रामपुर कृषि क्याम्पस खैरहनीमा अखिलको संयुक्त प्यानल विजयी
रामपुर कृषि क्याम्पस खैरहनीमा हिजो शुक्रबार भएको स्ववियु निर्वाचनमा अखिल सयुक्तको प्यानल नै विजयी भएको छ । बेलुका सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार अखिल संयुक्तका सबै निर्वाचित भएका हुन् । निर्वाचनमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तीकारीले तालमेल गरेका थिए । उक्त निर्वाचनमा कुल एकसय २० मत खसेको थियो । अखिल सयुक्तबाट सभापतिका उम्मेदवार दिवस पौडेल एक्लैले एकसय १९ मत प्राप्त गर्नुभयो भने नेविसंघका आशिश जैसी देवकोटाले एक मत पनि पाउनुभएन । एक मत बदर भयो । सचिवमा अखिल संयुक्तका सन्तोष रताला जोशी एकसय १९ मत, कोषाध्यक्षमा संयुक्तकै सुजाता नेपाल एकसय १५ मतका साथ निर्वाचित हुनुभयो । त्यस्तै, सदस्यहरुमा अखिल संयुक्तका राकेश…