खेलकुद समाचार

पीएनजीले दियो नेपाललाई दुईसय चार रनको लक्ष्य

पीएनजीले दियो नेपाललाई दुईसय चार रनको लक्ष्य

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पीएनजीले नेपाललाई दुईसय चार रनको लक्ष्य दिएको छ । युनाइटेड अरब इमिरेट्स (यूएई)स्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय तीन रन बनायो । पीएनजीका कप्तान आसाद भाला र चाद सोपरले समान ३६ रन बनाए । बलिङतर्फ नेपालका गुलशन झाले तीन र कुशल मल्लले दुई विकेट लिए । यस्तै सोमपाल कामी, करण केसी र प्रतिस जिसीले एक÷एक विकेट लिए । उक्त श्रृंखलामा नेपाल, घरेलु टिम यूएई र पीएनजी सहभागी छन् ।
Read More
ओलम्पिक छनोटको  खेल नेपालमा हुने

ओलम्पिक छनोटको खेल नेपालमा हुने

फ्रान्न्सको पेरिसमा सन् २०२४ मा आयोजना हुने ओलम्पिक महिला फुटबलको एसिया छनोटअन्तर्गत समूह ‘सी’ को पहिलो चरणको खेल नेपालमा हुने भएको छ । एसिया छनोटको पहिलो चरणअन्तर्गत समूह ‘सी’ को छनोट खेल नेपालमा आयोजना हुने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । समूह ‘सी’ मा प्यालेस्टाइनले नाम फिर्ता लिएपछि अब नेपाल, अफगानिस्तान र भियतनाम गरी तीन राष्ट्र सहभागी हुनेछन् । छनोटको पहिलो चरणका खेलहरु अब आउँदो चैत २० देखि चैत २८ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुनेछन् । ओलम्पिक महिला फुटबल छनोटको पहिलो चरणमा विभिन्न २६ टोली छन् । ती टोलीलाई सात समूहमा विभाजन गरिएको छ । नेपालले ओलम्पिक…
Read More
स्पट फिक्सिङमा महबुबसहित पाँच जनाविरुद्ध  मुद्दा दर्ता

स्पट फिक्सिङमा महबुबसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता

राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर मोहमद आदिल आलम, पूर्वराष्ट्रिय खेलाडी महबुब आलमसहित पाँच जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानको आधारमा जिल्ला वकिलको कार्यालय, काठमाडौंले अदालतमा मुद्दा दायर गरेको जिल्ला न्यायाधिवक्ता अच्युतमणि नेउपानेले बताउनुभयो । नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको आशंका सार्वजनिक भएपछि ब्यूरोका डीएसपी सुन्दर तिवारीको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । समितिले गरेको अनुसन्धानका क्रममा १२ जनाको संलग्नता पुष्टि भएको प्रहरीले बताएको थियो । तीमध्ये आलमद्वयसहित वीरगञ्जका स्थानीय क्रिकेट खेलाडी नितेश गुप्ता पक्राउ परेका थिए । सरकारी वकिलको कार्यालयका अनुसार काठमाडौं नाइट्स टिमका को–वोनर नविन कँडेल र सप्तरीका…
Read More
पेनाल्टी रोकेपछि मैदानमै ढलेका बेल्जियमका गोलकिपर इस्पिलको निधन

पेनाल्टी रोकेपछि मैदानमै ढलेका बेल्जियमका गोलकिपर इस्पिलको निधन

पेनाल्टी रोक्ने क्रममा मैदानमै ढल्नुभएका बेल्जियमका गोलकिपर अर्ने इस्पिलको निधन भएको छ । इस्पिल बेल्जियमको प्रान्तीय क्लब विन्कल स्पोर्ट्स बी बाट व्यावसायिक फुटबल खेल्दै आउनुभएको थियो । वेस्ट्रोजेवेकविरुद्धको खेलमा विन्कल स्पोर्ट्सले २–१ को अग्रता बनाइरहँदा रेफ्रीले दोस्रो हाफमा विपक्षी टिमलाई पेनाल्टी दिएका थिए । तर, इस्पिलले भने वेस्ट्रोजेवेकका खेलाडीको पेनाल्टी प्रहार बचाउनुभएको थियो । बेल्जियमका सञ्चारमाध्यमका अनुसार पेनाल्टी बचाएको खुसीयाली मनाइरहँदा इस्पिल मैदानमै ढल्नुभएको थियो । मैदानमै अचेत हुनुभएका इस्पिलको सहायताका लागि स्वास्थ्यकर्मी र मैदानमा रहेका अन्य आपतकालीन स्वंयमसेवक पुगेको भएपनि त्यसको केही समयपछि नै उहाँको मृत्यु भएको हो । रोयटर्सका अनुसार इस्पिलको पोस्टमार्टम भइसके पनि हालसम्म यसको रिर्पोट भने…
Read More
एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली त्रिकेटर बने रोहित

एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली त्रिकेटर बने रोहित

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली त्रिकेटर बन्नुभएको छ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियासँगको खेलमा ५५ रन बनाउँदै रोहितले एक हजार रन पूरा गर्नुभएको हो । ३३ खेलमा एक हजार रन पूरा गर्दा रोहितले एक शतकसहित छ वटा अर्धशतक बनाउनुभएको छ । एकदिवसीयमा उहाँको व्यक्तिगत उच्च स्कोर एक सय २६ रन हो । एकदिवसीयमा उहाँको औसत ३५ भन्दा धेरै छ । एकदिवसीयमा रोहितपछि ज्ञानेन्द्र मल्लले २७ खेलमा २८ को औसतमा छ वटा अर्धशतकसहित सात सय ३४ रन बनाउनुभएको छ । त्यस्तै आसिफ शेखले…
Read More
छ महिनाका लागि बेल्जियमका जान डी ब्रान्ट नेपालको भलिबल प्रशिक्षक नियुक्त

