अन्तर्राष्ट्रिय समाचार

काठमाडौंको बानेश्वरमा सुकुम्बासी आन्दोलनमा उत्रिए , सरकारसँग राखे तीन बुँदे माग

काठमाडौंको बानेश्वरमा सुकुम्बासी आन्दोलनमा उत्रिए , सरकारसँग राखे तीन बुँदे माग

स्थायी विकल्पसहितको बसोबासको माग गर्दै काठमाडौंमा आज शुक्रबार भूमिहीन तथा सुकुम्बासीहरु आन्दोलित भएका छन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा माइतीघर मण्डलबाट नयाँ बानेश्वरसम्म भूमिहिन सुकुम्बासीले विरोध ¥याली आयोजना गरेका हुन् । आफ्नो लागि आफैं अघि बढौं अलमलमा नपरौं, लालपुर्जा प्राप्तिको महाअभियानमा सबैले हातेमालो गरौं’ भन्दै सुकुम्बासीहरूले अव्यवस्थित बसोबासीको हकअधिकार सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायलाई दबाब दिन धर्नाको कार्यक्रम गरेका हुन् । हिजो विहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गृहमन्त्री रवि लामिछानेलाई सुकुम्बासी हटाउने पहलका लागि भेटेपछि सुकुम्बासी आन्दोलित भएका हुन् । भूमि अभियान्तामाथिको झुठो जाहेरी निसर्त फिर्ता, भू–स्वामित्वसहितको स्थायी विकल्पबिनाको उठिबास बन्द गरिनुपर्ने र भूमि ऐन बमोजिम…
Read More
वैदेशिक रोजगारमा जानेहरुका लागि निःशुल्क व्यवसायिक तालिम सुरु

वैदेशिक रोजगारमा जानेहरुका लागि निःशुल्क व्यवसायिक तालिम सुरु

वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि काठमाडौँमा निःशुल्क तालिम सञ्चालन भएको छ । सुरक्षित आप्रावासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रले बुधबारबाट विदेश जान चाहने महिला र पुरुष दुवै जनाको लागि खान बस्न सहित निःशुल्क तालिम सञ्चालन गरेको हो । महिलाहरुको लागि माघ १८ मा गार्मेन्ट मेसिन अपरेटर तालिम हुने चितवनका सामी कार्यक्रमका संयोजक सूर्य पौडयालले बताउनुभएको छ । पुरुषले माघ १५ मा प्लम्बर, माघ २१ मा वेल्डर, माघ २२ मा स्काफोल्डिङ, माघ २३ मा हुने पाइप फिटर र माघ २९ मा इन्डस्ट्रियल इलेक्ट्रिसियन सम्बन्धी तालिम हुनेछ । पुरुषहरुको लागि तालिम काठमाडौं, झापा, बुटवल र पोखराबाट सञ्चालन गरिने सामीले जनाएको छ…
Read More
होटल रेस्टुरेन्टले लिँदै आएको १० प्रतिशत सेवा शुल्क सर्वोच्चद्वारा खारेज

होटल रेस्टुरेन्टले लिँदै आएको १० प्रतिशत सेवा शुल्क सर्वोच्चद्वारा खारेज

होटल, रेस्टुरेन्ट तथा अन्य सेवा प्रदायकले ग्राहकबाट लिने गरेको १० प्रतिशत सेवा शुल्क खारेज भएको छ । हिजो बुधवार सर्वोच्च अदालतले उक्त चार्ज अमान्य भएको भन्दै खारेज गरिदिएको हो । अदालतको संवैधानिक इजलासले उक्त सेवा शुल्क लिने गरी बनेको श्रम ऐनको केही प्रावधान संविधानसँग बाझिएको भन्दै अमान्य घोषित गरेपछि सेवा शुल्क खारेज भएको हो । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासबाट होटल, रेस्टुरेन्ट, मोटल, ट्राभल एजेन्सी लगायतका सेवा प्रदायकले लिने सर्भिस चार्जलाई गैरकानुनी घोषित गर्दै सर्वोच्चले त्यस्तो व्यवस्था तत्कालै हटाउन परमादेश समेत जारी गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डाः आनन्दमोहन भट्टराई र न्यायाधीश अनिलकुमार…
Read More
काठमाडौं महानगरले हटायो मापदण्डविपरीतका नौहजार बोर्ड

काठमाडौं महानगरले हटायो मापदण्डविपरीतका नौहजार बोर्ड

काठमाडौं महानगरपालिकाले अहिलेसम्म नौहजार अनधिकृत परिचय पाटी हटाएको छ । मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड तथा परिचय पाटी हटाइएको हो । गत असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो । सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैँ व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको थियो । तोकिएको समय सकिएपछि कार्तिक २७ गतेबाट अनधिकृत बोर्ड तथा पाटी हटाउन थालिएको थियो । यससँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाइनेछ । महानगरको आर्थिक ऐन २०७९ बमोजिम छ…
Read More
एक महिनामा मलेसिया जाने नेपालीको संख्या २० हजारभन्दा धेरै

