खेलकुद समाचार

भरतपुर–२८ मा टोलस्तरीय भलिबल प्रतियोगिता हुने

भरतपुर–२८ मा टोलस्तरीय भलिबल प्रतियोगिता हुने

भरतपुर महानगरपालिका वडा नम्बर– २८ मा टोल स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । वडा खेलकुद समिति भरतपुर–२८ को आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता यहि माघ २७ र २८ गते गोलाघाट पर्यटकीय पार्कमा हुने समितिका अध्यक्ष भिमसेन कुमालले जानकारी दिनुभयो । वडामा रहेका १८ टोलका भलिबल टिमले भाग लिने आयोजकको विश्वास छ । प्रतियोगितामा विजयी टिमको पुरस्कार भने समितिको अर्को छलफलले टुङ्गाउने जनाइएको छ ।
Read More
क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने फैसलाको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्च अदालतको आदेश

क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने फैसलाको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्च अदालतको आदेश

नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले दिएको आदेशको कैफियत प्रतिवेदन माग्न सर्वोच्च अदालतबाट आदेश भएको छ । लामिछानेलाई २० लाख धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्धको निवेदनमा न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालतको कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको हो । लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएको थियो। उच्च अदालतले जिल्ला अदालतको पुर्पक्षका लागि थुनामै राख्ने आदेश उल्टाएको थियो । उच्च अदालतको आदेश बेरितको रहेको भन्दै जिल्ला अदालतकै आदेश सदर गर्न माग गर्दै निवेदन दायर भएको थियो । निवेदनअनुसार आदेश जारी भए सन्दीप मुद्दाको टुङ्गो नलागेसम्म थुनामै बस्नुपर्ने हुन्छ…
Read More
यू–१७ महिला राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा अठ्ठाइस खेलाडी

यू–१७ महिला राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा अठ्ठाइस खेलाडी

यू–१७ महिला च्याम्पियनसिपको तयारीका लागि बन्द प्रशिक्षणमा २८ खेलाडी बोलाइएको छ । यूईएफए असिस्ट यू–१७ महिला च्याम्पियनसिप २०२३ का लागि पहिलो चरणमा टोलीकी मुख्य प्रशिक्षक भगवती राना मगरले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउनुभएको हो । बन्द प्रशिक्षणमा बोलाइएका २८ खेलाडीमा गोलकिपरः सुजाता तामाङ (चितवन), राधिका ओली (दाङ), पुष्पा रोकाया (कैलाली), करुणा बुढाथोकी (बारा), डिफेन्डरः अमिता भुल (कैलाली), माया मास्के (स्याङ्जा), झुमा विश्वकर्मा (मोरङ), विपना स्नेही (कैलाली), सीता रोकाया (कैलाली), लिला चन्द (कैलाली), अञ्जना पुन मगर (दाङ), प्रेरणा डोल्मा लामा (सर्लाही), दिपा मगर (उदयपुर), सिमरन राई (झापा), रेणु लिम्बु चाबेगु (झापा), मिडफिल्डरः रुपा लिम्बु (मोरङ), दिलमाया घिसिङ (बारा), भावना परियार (स्याङ्जा),…
Read More
नेपाल सुपर लिग भलिबल आउँदो चैतमा हुने

नेपाल सुपर लिग भलिबल आउँदो चैतमा हुने

फ्रेन्चाइज भलिबल प्रतियोगिता नेपाल सुपर लिग आगामी चैतको अन्तिम साता हुने भएको छ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट र नेपाल भलिबल संघबीच २०७८ भदौं २२ मा १० वर्षका लागि भएको सम्झौतामा नेपाल सुपर लिग महिला तथा पुरुष भलिबल प्रतियोगिता गर्ने भएको थियो । त्यतिबेला सम्झौतापत्रमा नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टकी अध्यक्ष आश्रेता कार्की चौधरी र नेपाल भलिबल संघकी तत्कालिन उपाध्यक्ष निरोज मास्केले हस्ताक्षर गर्नुभएको थियो । तर अहिलेसम्म प्रतियोगिताको पहिलो संस्करण हुन सकेको छैन । लिगमा सात महिला र सात पुरुष टिमले प्रतिस्पर्धा गर्ने जनाइएको थियो । नेपाल भलिबल संघले गत २०७९ कात्तिकमा सार्वजनिक गरेको बार्षिक क्यालेन्डरमा नेपाल सुपर…
Read More
क्यानले घटायो करारमा राख्ने महिला क्रिकेटरको संख्या

