बागमती

चितवनसहित देशभर एकसय ४० बढी स्थानमा डढेलो लाग्दा ह्वात्तै बढ्यो प्रदूषण, सावधानी अपनाउन अपिल

चितवनसहित देशभर एकसय ४० बढी स्थानमा डढेलो लाग्दा ह्वात्तै बढ्यो प्रदूषण, सावधानी अपनाउन अपिल

Read More
अमेरिका र कोरिया पठाइदिन्छु भन्दै ठगेको आरोपमा काठमाडौंका  राणा पक्राउ

अमेरिका र कोरिया पठाइदिन्छु भन्दै ठगेको आरोपमा काठमाडौंका राणा पक्राउ

अमेरिका र कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौंका पवन राणा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत २८ गते काठमाडौंबाटै पक्राउ गरेको हो । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको कपन बस्ने ४२ वर्षीय राणाले सयौं व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका र दक्षिण कोरिया पठाइदिन सक्छु भनी करोडौं रकम लिई सम्पर्कविहीन भई ठगी गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगार विभागले नै राणालाई पक्राउ गरी कार्यालयमा उपस्थित गराइदिन पत्राचार गरेको थियो । सोही पत्रअनुसार राणालाई चैत २८ गते कपनबाट पक्रेर थप कारबाहीका लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना…
Read More
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहका थप एक जना पक्राउ

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहका थप एक जना पक्राउ

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप एक जनालाई पक्राउ गरेको छ । । पक्राउ पर्नेमा सन्देश शर्मा रहेको बताइएको छ ।शर्मालाई कार्यालयको टोलीले आज बुधबार दिउँसो पक्राउ गरेको हो । नेपालीलाई भुटानी शरणार्थी बनाएर पठाउने घटनामा शर्माको पनि प्रमुख भूमिका रहेको अनुसन्धानमा संलग्न प्रहरीले बताएको छ । यसअघि कार्यालयकै टोलीले केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ र सागर राईलाई पक्राउ गरेको थियो । उनीहरूले विभिन्न व्यक्तिहरूबाट पाँचदेखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणार्थी बनाएर विदेश पठाइदिने आश्वासन दिएको आरोप छ । गिरोहले यसरी करोडौं रकम उठाएको अनुसन्धानमा संलग्न प्रहरीले बताएको छ…
Read More
इमान बेच्नेहरूका लागि रास्वपाको ढोका बन्द रहन्छः सभापति लामिछाने

इमान बेच्नेहरूका लागि रास्वपाको ढोका बन्द रहन्छः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इमान बेच्नेहरूका लागि पार्टीको ढोका बन्द रहने बताउनुभएको छ । चितवनमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले इमान बिक्रीमा राख्नेहरू आफ्नै पार्टीभित्रका र हिजो आफूसँगै हिँडेकाहरू भएपनि पार्टीको ढोका बन्द गरिने बताउनुभएको हो । लामिछानेले इमानको यात्रामा हजारौं जोडिएका र को कुन उद्धेश्यका लागि जोडिएका छन् भनेर बुझ्न समय लाग्ने बताउनुभयो । बुझ्नका लागि समय लाग्दै गर्दा रास्वपामा जोडिएकाहरूले पार्टीले बनाएको विधिमात्रै मानिदिए पुग्ने उहाँको भनाई थियो । उहाँले संगै हिँडेका सहयात्रीले बाटो बिराए भने उनीहरूका भारी आफूले नबोक्ने पनि बताउनुभयो । ‘इमान किन्न गौँडागौँडामा मान्छे बसेका छन् । तर, बेच्नेले नबेच्यो…
Read More
रत्ननगर नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ

रत्ननगर नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ

रत्ननगर नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ हिजो मंगलबार रत्ननगर–१६ वडा कार्यालय परिसरमा भएको छ । कार्यक्रममा २५ जना नगरवासीले आ–आफ्ना जिज्ञासा, सुझाव र प्रश्न राखेका थिए । कार्यक्रममा सहभागीहरुले उठाएका विविध जिज्ञासाको जवाफ दिँदै नगरप्रमुख प्रल्हाद सापकोटाले नगरवासीलाई भेदभावरहित ढङ्गले छिटोछरितो सेवा प्रवाह भइरहेको प्रष्ट पार्दै जोकोहीले मेयरसँग प्रत्यक्ष भेटेर गुनासा राख्न र सेवा लिन सक्ने वातावरण सिर्जना गरेको बताउनुभयो । जनप्रतिनिधिका हिसाबले आलोचना सुन्ने र त्यसलाई कार्यान्वयन गर्ने नीति रहेको बताउँदै कुनै पनि बहानामा ढिलासुस्ती गर्ने, सेवाग्राहीलाई दुःख दिनेजस्ता काम रत्ननगरमा नहुने उहाँको भनाई छ । नेपालका सात सय ५३ पालिकामध्ये सबैभन्दा छिटो सेवा प्रवाह रत्ननगरबाट हुँदै आएको उहाँको…
Read More
चितवनको टाइगरल्याण्ड रिसोर्टमा भीषण आगलागी

चितवनको टाइगरल्याण्ड रिसोर्टमा भीषण आगलागी

चितवनको भरतपुर महानगरपालिका–२३ जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ । बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रिसोर्टका तीन वटा सेमिनार हलमा आगो लागेको हो ।आगो निभाउन भरतपुर महानगरपालिकाका दुई दमकल पुगेका छन् ।
Read More
चिकित्सा शिक्षा आयोगविरुद्ध माइतीघर मन्डलमा चिकित्सकहरूको प्रदर्शन

चिकित्सा शिक्षा आयोगविरुद्ध माइतीघर मन्डलमा चिकित्सकहरूको प्रदर्शन

चिकित्सा शिक्षा आयोगका पछिल्ला कदम विरुद्ध आज माइतीघर मन्डलमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् । आयोगले सर्वोच्चको आदेश अवज्ञा गरेको र एमडी–एमएस‚ एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रमविपरीतको भर्ना प्रक्रिया सुरु गरेको भन्दै चिकित्सकहरू प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारीले ‘मेहनत र मेरिटको सम्मान गर’‚ ‘एमईसीले बुझ्ने कहिले हो‚ दुईभन्दा एक पहिले हो’‚ ‘अस्पतालमा डाक्टर खै मण्डला न्याय माग्न पुग्या छन्’ लगायतका प्लेकार्ड बोक्दै शान्तिपुर्ण प्रदर्शन गरेका थिए । अदालतको आदेशको भावना र मर्मअनुसार आयोगले विश्वव्यापी परीक्षाको मेरिटोक्रेसीको सिद्धान्तविपरीत पारदर्शिता नभएको र प्राग्माटिज्मको मर्म मिच्ने गरी म्याचिङ गरिएकोप्रति नेपाल चिकित्सक संघले समेत ध्यानाकर्षण गराएको छ । संघले मेरिटोक्रेसीको सिद्धान्तविपरीत गरिएको म्याचिङ…
Read More
भरतपुर अस्पतालमा विद्यार्थीले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइयो, प्रहरीले थाल्यो अनुसन्धान

भरतपुर अस्पतालमा विद्यार्थीले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइयो, प्रहरीले थाल्यो अनुसन्धान

चितवनको भरतपुर अस्पतालमा नक्कली कोरोना रिपोर्ट बनाएको पाइएको छ । अस्पतालको लेटरप्याड र डिजिटल हस्ताक्षर प्रयोग गरी कोरोनाको नक्कली रिपोर्ट बनाएको पाइएको हो । अस्पतालको लेटरप्याड र हस्ताक्षर दुरुपयोग गरेर पीसीआर परीक्षणको नक्कली रिपोर्टहरु तयार पारिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । अस्पतालले गत माघ १३ गतेदेखि अहिलेसम्म अस्पतालमा रिएजेन्ट अभाव भएकाले कोभिड– १९ को पीसीआर परीक्षण कार्य रोकिएको जनाएको छ । अस्पतालमा दैनिक ४५ जनाको एन्टिजेन परीक्षण भने भइरहेको छ । तर, एसईई र क्याम्पसस्तरको परीक्षा दिने विद्यार्थीहरुले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइएपछि अस्पतालले अनुसन्धान गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको चितवन प्रहरी प्रवक्ता डीएसपी…
Read More
न्यू होप नमस्ते ईन्भेष्टमेन्टको अध्यक्षमा श्रेष्ठ

न्यू होप नमस्ते ईन्भेष्टमेन्टको अध्यक्षमा श्रेष्ठ

चितवनका युवा व्यवसायीको व्यवसायिक समुह न्यू होप ईन्भेष्टमेन्टको अध्यक्षमा दिपेश श्रेष्ठ चयन हुनुभएको छ । कम्पनीको हिजो सोमबार सम्पन्न पहिलो साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको हो । कम्पनीको सचिव पदमा भुपेन्द्र कर्माचार्य चयन हुनुभएको छ भने सदस्यहरुमा मनोज रानाभाट, गोपाल भट्टराई, र सचिववदन भण्डारी चयन हुुनुभएको हो । यस्तै गु्रपको सल्लाहकारमा दिपेश श्रेष्ठ (ख) र रुवीन रामुदामु चयन हुनुभएको छ । सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले कम्पनीले पूर्णता पाएसंँगै चितवन लगायत अन्य जिल्लाहरुमा विभिन्न क्षेत्रमा लगानी गर्दै जाने लक्ष्य रहेको बताउनुभयो । ‘हामी सबैको आ– आफ्नै विजनेश र पेशा छ श्रेष्ठले भन्नुभयोे, यो गु्रपमा हामीले संयुक्त लगानी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.