यती विमान दुर्घटनामा ज्यान गुमाएका छ जनाको अब शव ‘डीएनए’बाट पहिचान गरिने
पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ लगिएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका फरेन्सिकविद् डा तुलसी कँडेलले फरेन्सिक र फिङगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको बताउनुभयो । छ जनाको अब शव ‘डीएनए’ परीक्षणबाट पहिचान गरिने उहाँको भनाई छ । ६ जनाको शव अत्यधिक जलेको हुनाले फरेन्सिक र फिङगर फ्रिन्ट विधिबाट पहिचानमा समस्या आएपछि डीएनए विधिबाट पहिचान गर्ने प्रक्रिया सुरु गरेको बताइएको छ । नेपाल प्रहरीको प्रयोगशालामा शवको ‘डीएनए’ परीक्षण गरिने छ । ‘डीएनए’ परीक्षणका लागि मृतक…