अन्तर्राष्ट्रिय समाचार

राष्ट्रपतिको चुनावका लागि मतदाता नामावलीमा सांसद  चौधरीको नाम समावेश गराउन माग

राष्ट्रपतिको चुनावका लागि मतदाता नामावलीमा सांसद चौधरीको नाम समावेश गराउन माग

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअन्तर्गत मतदाताको नामावलीमा दावी विरोध गर्न तोकिएको अन्तिम म्यादसम्म पाँच वटा निवेदन परेको छ । ती निवेदनमा चार वटा नाम सच्याउने र एउटा नाम समावेश गर्ने विषय रहेको सहायक निर्वाचन अधिकृत अमृता शर्माले जानकारी दिनुभयो । मतदाता नामावलीमा दावी विरोधका लागि आज बिहीवार दिउँसो १२ बजेसम्मको समय तोकिएको थियो । कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्न निवेदन परेको छ । यसैगरी अन्य चार वटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदाता नामावलीको दाबी विरोधमा भने कुनै निवेदन दर्ता नभएको बताइएको छ ।…
Read More
उमेर विवादमा परेपछि डीआईजी सिंहले दिए राजीनामा

उमेर विवादमा परेपछि डीआईजी सिंहले दिए राजीनामा

नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले आज बुधवार राजीनामा दिनुभएको छ । उमेर झुक्याएर सेवामा बहाल रहेको खुलेपछि उहाँले प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा पुगेर राजीनामा दिएको स्रोतले जनाएको छ । हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहनुभएका सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भएको भेटिएपछि उहाँमाथि अनुसन्धान सुरु गरिएको थियो । २०५१ चैत ५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका सिंह नागरिकता विवाद नआएको अवस्थामा २०८१ साल चैत ५ सम्म प्रहरी सेवामा रहनुहुन्थ्यो । उहाँका ब्याजीमध्येबाट आगामी चैत ११ पछि नेतृत्वमा जान लागेको अवस्थामा त्यसअघि नै नागरिकता विवादमा मुछिएपछि राजीनामा दिनुभएको हो । प्रहरी अतिरिक्त महानिरीक्षक…
Read More
नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीको निलम्बन फुकुवा

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीको निलम्बन फुकुवा

राष्ट्रपतिबाट आममाफी पाएपछि कैलाली–२ मा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट निर्वाचित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ । प्रतिनिधि सभाको आज बुधवारको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्रजातन्त्र दिवसका अवसरमा सांसद चौधरीको कैद मिनाहा भएको व्यहोराको पत्र सदनलाई जानकारी गराएपछि सांसद चौधरीको निलम्बन फुकुवा भएको हो । चौधरीलाई गएको फागुन ७ मा मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिले माफी गर्नुभएको थियो । चौधरीलाई माफी दिइएको पत्र प्रतिनिधिसभामा सुनाइएपछि अब सांसद चौधरी सबै संसदीय गतिविधिमा सामेल हुन योग्य हुनुभएको छ । सांसद चौधरी आन्दोलनका क्रममा ट्र्याक्टरमा आगजनीको घटनामा जेल पर्नुभएको थियो ।
Read More
राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक, संघीय संसदका तीनसय ३१ र प्रदेशका पाँचसय ५० सांसदले मतदान गर्ने

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक, संघीय संसदका तीनसय ३१ र प्रदेशका पाँचसय ५० सांसदले मतदान गर्ने

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरले राष्ट्रपति चुनावका लागि आज मतदाता नामावली सार्वजनिक गरेको हो । राष्ट्रपतिको चुनावका लागि सार्वजनिक भएको नामावली अनुसार संघीय संसदका तीनसय ३१ सांसद र प्रदेश सभाका पाँचसय ५० सदस्यले मतदान गर्ने भएका छन् । संघीय संसदका तीनसय ३४ सांसदमध्ये चितवन–२ रिक्त रहेको छ । त्यस्तै निलम्बित सांसद टेकबहादुर गुरुङले भने मतदान गर्न नपाउने हुनुभएको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरीको नाम पनि राष्ट्रपति चुनावको मतदाता नामावलीमा समावेश गरिएको छैन । सरकारले गत शुक्रबार राष्ट्रपतिमार्फत सांसद चौधरीलाई आममाफी दिएको भएपनि आममाफीको आधिकारिक जानकारी आइनसकेकाले उहाँको…
Read More
स्वास्थ्यमन्त्री गिरी स्वीटजरल्याण्ड प्रस्थान

स्वास्थ्यमन्त्री गिरी स्वीटजरल्याण्ड प्रस्थान

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी गएराति स्वीटजरल्याण्ड प्रस्थान गर्नुभएको छ । स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन उहाँ स्वीटजरल्याण्ड प्रस्थान गर्नुभएको हो । सम्मेलनमा विश्वका विभिन्न देशका स्वास्थ्यमन्त्रीको सहभागिता हुने बताइएको छ । मन्त्रीसँगै मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल र मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीसमेत जानुभएको हो । मन्त्री गिरी सम्मेलनमा भाग लिई यही फागुन १४ गते स्वदेश फर्कनुहुने छ ।
Read More
प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त

