कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार

खाना पकाउने ग्यास चुहिएर भएको आगलागीबाट घाइते भई भारतको मुम्बइको नेशनल बन्र्स सेन्टरमा उपचाररत नेपाली कांग्रेसका नेता एवम् सांसद डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा क्रमशः सुधार देखिएको छ । हिजो मंगलबारबाट उहाँ बोल्न थाल्नुभएको छ भने आज बुधवारदेखि मुखबाटै खाना खुवाउन थालिएको छ ।
यसअघि पाइपबाट खाना खुवाउँदै आएकामा आजदेखि भने मुखबाटै खाना खुवाइएको सांसद भण्डारीसँगै रहनुभएका योगराज कँडेलले जानकारी दिनुभयो । भण्डारीलाई दिइएको अक्सिजनको मात्रा पनि घटाइएको छ । यसअघि आठ लिटर अक्सिजन दिइएकोमा आज बिहानदेखि छ लिटरमा झारिएको छ ।
गत बुधवार राति काठमाडौको घरमा ग्यास लिक भएर आगलागीमा परि घाइते हुनुभएका सांसद भण्डारीलाई उपचारका लागि बिहीबार एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो ।सो घटनामा परेर गम्भीर घाइते हुनुभएकी उहाँँको आमाको भने कीर्तिपुर अस्पतालमा उपचारको क्रममा बिहिवार निधन भएको थियो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.