एक महिनामा मलेसिया जाने नेपालीको संख्या २० हजारभन्दा धेरै

यो एक महिनामा वैदेशिक रोजगारको शिलशिलामा मलेसिया पुग्ने नेपाली कामदारको संख्या २० हजार भन्दा धेरै रहेको पाइएको छ । गत पुष महिनामा मलेसिया पुग्ने कामदारको संख्या २० हजार भन्दा धेरै रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार पुनः श्रम स्वीकृति र नयाँ श्रम स्वीकृति गरी पुस महिनामा सबैभन्दा धेरै मलेसियाका लागि श्रम स्वीकृति जारी भएको छ । मलेसियाका लागि २० हजार तीनसय ३९ श्रम स्वीकृति जारी भएकोमा १६ हजार सातसय ७५ त नयाँ अर्थात् पहिलो पटक श्रम स्वीकृति लिनेको सङ्ख्या रहेको छ । मलेसियापछि कतार जाने नेपालीको सङ्ख्या धेरै छ । विभागका अनुसार पुस महिनामा मात्रै कतारका लागि…
Read More
हुस्सु र कुहिरोबाट सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध

हुस्सु र कुहिरोबाट सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध

तराईका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरो लागेर दैनिक जनजीवनमा सामान्य प्रभाव पार्नसक्ने भन्दै आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले आगामी २४ घण्टाका लागि सूचना जारी गर्दै हुस्सु र कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पार्नसक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको हो । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश १,…
Read More
२०८० सालको लागि १५ वटा पात्रोलाई छाप्न स्वीकृति

२०८० सालको लागि १५ वटा पात्रोलाई छाप्न स्वीकृति

विसं २०८० सालका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १५ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि, खप्तड तारानाथ र गौरीशङ्कर गरी १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरिएको समितिले जनाएको छ । यस वर्षदेखि समितिले प्रकाशन सुरु गरेको ‘राष्ट्रिय पञ्चाङ्गलाई पनि निरन्तरता दिइने भएको छ । समितिबाट स्वीकृति पाएका पात्रो यही माघ १५ गतेपछि बजारमा आउने छन् । विसं २०७६ सम्म पुस अन्तिम साता नै पात्रो (पञ्चाङ्ग) प्रकाशन भइसक्थ्यो । तर, विसं २०७७ देखि भने कोरोना…
Read More
यती विमान दुर्घटनामा ज्यान गुमाएका छ जनाको अब शव ‘डीएनए’बाट पहिचान गरिने

यती विमान दुर्घटनामा ज्यान गुमाएका छ जनाको अब शव ‘डीएनए’बाट पहिचान गरिने

पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ लगिएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका फरेन्सिकविद् डा तुलसी कँडेलले फरेन्सिक र फिङगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको बताउनुभयो । छ जनाको अब शव ‘डीएनए’ परीक्षणबाट पहिचान गरिने उहाँको भनाई छ । ६ जनाको शव अत्यधिक जलेको हुनाले फरेन्सिक र फिङगर फ्रिन्ट विधिबाट पहिचानमा समस्या आएपछि डीएनए विधिबाट पहिचान गर्ने प्रक्रिया सुरु गरेको बताइएको छ । नेपाल प्रहरीको प्रयोगशालामा शवको ‘डीएनए’ परीक्षण गरिने छ । ‘डीएनए’ परीक्षणका लागि मृतक…
Read More
आईओएमका आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप

आईओएमका आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप

त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान(आईओएम) का आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप भएको छ । चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टेल सुधार समूहको संयुक्त आन्दोलनमा आईओएम प्रशासनले प्रहरी प्रशासनको बलमा हस्तक्षेप गरेपछि झडप भएको विद्यार्थीले जनाएका छन् । डिन कार्यालयमा विद्यार्थीले लगाएको ताला प्रशासनले तोडेपछि दुई पक्षबीच झडप भएको अभियानका केन्द्रीय संयोजक मनिष भट्टराईले बताउनुभएको छ । यसअघि पनि प्रशासनले विद्यार्थीहरूलाई धम्क्याउँदै आएको उहाँको भनाई छ । चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टल सुधार समूहले विभिन्न माग राखेर अनशनलगायतका आन्दोलन गर्दै आएको थियो । आन्दोलनरत विद्यार्थीहरुको कलेज प्रशासन, होस्टेल समिति र छात्रावास विद्यार्थीहरूको बीचमा रहेको तिक्तता तत्काल समाधान हुनुपर्ने माग छ…
Read More
प्रतिनिधिसभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन

प्रतिनिधिसभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन

प्रतिनिधिसभाले प्रतिनिधिसभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन गरेको छ । प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले सभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन गरेको घोषणा गर्नुभएको हो । समितिमा सांसदहरु अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेश बर्तौला, रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्ति बस्नेत, सवेन्द्रनाथ शुक्ल, सीता गुरुङ, सुवासचन्द्र नेम्बाङ, सोबिता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही रहनुभएको छ । प्रतिनिधिसभाको नियमावली मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव आज मंगलबारको प्रतिनिधिसभा बैठकले सर्वसम्मतले पारित गरेको छ । यो समितिलाई १५ दिनको समय तोकिएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.