इच्छाकामना गाउँपालिकाले अत्यन्त निम्न वर्गीय परिवारको घर निर्माण गरिदिने
चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्र रहेका अत्यन्त निम्न वर्गीय परिवारको घर निर्माण गरिदिने भएको छ । गाउँपालिकाले आफ्नै स्रोत तथा विभिन्न सघसंस्थाहरुसँगको सहयोगमा गाउँपालिका भित्र रहेका आफैले घर निर्माण गर्न नसक्ने अत्यन्त निम्न वर्गीय परिवार पहिचान गरि उनीहरुको घर निर्माण गर्ने तयारी थालेको हो । यसका लागि शनिबार गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ र उपाध्यक्ष माया सिलवाल सहितको एक टोली इच्छाकामना गाउँपालिका ७ ढाँडबारीमा पुगी अवलोकन गरेको थियो । उक्त गाउँका निम्न वर्गीय परिवारको घर निरिक्षण गर्दै गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले तत्काल घर निर्माणका लागि सामाग्रीहरु उपलब्ध गराउने उनीहरु समक्ष प्रतिबद्धता गर्नुभयो । अध्यक्ष गुरुङले घर निर्माणको लागि आवश्यक…