Breaking news

खैरहनी १३ मा हात्ती आतंक ३ जना स्थानीय घाईते

खैरहनी १३ मा हात्ती आतंक ३ जना स्थानीय घाईते

कुमराेज। जंगली हात्तीको आक्रमणबाट खैरहनीको कुमराेजमा ३ जना घाइते भएका छन् । खैरहनी १३ सिम्रेनिबाट सौराहा काम गर्न जाने क्रममा आइतबार बिहान ७ बजे जंगली हात्ती गोबिन्दले आक्रमण गरेको हो । हात्तीको आक्रमणबाट खैरहनी १३ सिम्रेनीका तारा आले मगर, निसा चौधरी र राधा चौधरी घाइते भएका कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेशकुमार श्रेष्ठले बताए । घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको छ । जंगलको सिमाना जोडिएको खैरहनी १३ हर्नरीमा रहेको ओम रिजालको इलाफेन्ट केयर नेपाल नजिक जंगली हात्तीले उनीहरुलाइ आक्रमण गरेको हो। बिगत तीन दिन देखि सो हात्तीले स्थानिय को बाली नास गरि घरमा राखेको अन्न समेत खादै आईरहेको थियो। निकुञ्ज…
Read More
माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरू

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरू

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठकमा सहभागी हुन अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल –प्रचन्ड) पनि पुगिसक्नुभएको छ । उक्त बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल हुने महासचिव देव गुरुङले जानकारी दिनुभयो । पार्टी संगठन विकास र विस्तारको विषयमा पनि छलफल हुने उहाँको भनाई छ । केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि पनि बैठकका एजेण्डा छन् । बैठकमा स्थायी कमिटीमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति चुनावबारे पनि छलफल हुनेछ । यस्तै आजको बैठकले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने तयारीसमेत गरेका छन् । उक्त बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मितिसमेत तोक्नेछ ।
Read More
बागमती प्रदेशमा मन्त्रीहरुको नाम टुंगियो, शपथ आजै

बागमती प्रदेशमा मन्त्रीहरुको नाम टुंगियो, शपथ आजै

बागमती प्रदेशको मन्त्रीहरुको टुंगो लागेको छ ।उक्त प्रदेशमा एमाले र माओवादीले चार÷चार तथा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले तीन मन्त्रालय पाउने सहमति भएअनुसार दलहरुले आ–आफ्ना मन्त्रीको नाम टुंगो लगाएका हुन् । नेकपा एमालेबाट मकवानपुरका एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ्य र काठमाडौंका केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री बन्ने हुनुभएको छ । एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया भने यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री भैसकेका छन् । यसैगरी माओवादीबाट सिन्धुलीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून, सिन्धुपाल्चोकका युवराज दुलाल भौतिक पूर्वाधार विकास र मकवानपुरका कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्ने हुनुभएको छ । माओवादी संसदीय…
Read More
संसद भवनअघि इलामका आचार्यले गरे आत्महत्याको प्रयास

संसद भवनअघि इलामका आचार्यले गरे आत्महत्याको प्रयास

संघीय संसद भवनअगाडि आज मंगलबार दिउँसो इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गर्नुभएको छ । बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाउनुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संसद भवनबाट बाहिर निस्के लगत्तै आत्मदाह गर्नुभएको हो । आचार्यलाई प्रहरीले उद्धार गरेर कीर्तपुरस्थित बर्न अस्पताल लगेका थिए ।
Read More
एकसय ६७ मतसहित सभामुखमा एमालेका घिमिरे निर्वाचित

एकसय ६७ मतसहित सभामुखमा एमालेका घिमिरे निर्वाचित

प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएको छ । आज बिहीवार बसेको संसद् बैठकले घिमिरेलाई सभामुखमा निर्वाचित गरेको हो । मत विभाजनमा घिमिरेको पक्षमा एक सय ६७ मत र विपक्षमा एक सय मत खसेको छ । यस्तै एक सांसद तटस्ठ रहेका थिए । दुई सय ७५ सदस्यीय सभामा आज दुई सय ६८ जना सांसद उपस्थित रहेका थिए । बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले घिमिरेलाई सभामुखमा निर्वाचित भएको घोषणा गर्नुभएको हो । सत्ता गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार घिमिरेलाई सभामुखमा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको थियो । यस्तै उहाँको समर्थकमा नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका राजेन्द्र…
Read More
सिभिल मलमा एक युवकले आफ्नै जिउमा लगाए आगो, ट्रमा सेन्टरमा उपचार हुँदै

