चितवन सेरोफेरो

सौराहामा क्रिसमसको तयारी तिव्र

सौराहामा क्रिसमसको तयारी तिव्र

रत्ननगर ०४ पुस । चितवनको पर्यटकीय नगरी सौराहामा क्रिसमस इभको तयारी थालिएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसियसन(रेवान) सौराहाले यस बर्षको क्रिसमस डे लाई भब्य बनाउने गरी तयारी थालेको हो । २५ डिसेम्बर, अर्थात पुस दश गते यस बर्ष क्रिसमस डे परेको छ । त्यसको पूर्व सन्ध्यामा पुस ९ गते सौराहामा भब्य कार्यक्रम आयोजना गरिने रेवानको अध्यक्ष नरेश गिरीले जानकारी दिए । इसाई धर्मावलम्बीहरूको सबैभन्दा ठूलो पर्व क्रिसमस इभलाई पर्यटक भित्र्याउने माध्यमको रुपमा लिएर तयारी थालिएको उनले बताए । क्रिसमस डे आउन एक हप्ता देखि नै सौराहालाई सझाउन थालिएको छ । सौराहाको मुख्य बजारमा ध्वजापतका टागिएको छ । पुस ९…
Read More
चितवनमा सवारी दुर्घटनाको बढ्दो ग्राफः पाँच महिनामा गयो ४० जनाको ज्यान

चितवनमा सवारी दुर्घटनाको बढ्दो ग्राफः पाँच महिनामा गयो ४० जनाको ज्यान

चितवनमा चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सवारी दुर्घटनामा परी ४० जनाको मृत्यु भएको छ । गत साउनदेखि अहिलेसम्म भएका एकसय ७२ दुर्घटनामा ४० जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । मृत्यु हुनेहरुमा ३३ पुरुष, पाँच महिला, एक बालक र एक बालिका रहेका छन् । ९१ गम्भीर घाइते र दुईसय १५ सामान्य घाइते भएका छन् । दुर्घटनामा दुईसय ४४ सवारीसाधन परेको कार्यालयको तथ्याङ्कले जनाएको छ । ती दुर्घटनामा पर्नेमा सबैभन्दा बढी एकसय ३५ तीव्र गतिमा सवारी चलाउने रहेका छन् । यस्तै ट्रक र ट्याङ्कर ३१, डेलिभरी भ्यान, जिप र कार ३४, माइक्रो छ, टेम्पो अटो रिक्सा…
Read More
चितवनबाट सरदर दैनिक ४० जना जान्छन वैदेशिक रोजगारीमा

चितवनबाट सरदर दैनिक ४० जना जान्छन वैदेशिक रोजगारीमा

चालू आर्थिक बर्षको साउन देखि असोज मसान्तसम्म चितवनबाट तीनहजार छ सय पच्पन्न जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृत लिएका छन । जसमध्ये श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिलाको सख्या छसय रहेको छ । जिल्लामा प्रतिदिन सरदर ४० जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने गरेको एक तथ्यांकले देखाएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक असर तथा न्यूनीकरण सम्बन्धि एक अन्तरक्रिया कार्यक्रम गरेको छ । आज आइतबार भरतपुर महानगरपालिकाको सभाहलमा भएको कार्यक्रममा हेल्भेटास नेपालका कार्यक्रम अधिकृत उमा पौडेलले वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक असर तथा सामाजिक लान्छनाका सम्बन्धमा कार्यपत्र प्रस्तुत…
Read More
भरतपुर महानगर क्षेत्रका २० वटा सीसी क्यामरा प्रयोगविहीन, अपराध नियन्त्रणमा कठिनाई

भरतपुर महानगर क्षेत्रका २० वटा सीसी क्यामरा प्रयोगविहीन, अपराध नियन्त्रणमा कठिनाई

