प्रवास

कोरोनाका कारण झन्डै तीन वर्ष रोकिएको काठमाडौं–बेइजिङ उडान फेरी सुरु

कोरोनाका कारण झन्डै तीन वर्ष रोकिएको काठमाडौं–बेइजिङ उडान फेरी सुरु

कोरोना महामारीका कारण २०७६ चैतदेखि बन्द भएको काठमाडौं–बेइजिङ सिधा उडान झन्डै तीन वर्षपछि फेरी सुरु भएको छ । चीनले आफ्नो मुलुकमा लगाएको यात्रा प्रतिबन्ध पुस २४ गतेदेखि फुकुवा गरेपछि हिमालय एयरलायन्सले बेइजिङ उडान सुरु गरेको हो । नेपालको यती वल्र्ड इन्भेस्टमेन्ट प्रालि र तिब्बत एभिएसन डेभलपमेन्ट एज्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको संयुक्त लगानीमा आठ वर्षअघि स्थापना भएको हिमालय एयरलायन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा यहि माघ २८ देखि हरेक शनिबार नियमित उडान गर्ने भएको छ । काठमाडौंबाट चीनको राजधानीका लागि सिधा उडान गर्ने हिमालय एक मात्र वायुसेवा हो । साढे चार घण्टाहाराहारीको यो रुटमा पर्यटक, व्यापारी र विद्यार्थीहरूको आवागमन…
Read More
अफगानिस्तानमा आत्मघाती बम विस्फोट हुँदा बीस जनाको गयो ज्यान,चालिस भन्दा बढि घाइते

अफगानिस्तानमा आत्मघाती बम विस्फोट हुँदा बीस जनाको गयो ज्यान,चालिस भन्दा बढि घाइते

अफगानिस्तानको विदेश मन्त्रालय नजिक हिजो बेलुका आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ । ४० जनाभन्दा धेरै घाइते भएका छन् । अफगानी सुरक्षा निकायले भने अहिलेसम्म पाँच जनाको मात्रै ज्यान गएको पुष्टि गरेको जनाइएको छ । तालिबान सरकारले हताहतको संख्यालाई कम रिपोर्ट गरेको आरोप छ । इस्लामिक स्टेटले आक्रमण आफूले गराएको दावी गरेको छ ।
Read More
जापान र दक्षिण कोरियाका नागरिकलाई चीन प्रवेशमा प्रतिबन्ध

जापान र दक्षिण कोरियाका नागरिकलाई चीन प्रवेशमा प्रतिबन्ध

चीनले दक्षिण कोरिया र जापानका नागरिकलाई चीन प्रवेशका लागि भिसामा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरस संक्रमणको नाममा चिनियाँ नागरिकमाथि ती देशहरुले विभेद गरेको भन्दै चीनले यस्तो कदम चालेको हो । पछिल्लो समय चीनमा कोरोना बढेपछि दक्षिण कोरिया, जापान, अमेरिकालगायतका देशले चिनियाँ नागरिकमाथि कडा निगरानी गर्नुका साथै यात्रामा रोक लगाएका छन् । शुन्य कोभिड नीतिबाट पछि हटेसँगै चीनमा कोरोना सङक्रमण फैलिएको छ । चीनमा नयाँ सब–भेरिएन्ट बीएफ–७ तीव्र रूपमा फैलिएको र त्यसका कारण अस्पतालका सघन उपचार कक्ष भरिएका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बताउँदै आएको छ ।
Read More
ब्राजिलमा भएको दंगामा सहभागी एक हजार दुइसय जना पक्राउ

ब्राजिलमा भएको दंगामा सहभागी एक हजार दुइसय जना पक्राउ

ब्राजिलमा राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर भएको विवादमा सहभागी भएको आशंकामा प्रहरीले कम्तीमा पनि एक हजार दुईसय जनालाई पक्राउ गरेको जनाएको छ । ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरुले राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणा भएपछि हिजो सोमबार व्यापक मात्रामा तोडफोड गरेका थिए । उनीहरुले संसद् भवनभित्रै प्रवेश गरेर त्यहाँका भौतिक संरचनामा पनि तोडफोड गरेका थिए भने ब्राजिलका राष्ट्रपतिको कार्यालयमा पनि आक्रमण गरेका थिए । प्रहरीले अनुसन्धान गर्ने क्रममा राति नै करिब तीनसय जनालाई पक्राउ गरेको थियो । त्यसलगत्तै प्रहरी परिचालन गरिएको थियो । त्यस क्रममा प्रहरीले सो आक्रमण र हिंसामा सहभागी भएका व्यक्तिहरुलाई सिसी टिभीबाट पहिचान गरेर पक्राउ गर्ने काम थालेको थियो…
Read More
चीनको कोभिड व्यवस्थापनप्रति अमेरिकी राष्ट्रपतिको चिन्ता

चीनको कोभिड व्यवस्थापनप्रति अमेरिकी राष्ट्रपतिको चिन्ता

अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा भइरहेको कोभिड–१९ को महामारी नियन्त्रणको व्यवस्थापनलाई लिएर चिन्ता व्यक्त गर्नुभएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चीनले बुझाएको प्रतिवेदनमा कोभिड–१९ बाट मृत्यु हुनेको विवरण नरहेको जिकिर गरेपछि उहाँले चिन्ता व्यक्त गरेको रोयटर्सले जनाएको छ । चीनले गत महिना कडा कोभिड नियन्त्रणहरू खारेज गरेपछि अमेरिकालगायत एक दर्जन भन्दा बढी राष्ट्रहरूले चीनबाट आउने यात्रुहरूमा प्रतिबन्ध लगाएको छ । जसले यसको १.४ बिलियन जनसंख्यालाई तीन वर्षसम्म भाइरसबाट जोगाएको थियो । चीनमा हाल विश्वव्यापी स्वास्थ्य अधिकारीहरूले प्रकोप नियन्त्रणमा लिन खोजिरहेका छन् । तर चीनले दिएको तथ्यांकसँग बाँझिने गरी अस्पतालहरू र अन्त्येष्टि घरहरू भरिएका छन् । डब्लुएचओका आपतकालीन निर्देशक माइक…
Read More
एनआरएनएको केन्द्रीय समिति बैठक आगामी साता बस्ने

एनआरएनएको केन्द्रीय समिति बैठक आगामी साता बस्ने

लण्डन, पुस २३ । गैरआवासीय नेपाली संघ (एनआरएनएं) को ८१ औं बैठक आगामी साता बस्ने भएको छ । संघका महासचिव डा हेमराज शर्माका अनुसार सो बैठक जनवरी १५ का दिन नेपालको समय अनुसार दिउँसो दुई बजे बस्ने गरि डाकिएको हो । बैठकमा आगामी दशौं महाधिवेशन र संघको निर्वाचन प्रमुख एजेण्डा लगायतका विषयमा छलफल हुनेछ । संघको महाधिवेशनमा प्रतिनिधि छनौटको विषय प्रमुख रुपमा विवादित हुँदा निर्वाचन र महाधिवेशन लामोसमयदेखि रोकिएको छ । केन्द्रीय समितिको बैठक अगावै निर्वाचन सम्बन्धी तालिका प्रकाशन गर्ने तयारी गरिएको छ । महाधिवेशन प्रतिनिधि विवाद सल्टाउन अध्यक्षका प्रत्यासी डा. बद्री केसी, रविना थापा र कुल आचार्यबीच पटकपटक औपचारिक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.