्ट्रपति चयनका लागि मतदान सकियो, ४ बजेदेखि मतगणना

राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो । नयाँ बानेश्वरस्थित संसद भवनमा रहेको मतदानस्थल पुगेर संघीय र प्रदेश सांसदहरुले राष्ट्रपति निर्वाचनमा मतदान गरेका हुन् । राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ८ दलीय गठबन्धनका साझा उम्मेदवार रहनुभएको छ भने नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ । संघीय संसदका तीनसय १३ र प्रदेशसभाका पाँचसय १८ सांसदले मत खसालेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिको निर्वाचनमा संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाका तीनसय ३४ जना र प्रदेशसभाका पाँचसय ५० जना सांसद मतदाता रहन्छन् । संघीय सांसदको मतभार ७९ र प्रदेश…
Read More
खाद्यवस्तुको विषादी परीक्षण प्रक्रिया अगाडि बढाउने सरकारको निर्णय

खाद्यवस्तुको विषादी परीक्षण प्रक्रिया अगाडि बढाउने सरकारको निर्णय

सरकारले खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ । आज बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल (‘प्रचण्ड’) को अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक आजै प्रतिनिधिसभामा दर्ता गर्ने निर्णयसमेत गरेको छ । जीवनाशक विषादीको परीक्षणसम्बन्धि प्रस्ताव नेपाल राजपत्रमा प्रकाशन गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भदौ १५ गते मन्त्रिपरिषद्मा पेस गरेको र भदौ २१ गते मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिमा छलफलका लागि पठाइएको भए पनि त्यसपछि थप…
Read More
स्ववियु निर्वाचनमा आचारसंहिता ः रंगरोगन र पोस्टर टाँस्न नपाइने

स्ववियु निर्वाचनमा आचारसंहिता ः रंगरोगन र पोस्टर टाँस्न नपाइने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्रचारप्रसार गर्नका लागि रङरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी आचारसंहिता जारी गरेको छ । त्रिविले जारी गरेको स्ववियु निर्वाचनमा आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयक निर्देशक पशुपति अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार क्याम्पसको कम्पाउण्ड वालको बाहिरिपट्टी, भित्रपट्टी र क्याम्पस वरिपरि बालपेन्टिङ गर्न र त्रिविका क्याम्पसमा हानी नोक्सानी हुने कुनै प्रकारको प्रचार गर्न पाइने छैन । यस्तै उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावली एफोर साइजको एकै रङ भएको मात्रै प्रचारप्रसार गर्न…
Read More
राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्कने क्रममा लडेर प्रदेश सांसद न्यौपाने घाइते

राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्कने क्रममा लडेर प्रदेश सांसद न्यौपाने घाइते

राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा लडेर मधेस प्रदेशका सांसद गोविन्दबहादुर न्यौपाने घाइते हुनुभएको छ । एकीकृत समाजवादी पार्टीबाट सप्तरी–४(१) बाट निर्वाचित सांसद न्यौपाने भोट हालेर फर्किने क्रममा चक्कर लागेर लडनुभएको हो । उहाँको टाउकोमा सामान्य चोट लागेको बताइएको छ । न्यौपानेलाई सुरूमा उपचारका लागि संसद् भवननजिकै रहेको सिभिल अस्पतालमा लगिए पनि अहिले राष्ट्रिय ट्रमा सेन्टर लगेर उपचार थालिएको छ । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज बिहीबार बिहान १० बजेदेखि संसद् भवन बानेश्वरमा मतदान सुरु भएको हो । बिहान १० बजे सुरु भई मतदान अपराह्न ३ बजेसम्म हुनेछ । मतदान सकिएको बढीमा चार घण्टाभित्र परिणाम आइसक्ने निर्वाचन अधिकृत महेश शर्मा…
Read More
सातै प्रदेशमा स्तन र पाठेघरको क्यान्सरको निःशुल्क उपचार सेवा विस्तार गर्ने प्रधानमन्त्री प्रचन्डको घोषणा

सातै प्रदेशमा स्तन र पाठेघरको क्यान्सरको निःशुल्क उपचार सेवा विस्तार गर्ने प्रधानमन्त्री प्रचन्डको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिने घोषणा गर्नुभएको छ । एकसय १३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो घोषणा गर्नुभएको हो । सम्बोधनमा प्रधानमन्त्रीले भन्नुभयो, ‘यसैगरी सात वटै प्रदेशमा निःसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिनेछ । साथै पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी विस्तार गरिनेछ ।’ साथै प्रधानमन्त्री…
Read More
लामिछानेको मुद्दामा सर्वोच्च अदालतको पूर्णपाठ सार्वजनिक

लामिछानेको मुद्दामा सर्वोच्च अदालतको पूर्णपाठ सार्वजनिक

सर्वोच्च अदालतले तत्कालीन उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य बदर हुने ठहर गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम् भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले गत माघ १३ गते गरेको फैसलाको पूर्णपाठ आज सार्वजनिक गर्दै उक्त ठहर गरेको हो । फैसलाको पूर्णपाठमा भनिएको छ, ‘रवि लामिछाने चितवन जिल्ला, निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुन पाउने अवस्था नदेखिएको, तर निज उम्मेदवार भइ निर्वाचित भएको घोषणा गरिएको समेत देखिँदा निज प्रत्यर्थी रवि लामिछानेलाई उम्मेदवार कायम गर्ने, निजलाई निर्वाचित घोषणा गर्ने, मिति २०७१–८–९ मा…
Read More

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट सर्वोच्चमा दर्ता

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट दर्ता भएको छ । २०७६ माघ १ मा माघी पर्वको अवसरमा काठमाडौको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएकामध्ये पाँच हजार जनाको मात्र जिम्मा आफूले लिएको अभिव्यक्ति दिनुभएको थियो । प्रचण्डको सोही अभिव्यक्तिलाई लिएर द्वन्द्वकालीन घटनामा पीडित भएका कल्याण बुढाथोकी, विनोद सापकोटा, कमला राई तिमल्सेना, हुमराज दवाडीलगायतले रिट दायर गर्नुभएको हो । मुद्दाको पेसी पर्सि बिहीवारलाई तोकिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो । उक्त अभिव्यक्तिविरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेशको माग गरिएको छ । यसअघि गत कात्तिक १४ गते सर्वोच्च अदालतमा दिएको निवेदन…
Read More
चितवन क्षेत्र नं २मा हुने उपनिर्वाचनका लागि आजदेखि दाबी विरोध कार्यक्रम

चितवन क्षेत्र नं २मा हुने उपनिर्वाचनका लागि आजदेखि दाबी विरोध कार्यक्रम

चितवन क्षेत्र नं २ मा आगामी बैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि आजदेखि दाबी विरोधको कार्यक्रम सुरु भएको छ । यसअघि चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । चितवनमा आज पनि फागु पर्व मनाइँदै छ । भोलि नारी दिवसको अवसरमा सार्वजनिक बिदा छ । दाबी विरोध कार्यक्रम सञ्चालनका लागि बिदाको दिन पनि कार्यालय खोलिने निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो । दाबी विरोध कार्यक्रम अन्तर्गत मतदाताले उजुरी दिन र त्रुटि सच्याउन पाउने छन् । बिदाको दिन परेपनि आज फागुन २३ देखि २५ गतेसम्म…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.