चितवन राष्ट्रिय निकुञ्जमा आज बिहान गैंडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत शेरी पोष्ट नजिक कोर क्षेत्रमा भाले गैंडा मृत भेटिएको हो । गैंडा बिहान साढे ९ बजे निकुञ्जको गस्ती टोलीले मृत अवस्थामा फेला पारेकोे निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।
तिवारीका अनुसार अन्दाजी २० बर्षको गैडाको खाग र खुर सुरक्षित रहेको छ । एक अपासमा जुधेर गैडाको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । यो संगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा मृत्यु हुने गैंडाको संख्या १३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर