
सर्वाेच्च अदालतले नागरिकता सम्बन्धि फैसलाको पूर्णपाठ सार्वजनिक गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन क्षेत्र नं २ मा चुनावी प्रचारप्रसार थालेको छ ।
चितवन–२ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुँदै छ । उक्त निर्वाचनलाई लक्षित गरेर राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन २ मा सम्पर्क कार्यालय स्थापना गरेको छ । क्षेत्र नं २ मा पर्ने भरतपुर महानगरपालिका–१ रामनगरमा रास्वपाले सम्पर्क कार्यालय स्थापना गरेको हो ।
उपनिर्वाचनमा चितवन २ बाट रास्वपाका सभापति रवि लामिछाने पुनः निर्वाचन लड्दै हुनुहुन्छ । नागरिकता सम्बन्धि मुद्धामा सर्वाेच्चले उहाँको सांसद पद नै खारेज गरिदिएपछि उपनिर्वाचन हुन लागेको हो । उहाँको राहदानी सम्बन्धि मुद्धामा पनि अनुसन्धान जारी छ ।
लामिछानेले यसअघि चितवन २ बाट पुनः आफै चुनाव लड्ने घोषणा गरिसक्नुभएको छ। चुनावी प्रचारको लागि तयारी थालिएको लामिछानेका सहयोगी प्रकाश सिग्देलले जानकारी दिनुभयो । सिग्देलका अनुसार राष्ट्रपति निर्वाचनपछि रवि चितवन आउँदै हुनुहुन्छ ।