सौराहामा सेफ्टी ट्याङ्कीमा फँसेको गैँडाको जीवितै उद्धार
पूर्वीचितवनको पर्यटकीय नगरी सौराहामा सेफ्टी ट्याङ्कीमा फँसेको एउटा गैँडाको जीवितै उद्धार गरिएको छ । आहाराको खोजीमा बस्तीमा छिरेको उक्त गैँडा सौराहास्थित रिभर भ्यू जङ्गल क्याम्प र हनी हाउसले संयुक्तरुपमा प्रयोग गर्ने गरेको शौचालयको सेफ्टी ट्याङ्कीमा फसेको थियो । राती करिब दुई बजे सेफ्टी ट्यांकीमा फँसेको उक्त गैँडाको बिहान साढे ४ बजेतिर उद्धार गरिएको निकुञ्जको सौराहा सेन्टरले जनाएको छ ।सेफ्टी टयांकीमा फँसेको सो गैँडालाई सुरक्षित तरिकाले जेसीवीको प्रयोग गरी उद्धार गरिएको थियो । राष्ट्रिय निकुञ्ज, सौराहाका नेचरगाइड र स्थानीय व्यवसायीको पहलमा गैंँडाको उद्धार गरिएको थियो । अन्दाजी १६ बर्षको उक्त गैँडालाई निकुञ्जले दुई वर्षअघि मेघौलीबाट उद्धार गरी ल्याएको थियो । उक्त…