प्रदेश

वृद्धबृद्वाद्वारा कुमरोज सामुदायिक  वनमा बृक्षारोपण

वृद्धबृद्वाद्वारा कुमरोज सामुदायिक वनमा बृक्षारोपण

साउन २८ गते । कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा आइतबार बृक्षारोपण गरिएको छ । वनको ईकाइ दुई अन्तर्गत हात्ती काउन्टर नजिक बृक्षारोपण गरिएको हो । खैरहनी नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष कुलप्रसाद भुसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमम वृद्धबृद्वाहरुले विरुवा रोपेका थिए । सोही अवसरमा ४८ जना वृद्धबृद्वाहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित वृद्धबृद्वाहरुलेनै धुपी,आँप लगायतका बिरुवा रोपेका वनका कार्यालय सचिव भरत नेपालले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष भुसालले यहाँका जेष्ठ नागरिकले नै वन संरक्षण गरेको उल्लेख गर्दै युवा पुस्तालाई पनि संरक्षण गर्न प्रेरित गर्ने बिश्वास व्यक्त गरे । सम्मानित जेष्ठ नागरिककै…
Read More
१२ औं हात्ती दिवसको अवसरमा सौराहामा हात्तिलाई वनभोज

१२ औं हात्ती दिवसको अवसरमा सौराहामा हात्तिलाई वनभोज

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा शनिबार हात्तीलाई बनभोज खुवाइएको छ । १२औं विश्व हात्ती दिवसको अबसरमा सरकारी तथा निजी स्तरका हात्तीहरुलाई खिर, केक सहित बनभोज खुवाइएको हो । युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा हात्ती बनभोज कार्यक्रमको आयोजना गरेको हो । सरकारी र निजी स्तरमा पालेका ६५ वटा हात्तीलाई लस्करै राखेर मिष्ठान्न भोजन गराइएको कार्यक्रम संयोजक कृष्णप्रसाद खतिवडाले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले हात्तीलाई केक खुवाएर कार्यक्रमको उद्घाटन गरेका थिए । चामल र भेलीको खिर र केक सहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफूड, स्याउ, केरा,…
Read More
भक्तिनी बगैंचाको दुर्गा मन्दिरमा पुरुषोत्तम महात्म्य तथा कथा प्रवचन शुरु

भक्तिनी बगैंचाको दुर्गा मन्दिरमा पुरुषोत्तम महात्म्य तथा कथा प्रवचन शुरु

रत्ननगर, साउन २७ । रत्ननगर- १ भक्तिनी बगैंचामा रहेको दुर्गा मन्दिरमा आज (शनिवार) बाट पुरुषोत्तम महात्म्य तथा कथा प्रवचन शुरु भएको छ । आजबाट सुरु भएको महात्म्य तीन दिन सम्म चल्ने दुर्गा मन्दिर संरक्षण समितिका अध्यक्ष हरीबहादुर रिजालले जानकारी दिए । सबै मिलेर भगवानको पवित्र कार्यलाई सफल बनाउनुपर्ने उनले बताए । महात्म्य तथा कथा प्रवचन शुरु हुनुभन्दा पहिले बिहान ९ बजे मन्दिर परिसरबाट कलस शोभा यात्रा निकालिएको थियो । कलस शोभा यात्रा बोकेर रत्ननगर- १ का विभिन्न क्षेत्रहरु परिक्रमा गरि मन्दिर परिसरमै पुगेर टुंगिएको थियो । पुरुषोत्तम महात्म्य तथा कथा प्रवचन कार्यक्रममा भक्तजनहरुको उल्लेखिय सहभागिता रहेको मन्दिर संरक्षण समितिका अध्यक्ष…
Read More
अस्पतालमा पार्किङ निशुल्क गर्न मन्त्री जोशीको निर्देशन

अस्पतालमा पार्किङ निशुल्क गर्न मन्त्री जोशीको निर्देशन

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले चितवनका चार ठूला अस्पताललाई सवारी पार्किङ निःशुल्क गर्न निर्देशन दिएका छन् । अस्पतालले पार्किङ शुल्क लिने गरेको गुनासो आएपछि मन्त्री जोशीले अस्पतालका जिम्मेवार व्यक्तिलाई टेलिफोन गरी निर्देशन दिएका हुन् । मन्त्री जोशीले भरतपुर अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सवारी पार्किङ निःशुल्क गर्न यस्तो निर्देशन दिएका हुन् ।मन्त्री जोशीले भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेल, चितवन मेडिकल कलेजकाका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटा, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका प्रशासकीय अधिकृत हिमनाथ घिमिरे र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा.…
Read More
डेंगु नियन्त्रण अभियान सशक्त रुपमा अघि बढाउन मन्त्री जोशीको निर्देशन