भरतपुर महानगरपालिकाको सार्वजनिक क्षेत्रमा जडान गरिएको आधा भन्दा धेरै सीसीटिभी क्यामेरा सञ्चालन नहुदा अपराध नियन्त्रण कार्य कठिन भएको छ । बजारको चोक र सडकको वरिपरी हुने चोरी, तोडफोड र सवारी दुर्घटनाका घटनाको अनुसन्धानमा सहयोगी हुने क्यामरा बिग्रदा चितवन प्रहरीलाई अपराध नियन्त्रणमा कठिनाई भएको हो । जिल्लामा ३७ वटा सीसी क्यामेरा जडान भएकोमा २० वटा क्यामरा त बिग्रिएका जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । जिल्लाको मुख्यकेन्द्र, मुग्लिङ, रामनगर, पारस बसपार्क, हाकिमचोक, चौबिसकोठी, वीरेन्द्र क्यामपसचोक, लाइन्सचोक, सहिदचोक, पुलचोक, आँपटारीलगायत अन्य विभिन्न क्षेत्रमा दुई देखि चारगरी ३७ वटा क्यारा जडान भएको छ । तर,…
Read More
तनहुँको आँबुखैरेनीमा सडक भासिँयो, पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँको आँबुखैरेनीमा सडक भासिँयो, पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ खानिखोलामा आज बिहान सडक डाइभर्सन बनाउन खोज्दा सडक भासिएको छ । सडक चौडा गर्ने क्रममा पुलनजिक सडक भासिएपछि पृथ्वीराजमार्ग अवरूद्ध भएको हो । खुलाउने प्रयास भइरहेको र अहिले स–साना गाडीहरू पास भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । खाल्डोमा माटो राखेर पुरेर सडक पुनः सञ्चालनमा ल्याइने बताइएको छ । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडकखण्ड फराकिलो बनाउने काम भइरहेको जनाइएको छ ।
Read More
राष्ट्रिय आधारभुत विद्यालय लटौलीलाई रोटरी क्लब अफ रत्ननगरले हस्तान्तरण गर्यो  तीन कट्ठा जग्गा

राष्ट्रिय आधारभुत विद्यालय लटौलीलाई रोटरी क्लब अफ रत्ननगरले हस्तान्तरण गर्यो तीन कट्ठा जग्गा

कालिका नगरपालिका वडा नं ९ मा रहेको राष्ट्रिय आधारभुत विद्यालय लटौलीलाई रोटरी क्लब अफ रत्ननगरले करिब सात लाख ५० हजार मुल्य बराबरको तीन कट्ठा जग्गा प्रदान गरेको छ । सीमान्तकृत चेपाङ समुदायका बालवालिका अध्यायन गर्ने सो विद्यालयलाई भवन निर्माणको लागि जग्गा अभाव भएपछि रोटरी क्लवले जग्गा हस्तान्तरण गरेको हो । क्लवका अध्यक्ष रामहरि लम्सालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका वडाध्यक्ष निलकण्ठ मगरलाई जग्गाको स्वामित्व हस्तान्तरण गर्नुभएको थियो । रोटरी क्लव अफ रत्ननगरले सो विद्यालयलाई विगत १५ बर्ष देखि निरन्तर सहयोग गर्दै आएको छ । सो विद्यालयका ८४ जना विद्यार्थीहरुलाई स्टेशनरी सहित स्कुल पोसाक, चप्पल, जुत्ता, तथा ३० घर परिवारलाई…
Read More
सौराहामा वर्ड एजुकेसन सोसाइटीको नव निर्वाचित टिमलाइ सुभकामना

सौराहामा वर्ड एजुकेसन सोसाइटीको नव निर्वाचित टिमलाइ सुभकामना

बर्ड एजुकेसन सोसाइटीको नवनिर्वाचित पदाधिकारीलाई आज सौराहामा बधाई तथा सुभकामना कार्यक्रम सम्पन्न भएको छ। पर्यटन पर्वर्द्दन समिती लगायत सौराहा पेरिफेरीमा रहेर पर्यटकीय गतिविधी गर्दै आएका कुमरोज मध्यवर्ती सामुदायिक वन, बाघमारा मध्यवर्ती सामुदायिक वन र बछौली माध्यमिक विधालयले नवनिर्वाचित सोसाइटीको टिमलाई सम्मान गरिएको हो। कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष टिकाराम गिरीले आफुलाई यो सम्मानले हौसला प्राप्त भएको भन्दै बिगत लामो समय देखिको आफ्नो अनुभवलाई संस्थाको हक हित र संरक्षणमा तदारुकताको साथ लगाउने बताउनु भएको छ। पर्यटन प्रवर्द्धन समितिका कार्यवाहक अध्यक्ष टीका प्रसाद कडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेश कुमार श्रेष्ठ, बाघमारा सामुदायिक वनका अध्यक्ष जित बाहादुर…
Read More
काठ बरामद प्रकरण ः काठ जस्ताको तस्तै फिर्ता नगरे आन्दोलन गर्ने जलदेवी वनको चेतावनी

