सरकार र चिकित्सक संघबीच छ बुँदे सहमति, चिकित्सकहरू तत्काल काममा फर्कने
सरकार र नेपाल चिकित्सक संघ (एनएमए) बीचको वार्ता सहमतिपछि टुंगिएको छ । सरकारका प्रतिनिधि तथा नेपाल चिकित्सक संघका प्रतिनिधिबीच प्रधानमन्त्री कार्यालयमा आज आइतबार बिहान भएको वार्तासँगै छ बुँदे सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्काल स्थगित गरी चिकित्सकहरू काममा फर्किने भएका छन् । सरकार एक साताभित्रै ‘विशिष्ठ व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’लाई अध्ययन गरेर पुनरावलोकन गर्ने र त्यसलाई तत्काल कार्यान्वयन गर्ने सहमत भएको नेपाल चिकित्सक संघले जनाएको छ ।यस्तै, भीभीआईपीको आवागमनको नाममा चिकित्सकमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्नुका साथै अन्य संलग्न माथि पनि अनुसन्धान गरेर कारबाही अगाडि बढाउने सहमति समेत भएको छ । यसका साथै नेपाल चिकित्सक संघ र सरकारबीच स्वास्थ्य…