प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्डको) को परराष्ट्र मामिला सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त हुनुभएको छ । अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधी गर्नुभएका सापकोटालाई मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेको हो । आफूलाई परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरिएको जानकारी प्राप्त भएको तर पत्र बुझ्न र कार्यभार सम्हाल्न बाँकी रहेको डां सापकोटाले जानकारी दिनुभयो । सापकोटाले भोली बुधबारदेखि कार्यभार सम्हाल्नुहुनेछ । यसअघि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उप–कार्यकारी निर्देशक रहनुभएका सापकोटा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका छोरासमेत हुनुुहुन्छ । सापकोटाले त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापन गर्दै आउनुभएको छ । साथै, त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीति विषय समिति सदस्यका रुपमा…
Read More
बुस्टर डोज का लागि थप तीन लाख ४५ हजार छ सय मात्रा खोप आज नेपाल आइपुग्यो

बुस्टर डोज का लागि थप तीन लाख ४५ हजार छ सय मात्रा खोप आज नेपाल आइपुग्यो

कोरोना भाइरस सङ्क्रमणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप तीन लाख ४५ हजार छ सय मात्रा खोप आज सोमवार नेपाल आइपुगेको छ । भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (गाभी) ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप कतार एअरवेजबाट आज बिहान आएको स्वास्थ्य सेवा विभागले जनाएको छ । यसअघि पनि यही फागुन १ र फागुन ४ गते तीन लाख ४५ हजार छ सय मात्राका दरले खोप नेपाल आएको थियो । गाभीले कोभ्याक्स सुविधामार्फत जर्मन सरकारले उपलब्ध गराएको फाइजरको ‘बाइभ्यालेन्ट’ खोप बुस्टर डोजका लागि मात्र प्रयोग गरिनेछ । नेपाललाई जर्मन सरकारले १५ लाख मात्रा खोप उपलब्ध गराउनेछ । आज खोप…
Read More
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन कानुन व्यवसायीले गरे माग

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन कानुन व्यवसायीले गरे माग

प्रधानन्यायाधीशको नियुक्ति नहुँदा न्याय सम्पादनमा असर पुगेको भन्दै कानुन व्यवसायीले अविलम्ब प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका छन् । आज सोमबार सर्वोच्च अदालत बार एसोसिएसनको ४९औँ स्थापना दिवसका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले लामो समयदेखि सर्वोच्चमा प्रधानन्यायाधीश रिक्त हुनु शोभनीय नभएको बताउनुभयो । प्रधानन्यायाधीश नियुक्त हुन नसक्नु राजनीतिक दलहरूको अकर्मण्यता भएको उहाँको भनाई छ । “न्यायपालिकाको प्रमुख लामो समयदेखि रिक्त रहनु पहिलो कुरा शोभनीय हुँदैन । दोस्रो कुरा, यसले न्याय सम्पादनमा गम्भीर असर परिरहेको छ । ढुक्कका साथ आफू प्रधानन्यायाधीशको जिम्मेवारी निर्वाह गर्न…
Read More
अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित, सयौं यात्रुको बिचल्ली

अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित, सयौं यात्रुको बिचल्ली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा सयौं यात्रुलाई समस्या भएको छ । सर्भर डाउन भएपछि केही उडानसमेत बन्द भएका छन् । अध्यागमनमा पटकपटक यस्तो समस्या हुँदा गृहमन्त्रालय र अध्यागमन विभागलाई ताकेता गरेपनि समाधान नभएको कर्मचारीको गुनासो छ ।करिब एक घण्टादेखि सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसकेकोले उडान प्रभावित भएको अध्यागमनका एक अधिकारीको भनाई छ । अफलाइन सर्भर नहुनु र बारम्बार प्राविधिक समस्याबारे जानकारी गराउँदा पनि वास्ता नगरेपछि कर्मचारीले नै यात्रुको आक्रोश भोग्नुपरेको अधिकारीको गुनासो छ । सर्भर बिग्रिएको कारण फ्लाई दुबई, एयर इन्डिया, इण्डिको एयर, थाई स्माइल, मलेसियन एयरलगायतका नौवटा जति…
Read More
पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको उपचारका क्रममा निधन

पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको उपचारका क्रममा निधन

पूर्वस्वास्थ्यमन्त्री प्राध्यापक डाक्टर मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको उपचारका क्रममा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । मानवअधिकार क्षेत्रमा पनि काम गरिरहनुभएका श्रेष्ठ लामो समयदेखि दम र छातीको सङ्क्रमणले थलिनुभएको थियो । वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाउनुभएको थियो । विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उहाँ नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री बन्नुभएको थियो । उहाँका छ छोरा र एक छोरी हुनुहुन्छ । उहाँको मङ्गलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.