काठ बरामद प्रकरण ः काठ जस्ताको तस्तै फिर्ता नगरे आन्दोलन गर्ने जलदेवी वनको चेतावनी

भरतपुर महानगरपालिकाको आँपटारीस्थित जलदेवी सामुदायिक वनबाट डिभिजन वन कार्यालयले काठ लगेपछि सामुदायिक वन समितिले तत्काल उक्त काठ फिर्ता गर्न माग गरेको छ । हिजो बिहीबार भएको पत्रकार सम्मेलनमा वन कार्यालयले पार्क क्षेत्रमा ढिकी, जाँतो, रोटे पिङलगायतका नेपाली मौलिक संरचना निर्माण गर्न हावाहुरीले भाँचेको हाँगाबाट निस्किएको काठ राख्दा डिभिजन वनले लगेको भन्दै त्यसलाई जस्ताको तस्तै फिर्ता गर्न र नगरे आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । गत साउनको अन्तिममा वन समितिको बैठकले निर्णय गरेर आवश्यक कानुनी प्रक्रिया पु¥याई आवश्यक प्रयोजनका लागि भनेर राखेको ४८ क्युफिट काठ सांसद्ले भनेको भरमा डिभिजन वन कार्यालयले निकालेर लैजान नमिल्ने सामुदायिक वनका अध्यक्ष माधव देवकोटाले बताउनुभयो…
Read More
चितवनमा सवारी लाइसेन्स ः खुल्यो आर्थिक प्रस्तावको फाइल

चितवनमा सवारी लाइसेन्स ः खुल्यो आर्थिक प्रस्तावको फाइल

चितवनमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणको लागि बाँकी प्रक्रिया अघि बढेको छ । अख्तियारमा रोकिएको फाइल यातायात कार्यालय भरतपुरमा आएसँगै आज (शुक्रबार) आर्थिक प्रस्तावको फाइल खोलिएको छ । जिल्ला प्रशासन कार्यालयमा आर्थिक प्रस्ताव पेश गर्ने महालक्ष्मी ट्रायल सेन्टर र सद्गुरुका प्रतिनिधि समेतको उपस्थितीमा फाइल खोलिएको हो । अब आर्थिक प्रस्ताव मूल्याकंन समितिको बैठक बसेर दुईमध्ये एक ट्रायल सेन्टरलाई लाइसेन्सको प्रयोगात्मक परीक्षा स्थलका रुपमा छनौट गर्ने यातायात कार्यालय चितवनले जनाएको छ । आर्थिक प्रस्तावको फाइल खोलेको १५ दिनभित्र मूल्यांकन समितिको बैठक बस्नुपर्ने कानुनी व्यवस्था छ । समितिले कुनै एउटा ट्रायल सेन्टर छनौट गरेपछि आशयको सूचना प्रकाशित गर्छ । यसमा कार्यालयले…
Read More
चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा मरे ५४ वन्यजन्तु

चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा मरे ५४ वन्यजन्तु

चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा ५४ वन्यजन्तु मरेका छन् । गत साउनयता मरेका ५४ वन्यजन्तुमध्ये प्राकृतिक कारण २७ र कुकुरको आक्रमणबाट २१ वन्यजन्तु मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । जुधेर, सडक दुर्घटनामा परेर, विद्युत् करेन्ट लागेर, दलदलमा परेर, अन्य कारणले दुई जनावर मरेका छन् । मर्नेमा सबैभन्दा धेरै चित्तल रहेका छन् । पाँच महिनाको अवधिमा ३२ चित्तल मरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । तीमध्ये प्राकृतिक कारणले १०, कुकुरको आक्रमणमा परी २०, दलदलमा परेर र सडक दुर्घटनामा परी एक÷एक क्षेत्रभित्र पाँच गैँडा मरेका छन् । तीन प्राकृतिक कारणले मरेका छन् भने जुधेर र करेन्ट लागेर एक÷एक गैँडा मरेका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.