छ महिनाका लागि बेल्जियमका जान डी ब्रान्ट नेपालको भलिबल प्रशिक्षक नियुक्त

बेल्जियमका जान डी ब्रान्ट नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक नियुक्त हुनुएको छ । अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीबीको प्राविधिक सहयोगमा उहाँ राष्ट्रिय टिमको भलिबल प्रशिक्षक नियुक्त भएको नेपाल भलिबल संघले जनाएको छ । उहाँ छ महिनाको लागि मात्रै नेपालको प्रशिक्षक नियुक्त हुनुभएको हो । उहाँको कार्यकाल मार्चदेखि अगष्टसम्म हुनेछ । छ महिनाका लागि मात्र नेपाल आउने उहाँले महिला र पुरुष दुवै टोलीलाई प्रशिक्षण दिनुहुनेछ । जानले आगामी सेप्टेम्बरमा हुने एसियन गेम्ससम्म नेपालको प्रशिक्षकको रुपमा काम गर्नुहुनेछ । तर एसियन गेम्सको बेला भने उहाँ फर्किनुहुनेछ भने नयाँ प्रशिक्षक आउने छन् । जान फर्केपछि हान अबिङ एसियन गेम्सको लागि आउनुहुनेछ । हानले…
Read More
मैत्रीपूर्ण खेलका लागि भारत जाने नेपाली महिला फुटवल टोलीको बिदाइ

मैत्रीपूर्ण खेलका लागि भारत जाने नेपाली महिला फुटवल टोलीको बिदाइ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई आज आइतबार बिदाइ गरेको छ । एन्फाले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीलाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, एन्फाका उपाध्यक्ष वीर बहादुर खड्का, महासचिव किरण राई लगायतले उक्त नेपाली टोलीलाई बिदाइ गर्नुभएको हो । नेपाली महिला टोली सोमबार भारत प्रस्थान गर्नेछन् । नेपाली टोलीले भारतसँग चेन्नईमा अब आउँदो फागुन ३ र ६ गते मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेलका लागि टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले २३ सदस्यीय टोलीको घोषणा गरिसक्नुभएको छ । चोटका कारण साफ…
Read More
आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकप आजबाट शुरु हुँदै

आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकप आजबाट शुरु हुँदै

दक्षिण अफ्रिकामा आयोजना हुने आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैछ । केपटाउनको न्युल्याण्ड्समा हुने खेल नेपाली समयअनुसार राति पौने ११ बजे सुरु हुनेछ । उक्त खेलमा समूह ए मा रहेको आयोजक दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । दुई देशबीच भएको पछिल्लो पाँच टी–ट्वान्टी अन्तराष्ट्रियमा दक्षिण अफ्रिका पाँच खेलमा नै अपराजित छ । खेलमा सहभागी हुने १० टोलीलाई दुई समुहमा बिभाजन गरिएको छ । शीर्ष दुई टोली सेमिफाईनल प्रवेश गर्ने छन् । समूह ए मा आयोजक दक्षिण अफ्रिका, साबिक बिजेता अष्ट्रेलिया, श्रीलंका, बंगलादेश र न्युजिल्याण्ड छन् । समूह बी मा दुई पुर्व बिजेताहरु इंग्ल्याण्ड र वेस्ट…
Read More
‘ए’ डिभिजन लिगमा विदेशी खेलाडीको कोटा बढाउन एन्फा सहमत

‘ए’ डिभिजन लिगमा विदेशी खेलाडीको कोटा बढाउन एन्फा सहमत

शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सहमत भएको छ । नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका धेरैजसो खेलाडी विदेश पलायन भएसँगै ‘ए’ डिभिजन लिगका क्लबहरूले खेलाडी अभाव देखाउँदै विदेशी खेलाडीको कोटा बढाउन गरेको मागलाई एन्फाले सम्बोधन गरेको हो । ‘ए’ डिभिजनका धेरैजसो क्लबले आफूहरूलाई खेलाडी अभाव रहेको भन्दै विदेशी खेलाडीको कोटा थप्न माग गर्दै एन्फामा यसअघि पत्र बुझाएका थिए । खेलाडी थप गर्ने मागलगायत शहीद स्मारक ’ए’ डिभिजन लिग सञ्चालन सम्बन्धमा हिजो बुधवार बसेको बैठकले खेलाडीको कोटा बढाउने निर्णय गरेको एन्फाले जनाएको छ । अनुभवी खेलाडी पाउन मुस्किल भएको भन्दै क्लबहरूले कोटा थप्न…
Read More
चितवनको माडीमा अब आउँदो फागुुनमा तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता हुने

चितवनको माडीमा अब आउँदो फागुुनमा तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता हुने

चितवनको माडीमा ‘तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता २०७९’ हुने भएको छ । नेपाल एथलेटिक्स संघ र माडी नगरपालिकाको संयुक्त आयोजनामा बसन्तपुर खेल मैदानमा अब आउँदो फागनुमा प्रतियोगिता हुन लागेको आज (आइतबार) भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । प्रतियोगिता अब आउँदो फागुन ११, १२ र १३ गतेसम्म चल्ने चितवन जिल्लाको एथलेटिक्स संघले जनाएको छ । सातै प्रदेशका पुरुष तथा महिला खेलाडीहरुको बीचमा २६ वटा विधाहरुमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा देशभरका एकसय ३५ जना खेलाडीको सहभागिता रहने छ । अफिसियल, जुरी, मेडिकल र मार्सलसहित ४२ जना अफिसियलहरुले खेल सञ्चालन गर्नेछन् । प्रतियोगिता अवधिभर २६ वटा स्वर्ण पदक, २६ वटा रजत…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.