प्रदेश

रन्जन भण्डारी  सौराहा जेसीजको बर्ष २०२४ को लागि  नेतृत्वमा

रन्जन भण्डारी सौराहा जेसीजको बर्ष २०२४ को लागि नेतृत्वमा

सौराहा ले जेसीजको अधवेशनबाट बर्ष २०२४ को लागी सर्वसहमत रुपमा अध्यक्ष पदमा जेसी रन्जन भण्डारीको नेतृत्वमा सर्वसम्मत कार्यसमिती चयन भएको छ। जसको कार्यकारिणी उपाध्यक्षमा जेसि अशोक भुसाल र जेसि रामबाहादुर परियार, उपाध्यक्षहरुमा जेसि दिक्षान्त अर्याल, जेसि केशव अर्याल, जेसि सागर दुवाडी, जेसि शुसान्त लामिछाने निर्देशकमा जेसि राम कुमार गुरौ,घनश्याम चौधरी, धनुश चौधरी सर्वसम्मत चयन भएका छन भने कानुनी सल्लाहकारमा जेसि भरत पौडेल, माहासचिवमा जेसि जयराम घिमिरे, सचिवमा सङ्गम घिमिरे, सह-कोषाध्यक्षमा जेसि अमृत पौडेल मनोनित भएका छन। सौराहा जेसिजका संस्थापक अध्यक्ष सरद श्रेष्ठ बर्ष २०२३ का अध्यक्ष जेसि शुरेस भुसाल लगायत पुर्व अध्यक्षहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न निर्वाचन अधिकृत जेसि बिकास श्रेष्ठले…
Read More
नेपाल बिद्यार्थी संघ ले दरखाने कार्यक्रम गर्ने

नेपाल बिद्यार्थी संघ ले दरखाने कार्यक्रम गर्ने

नेपाल बिद्यार्थी संघ सहिद स्मृति बहुमुखी क्याम्पसले हरितालिका तिजको अवसरमा यहि भाद्र २९ गते बिहान ७ बजे दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ। सहिद स्मृति बहुमुखी क्याम्पसका इकाई सभापति विबेक उदासका अनुसार नेपाली नारीहरुको माहान पर्वको अवसरमा चेलिको सम्मान र आत्मियता साटासाट गर्न तिज विशेष सुभकामना आदान प्रदान ,बृहत् सास्कृतिक तथा दर खाने कार्यक्रम आयोजना गरिएको बताएका छन। कार्यक्रममा पुर्व मन्त्री एवम नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य उमा रेग्मी प्रमुख अतिथी रहने कार्यक्रम संयोजक रितिसा चौलागाईंले जानकारी दिएकी छिन।
Read More
रत्ननगरमा भदौं २९ गते रोटरीको रक्तदान

रत्ननगरमा भदौं २९ गते रोटरीको रक्तदान

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा यही भदौं २९ गते बृहद् रक्तदान हुने भएको छ । रोटरी क्लव अफ रत्ननगरले आयोजना गर्ने सो कार्यक्रममा करिब ४०० बढी युनिट रगत संकलन गर्ने उद्देश्य रहेको जनाइएको छ । न्यू क्यापिटल कलेज परिसरमा विहान ७ बजेबाट रक्तदान कार्यक्रम सुरु हुने छ । रोटरी क्लवले शनिबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी रक्तदान कार्यक्रमको तयारी र उद्देश्यको बारेमा जानकारी दिएको हो । सन २०१९ मा रोटरीले गरेको कार्यक्रममा ४०५ युनिट रगत संकलन भएको थियो । कोरोनाले रोकिएको रोटरीको नियमित कार्यक्रम यस बर्षबाट सुरु गर्न लागिएको क्लवका अध्यक्ष हरिकुमार श्रेष्ठले बताए । ४०५ युनिट भन्दा बढी संकलन…
Read More
आइएसएमटी कलेजको आयोजनामा “आइएसएमटी एक्स्पो २०२३” सम्पन्न