डेंगु नियन्त्रण अभियान सशक्त रुपमा अघि बढाउन मन्त्री जोशीको निर्देशन

बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले डेंगु नियन्त्रण अभियानलाई सशक्त रुपमा अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयमा डेंगु रोगको विद्यमान अवस्था, रोकथाम, नियन्त्रण तथा पूर्वतयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री जोशीले डेंगु नियन्त्रण तथा संक्रमित बिरामीको उपचारका लागि प्रदेशका अस्पतालहरुलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन् । सबै सरोकारवाला निकायहरुसँग समन्वय गर्दै डेंगु नियन्त्रणमा अघि बढ्नु पर्ने उनले बताए । ‘मन्त्रालयका मातहतका निकाय, सहकारी संस्था, टोल विकास संस्था, आमा समूह, सुरक्षा निकाय, र स्थानीय तहसम्म परिचालन गरेर डेंगु नियन्त्रणको काम गर्नुपर्छ,’ उनले भने, ‘प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थाहरुले डेंगुका बिरामीका लागि सेवा प्रवाहमा गम्भीर रुपमा अघि बढ्नु…
Read More
सिन्धुलीमा आगलागीमा हुँदा चारवटा घर जले, एक करोड १६ लाख रुपैयाँभन्दा धेरैको क्षति

सिन्धुलीमा आगलागीमा हुँदा चारवटा घर जले, एक करोड १६ लाख रुपैयाँभन्दा धेरैको क्षति

सिन्धुलीमा आज सोमवार बिहान आगलागी हुँदा चार वटा घर जलेका छन् । कमलामाई नगरपालिका २ को चियाबारीमा राजकुमार श्रेष्ठको घरबाट सुरु भएको आगोले कौशल थापा, योगबहादुर थापा र गंगाबहादुर थापाको घर जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । राजकुमार श्रेष्ठको घर भाडामा लिएर व्यापार चलाउँदै आउनुभएकी अम्बिका बुढाथोकीले पूजापाठ गर्न दियो बालेर छाडेका बेला त्यहीँबाट आगो सल्किएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । आगलागीमा परि नगद, गरगहना, पसलका समान, खाद्यान्न, लत्ताकपडालगायत जलेर नष्ट हुँदा एक करोड १६ लाख रुपैयाँभन्दा बढी धनमालको क्षति भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।
Read More
प्रतिनिधि सभा उपचुनावमा ठूला दलप्रति नागरिकले चासो देखाएनन् ः शेरबहादुर देउवा

प्रतिनिधि सभा उपचुनावमा ठूला दलप्रति नागरिकले चासो देखाएनन् ः शेरबहादुर देउवा

नेपाली कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपचुनावमा पनि ठूला राजनीतिक दलप्रति नागरिकले चासो नदेखाएको बताउनुभएको छ । आज सोमवार संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उपचुनावमा पनि ठूला पार्टीप्रति नागरिकको त्यति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता औँल्याएको बताउनुभएको हो । पार्टी सभापति देउवाले बैठकमा आउँदो वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरूसँग चासो राखेको पार्टीका सांसद रामहरि खतिवडाले बताउनुभएको छ । बैठकमा सांसदहरूले छोटो समय देशको नेतृत्व गर्नुभएका वीपीपछि कांग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बने पनि नागरिकसँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए । उनीहरूले आउँदो बजेटमा नागरिकका…
Read More
लुम्बिनीका मुख्यमन्त्री लिला गिरी पदमुक्त, पक्षमा ३३  र विपक्षमा ५३ मत खस्यो

लुम्बिनीका मुख्यमन्त्री लिला गिरी पदमुक्त, पक्षमा ३३ र विपक्षमा ५३ मत खस्यो

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त हुनुभएको छ । प्रदेश सभा बैठकमा विश्वासको मत नपाएपछि मुख्यमन्त्री गिरी पदमुक्त हुनुभएको हो । आज सोमवार बिहान ११ बजे बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत माग्नुभएको हो । गिरीले मागेको विश्वासको प्रस्तावको पक्षमा ३३ मतमात्र खस्यो । उहाँको पद कायम रहन ८७ सदस्यीय प्रदेशसभामा ४४ सांसदको समर्थन आवश्यक थियो । तर उहाँले एमालेका २९ र राप्रपाका चार प्रदेशसभा सदस्यको मतमात्र पाउनुभयो । मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको छ । एकजना स्वतन्त्र सांसद, कांग्रेस, माओवादी लगायतका सत्ता गठबन्धनका दलले विपक्षमा मत दिएका छन् । माओवादी लगायतका दलले सरकारलाई दिएको समर्थन…
Read More
चितवन २ को मतगणना सुरु

चितवन २ को मतगणना सुरु

चितवन २ को मतगणना सुरु भएको छ । इच्छाकामना गाउँपालिका १ र ३ बाट मतगणना सुरु गरिएको हो । त्यहाँ रास्वपाका सभापति रवि लामिछाने, कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका राम न्यौपाने चुनावी मैदानमा हुनुहुन्छ ।
Read More
निर्वाचन आयोगले रास्वपाका अध्यक्ष लामिछानेलाई सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले रास्वपाका अध्यक्ष लामिछानेलाई सोध्यो स्पष्टीकरण

हिजो सम्पन्न मतदानका क्रममा निर्वाचन आचार संहिता उल्लङ्घन गरेको सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । नेपाली काँग्रेस चितवनले लामिछाने सहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका विरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएपछि कार्यालयले लामिछानेलाई स्पष्टीकरण सोधेको हो । निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले आइतबार अबेर स्पष्टिकरण सोधिएको र आज त्यसको जवाफ आउने बताउनुभयो । निर्वाचन भई राखेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार लामिछानेले फेसबुक लाइभमार्फत मत मागेको, मतदान स्थलमा हूल हुज्जत गरी प्रचार गरेको र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.