रामपुर कृषि क्याम्पस खैरहनीमा अखिलको संयुक्त प्यानल विजयी

रामपुर कृषि क्याम्पस खैरहनीमा हिजो शुक्रबार भएको स्ववियु निर्वाचनमा अखिल सयुक्तको प्यानल नै विजयी भएको छ । बेलुका सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार अखिल संयुक्तका सबै निर्वाचित भएका हुन् । निर्वाचनमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तीकारीले तालमेल गरेका थिए । उक्त निर्वाचनमा कुल एकसय २० मत खसेको थियो ।
अखिल सयुक्तबाट सभापतिका उम्मेदवार दिवस पौडेल एक्लैले एकसय १९ मत प्राप्त गर्नुभयो भने नेविसंघका आशिश जैसी देवकोटाले एक मत पनि पाउनुभएन । एक मत बदर भयो । सचिवमा अखिल संयुक्तका सन्तोष रताला जोशी एकसय १९ मत, कोषाध्यक्षमा संयुक्तकै सुजाता नेपाल एकसय १५ मतका साथ निर्वाचित हुनुभयो ।
त्यस्तै, सदस्यहरुमा अखिल संयुक्तका राकेश रोकाय एकसय १८ मत, सनराइज तामाङ एकसय १९ मत, सागर ढकाल एकसय २० मत, पूर्णिमा तामाङ एकसय १७ मत र ऋषिकेश यादव एकसय १९ मतका साथ विजयी हुनुभयो । निर्वाचनप्रति असहमति जनाउँदै नेविसंघ भने मतदानमा सहभागी भएन । यसअघि चैत ५ गते तोकिएको निर्वाचन सोही दिन सर्वदलीय बैठक बसेर सारिएको थियो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.