आइएसएमटी कलेजको आयोजनामा “आइएसएमटी एक्स्पो २०२३” सम्पन्न

काठमाडौं । काठमाडौंस्थित सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त प्रविधि मैत्री विदेशी शैक्षिक कार्यक्रममा अब्बल आइएसएमटी कलेजले आयोजना गरेको ‘आईएसएमटी एक्स्पो-२०२३’ भब्य रुपमा सम्पन्न भएकाे छ । आइतबार शुरु भएको एक्स्पो सोमबारसम्म चलेको थियो । कलेजले प्रयोगात्मक शिक्षालाई प्राथमिकतामा राखेर अध्यापन गर्दै आएको र सोही अनुशार एक्स्पो आयोजना गरिएको आइटी डिपार्टमेन्टकी सिनियर फ्याकल्टी शिला पौडेलले बताईन् । विद्यार्थीले नै बनाएका प्रोजेक्टहरु एक्स्पोमा प्रर्दशन गरिएको र एक्स्पो विद्यार्थीका लागि महत्वपुर्ण अवसर रहेको पौडेलले बताईन । बिशेष गरि आर्टिफिसियल इन्टेलिजेन्ससँग सम्वन्धित प्रोजेक्टहरु एक्स्पोमा छन् । एक्स्पोमा काठमाडौंसँगै काठमाडौं बाहिरका विभिन्न कलेजका विद्यार्थी अवलोकनका लागि आएको र उत्साहका साथ अवलोकन गरेको आइएसएमटी कलेजकी छात्रा स्नेहा…
Read More
राप्ती नगरपालिकाको बजारक्षेत्र अनुगमन: अखाद्य तेल नष्ट, केही म्याद गुज्रिएको सामान भेटियो

राप्ती नगरपालिकाको बजारक्षेत्र अनुगमन: अखाद्य तेल नष्ट, केही म्याद गुज्रिएको सामान भेटियो

राप्ती । राप्ती नगरपालिकाले बजारक्षेत्रको अनुगमनमा गरेको छ । राप्ती नगरपालिकाका उप प्रमुख देवेन्द्र लामाको नेतृत्वमा गरिएको अनुगमनमा अखाद्य वस्तु र म्याद गुज्रिएका सामान भेटिएका छन् । खुरखुरे चोकको एक किराना पसलबाट १७ प्याकेट लेज र केही थान मसाला म्याद गुज्रिएको पाइएको हो । त्यस्तै मिष्ठान्न भण्डारमा जेरी तथा लड्डुहरुमा कृत्रिम रङ्गको प्रयोग गरिएको पाइएको खाद्य प्रविधि एवं गुण डिभिजन कार्यालय भरतपुरकी खाद्य निरीक्षक बन्दना पन्तले बताइन् । "खानेकुरामा कृत्रिम रङ्ग हाल्न पाइदैन ।" उनले भनिन् "यसले क्यान्सर जस्तो घातक रोग निम्त्याउन सक्छ ।" यस्तै केही मिष्ठान्न भण्डारमा पकाउने तेल गुणस्तरहीन भएको उनले बताइन् । ३ वटा मिठाई पसलबाट लगभग…
Read More
हुलास ब्राण्डद्धारा चितवनका व्यवसायी रेग्मी सम्मानित

हुलास ब्राण्डद्धारा चितवनका व्यवसायी रेग्मी सम्मानित

भरतपुर । नेपाली खाद्य बजारमा छुट्टै पहिचान बनाउन सफल भएको हुलास ब्राण्डले चितवनका व्यवसायीलाई मंगलबार सम्मान तथा पुरस्कृत गरेको छ । भरतपुरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी आर्थिक बर्ष २०७९/८० मा उत्कृष्ट कारोबार गर्ने विक्रेताहरुलाई सम्मान गरेको हो । हुलास फूडका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार गोल्छा प्रमुख अतिथि रहेको सो कार्यक्रममा सङम ट्रेडर्सका सुर्य प्रकास रेग्मीले प्रथम स्थान हासिल गर्दै १५ तोला चांदी सहित पुरस्कृत भएका छन् । द्धितीय स्थान हासिल गर्दै गौतम स्टोर्स नारायणगढ १२ तोला चांदी तथा तीतृय स्थान हासिल गर्दै जय शिव गल्ला नारायणगढ १० तोला चांदी सहित पुरस्कृत भएका छन् । सो अबसरमा हुलास फूडका प्रवन्ध…
Read More
धादिङ्गमा बस दुर्घटना ८ को मृत्यु

धादिङ्गमा बस दुर्घटना ८ को मृत्यु

काठमाडौं । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिए । ‘घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो, तिनीहरुमध्ये ८ जनाको डेथ भएको छ र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ,’ डिएसपी जयसवालले भने ।घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी…
Read More
बकुलहर अस्पतालका सबै शैया निशुल्क

बकुलहर अस्पतालका सबै शैया निशुल्क

२ भदौ । पूर्वी चितवनमा रहेको रत्ननगर बकुलहर अस्पतालका सबै शैया निःशुल्क गरिएको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको निर्देशनपछि अस्पतालले शैया निःशुल्क गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मदन ज्ञवालीका अनुसार भदौ १ गतेदेखि लागू हुने गरी शैया निःशुल्क गरिएको छ । अस्पतालमा रहेका ९० शैया मध्ये आईसियू, एनआईसियू र क्याबिन बाहेकका शैया निःशुल्क गरिएको उहाँले जानकारी दिनुभयो । अस्पतालमा क्याबिन, एनआईसियू र आईसियू गरी १४ शैया रहेका छन् । बाँकी ७६ शैया निःशुल्क गरिएको डा.ज्ञवालीको भनाई छ । अस्पतालमा यस अघि नै १० प्रतिशत शैया र उपचार निःशुल्क गरिसकिएको डा.ज्ञवालीले जानकारी दिनुभयो । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मातहतका…
Read More
युवा संघ खैरहनीको अध्यक्षमा गुरुङ्ग चयन

युवा संघ खैरहनीको अध्यक्षमा गुरुङ्ग चयन

भदौं १ गते । रास्ट्रीय युवा संघ नेपाल खैरहनि नगर कमिटिको अध्यक्षमा निरन गुरुङ चयन भएका छन् । नगर कमिटीको शुक्रबार सम्पन्न प्रथम अधिबेशनबाट गुरुङ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । संघको उपाध्यक्षमा बिक्रम चौधरी ,सचिवमा सन्तविर मोक्तान ,सहसचिवहरुमा कृष्ण प्रसाद बर्तौला र कृष्टिना चौधरी ,कोषाध्यक्षमा माधव रानाभाट चयन भएका छन् । महिला बिभाग प्रमुखमा किस्मिता मोक्तान चयन भएकी छन् । अधिबेशनले युथ फोर्स बिभाग र साइवर सर्कल पनि गठन गरेको छ । युथ फोर्स बिभाग अध्यक्षमा दिवाकर बस्नेत ,उपाध्यक्षमा जीवन थापा मगर,सचिवमा गोपाल प्रजापति ,सहसचिवहरुमा अनमोल गिरि र ज्योति शाही,सदस्यमा मनदिप राना चयन भएका छन् । नेकपा एमाले केन्द्रिय…
Read More
पेट्रोलमा डिजल मिसाईएको भन्दै खैरहनीको हरिशरणम आयलमा शिल

पेट्रोलमा डिजल मिसाईएको भन्दै खैरहनीको हरिशरणम आयलमा शिल

पेट्रोलमा डिजल मिसाइएको भन्दै खैरहनी मगनी चोकस्थित हरिशरणम आयल डिष्टिब्युटर्सलाई खैरहनी नगरपालिकाले बन्द गराएको छ । पेट्रोलमा डिजल मिसाइएको गुनासो धेरै आएपछि खैरहनी नगरपालिकाको टोलीले अनुगमन गरेर तत्कालका लागि उक्त पम्पबाट डिजल तथा पेट्रोल वितरणमा रोक लगाएको हो । पेट्रोल प्रयोगपछि केही सर्वसाधारणको सवारीसाधनमा समस्या आएपछि यो घटना बाहिर आएको हो । घटना बाहिर आएपछि खैरहनी नगरपालिकाका नगरप्रमुख शशिकुमार खनियाँ, उपप्रमुख कविता उप्रेती, प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम शर्मा, खैरहनी–८ का वडा अध्यक्ष शंकर कँडेल, इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक भानु खड्कासहितको टोलीले आयल स्टोर्सको अनुगमन गरेको थियो । डिष्टिब्युटर्सको तेल परीक्षणका लागि काठमाडौँ पठाउन नमुना संकलन गरिएको र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.