सिभिल मलमा एक युवकले आफ्नै जिउमा लगाए आगो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । सिभिल महलको भुँइतलामा आज बिहिवार दिउँसो ११ः ४० मा ३० वर्षिय विशाल लामिछाने गुरुङले आफ्नै जिउमा आगो लगाएको प्रहरीले जनाएको छ । उनको तत्काल उद्धार गरी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको बताइएको छ । घटनाको कारण भने खुल्न सकेको छैन । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Read More
पोखरा विमान दुर्घटना अपडेट ः घटनास्थलबाट ३२ जनाको शव निकालियो

पोखरा विमान दुर्घटना अपडेट ः घटनास्थलबाट ३२ जनाको शव निकालियो

पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो । उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जाँदासम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको हो । पुरानो विमानस्थलको पछाडिपट्टि रहेको सेती नदी दोभानमा जहाज खसेको थियो ।
Read More
बीस लाख धरौटी बुझाएर छुटे सन्दीप लामिछाने

बीस लाख धरौटी बुझाएर छुटे सन्दीप लामिछाने

बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त हुनुभएको छ । उच्च अदालत, पाटनमा २० लाख रुपैयाँ धरौटी बुझाएर उहाँ छुट्नुभएको हो । लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटी लिएर छाड्न हिजो बिहीबार उच्च अदालत, पाटनले आदेश दिएको थियो । न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो । लामिछानेलाई धरौटीमा छाड्न अदालतले पीडितसँग सम्पर्क गर्न नपाउने, विदेश जान नपाउने, काठमाडौं उपत्यका पनि छाड्न नपाउने र यदि छाड्नै पर्ने अवस्था आएमा जिल्ला प्रशासन कार्यालयसँग अनुमति माग्नुपर्ने लगायतका पाँचवटा शर्त राखेको छ । ती सर्त उलंघन भएको अवस्थामा…
Read More
हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्छौं ः प्रधानमन्त्री दाहाल

हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्छौं ः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड)ले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा विस्तार गर्ने बताउनुभएको छ ।आज ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले हस्तकला उद्योग नेपालको अर्गानिक क्षेत्र भएको बताउनुभएको छ । हस्तकला क्षेत्र नेपालका लागि अर्गानिक क्षेत्र छ । यो असीमित सम्भावना भएको क्षेत्र भएकाले यो क्षेत्रलाई राम्रोसँग विकास गर्न सकेमा एकातिर व्यापार घाटा कम गर्न सकिने र अर्कोतिर नेपाली मौलिकतालाई विश्वभरि प्रचार र विस्तार गर्न सकिने दाहालको भनाइ छ । त्यसैले सरकार हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्न प्रतिबद्ध रहेको प्रम दाहालको तर्क छ । उहाँले निजी क्षेत्रसँगको साझेदारीमा…
Read More
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त हुनुभएको छ । एमाले माओवादी गठबन्धनको तर्फबाट गिरीले ५८ जना सांसदको समर्थनसहित आजै प्रदेश प्रमुख अमिक शेरचनसँग दाबी पेस गर्नुभएको थियो । गिरीले बहुमत देखाएपछि प्रदेश प्रमुख शेरचनले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । एमाले संसदीय दलका नेतासमेत रहनुभएका गिरी यसअघि पूर्वउद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बन्नुभएको थियो । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश सह–इन्चार्ज रहनुभएका गिरीलाई मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र), राप्रपा, नागरिक उन्मुक्ति, जसपा, लोसपा‚ जनमत पार्टी र तीन स्वतन्त्रसांसदले समर्थन गर्नुभएको छ । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छ । अहिले एमाले नेतृत्वको सत्ता…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.