सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
पर्यटकीय नगरी सौराहामा १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० आयोजना हुने भएको छ । चार वर्षदेखि रोकिएको चितवन हात्ती महोत्सवलाई परिमार्जन गरी हात्ती तथा पर्यटन महोत्सव हुन लागेको हो । सौराहामा आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धनका लागि क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेष्टुराँ एण्ड बार एशोसिएसन नेपालको सहआयोजनामा पुस १० देखि १४ गतेसम्म मैनाहाचौरमा महोत्सव गर्न लागेको शुक्रबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । कोरोनाका कारण २०७६ सालदेखि चितवन हात्ती महोत्सव हुनसकेको थिएन । पछिल्लो समय सौराहामा विदेशी पर्यटकको आगमन बढ्दै गएकाले महोत्सव गर्न लागिएको सङ्घका अध्यक्ष गङ्गा…