नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीको निलम्बन फुकुवा

राष्ट्रपतिबाट आममाफी पाएपछि कैलाली–२ मा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट निर्वाचित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ ।
प्रतिनिधि सभाको आज बुधवारको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्रजातन्त्र दिवसका अवसरमा सांसद चौधरीको कैद मिनाहा भएको व्यहोराको पत्र सदनलाई जानकारी गराएपछि सांसद चौधरीको निलम्बन फुकुवा भएको हो । चौधरीलाई गएको फागुन ७ मा मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिले माफी गर्नुभएको थियो । चौधरीलाई माफी दिइएको पत्र प्रतिनिधिसभामा सुनाइएपछि अब सांसद चौधरी सबै संसदीय गतिविधिमा सामेल हुन योग्य हुनुभएको छ । सांसद चौधरी आन्दोलनका क्रममा ट्र्याक्टरमा आगजनीको घटनामा जेल पर्नुभएको थियो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.