क्यानले घटायो करारमा राख्ने महिला क्रिकेटरको संख्या

नेपाल क्रिकेट संघ क्यानले करारमा राख्ने महिला क्रिकेटरको संख्या घटाएको छ । यसअघि पुरुष र महिला दुवैतर्फ १८ जना खेलाडीलाई करारमा राखेको भए पनि यसपालि भने करारमा छ महिला खेलाडी कटौती गरिएको छ । पोखरामा बसेको क्यानको बोर्ड बैठकले १८ जना पुरुष खेलाडी र १२ महिला खेलाडीलाई छ महिनाका लागि करारमा राख्ने निर्णय गरेको छ । क्यानको करारमा परेका महिला खेलाडीमा ग्रेड ए र बी मा समान तीन जना रहेका छन् भने ग्रेड सी मा छ जना रहेका छन् । ग्रेड एमा कप्तान रुविना क्षेत्रीसहित सीता राना मगर र इन्दु बर्मा कायम छन् । त्यस्तै गरी काजल श्रेष्ठ बी मा…
Read More
क्यानका अध्यक्षसहित पाँच जना पदाधिकारीको राजिनामा माग

क्यानका अध्यक्षसहित पाँच जना पदाधिकारीको राजिनामा माग

नेपाल क्रिकेट संघ क्यानका सात जना केन्द्रिय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिमा रहेका पाँच जना पदाधिकारीको राजिनामा माग गरेका छन् । कार्यसम्पादन समितिमा अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोसन सिंह, सदस्यहरु दुर्गाराज पाठक र पदम खड्का हुनुहुन्छ । उक्त क्यानका ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी लगायतका सात केन्दीय सदस्यले राजीनामा माग्नुभएको हो । उहाँहरुले काठमाडौंमा पक्रकार सम्मेलन गरी नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको भन्दै उक्त पाँच जना पदाधिकारीको राजिनामा माग गर्नुभएको हो । आयोजक कम्पनी सेभेन…
Read More
ग्रीक टेनिस खेलाडी सिसिपास अष्ट्रेलियन ओपनको फाइनलमा

ग्रीक टेनिस खेलाडी सिसिपास अष्ट्रेलियन ओपनको फाइनलमा

ग्रीक टेनिस खेलाडी स्टेफानोस सिसिपास वर्षमो पहिलो ग्राण्ड्स्लाम अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गर्नुभएको छ । आज शुक्रबार भएको पहिलो सेमिफाइनलमा तेस्रो वरीयताका सिसिपासले रुसका करेन खाचानोभलाई ७–६ (७–२), ६–४, ६– ७ (६–८), ६–४ को सेटमा पराजित गर्दै २४ वर्षिय सिसिपास पहिलो पटक अष्ट्रेलियन ओपनको फाइनल पुग्नुभएको हो । उहाँले अब उपाधिका लागि नोभाक जोकोभिच र टोमी पउलबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नुहुनेछ । सिसिपासले दोस्रो पटक ग्राण्ड्सलाम फाइनल खेल्ने हुनुभएको हो । सिसिपास यसअघि २०२१ मा फ्रेन्च ओपनको फाइनलमा पुग्नुभएको थियो । त्यसबेला उहाँ जोकोभिचसँगै पराजित हुनुभएको थियो ।
Read More
स्पोर्टस अवार्डको १९औं संस्करण अब आउँदो फागुन २३मा हुने

स्पोर्टस अवार्डको १९औं संस्करण अब आउँदो फागुन २३मा हुने

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष गर्ने स्पोर्टस अवार्डको १९औं संस्करण अब आउँदो फागुन २३ गते हुने भएको छ । वर्ष २०७८ मा नेपाली खेलकुदमा भएको प्रदर्शनका आधारमा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिने आज सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विगतका वर्षमा जस्तै यसवर्ष पनि स्पोर्टस अवार्डमा नौ प्रमुख विधा समावेश रहेका छन् । वर्षको उत्कृष्ट पुरुष र महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, उत्कृष्ट पाराएथ्लिट अवार्ड, स्पेशल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ । त्यस्तै एसियन जर्नलिष्ट अवार्डको नाममा एकजना एशियाली खेलकुद पत्रकारलाई सम्मानित गरिनेछ । वर्षको उत्कृष्ट पुरुष, महिला…
Read More
स्पट फिक्सिङको आरोपमा आदिल अन्सारी र महबुब आलम पक्राउ

स्पट फिक्सिङको आरोपमा आदिल अन्सारी र महबुब आलम पक्राउ

नेपाल टी–२० क्रिकेट लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा दुई जना खेलाडी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले राष्ट्रिय टोलीका सदस्य समेत रहनुभएका आदिल अन्सारी र राष्ट्रिय टोलीका पूर्व खेलाडी महबुब आलमलाई पक्राउ गरेको हो । आदिल अन्सारीले गत जेठमा अमेरिकासँगको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएको थियो । दुवै खेलाडीले स्पट फिक्सिङको योजना अनुसार काम गरेको सीआईबीको दाबी छ । उहाँहरु दुवैले नेपाल टी–२० क्रिकेटको व्यापारिक अधिकार पाएको सेभेन थ्रि स्पोर्ट्सका मालिकको योजनालाई सहयोग गरेको देखिएको प्रहरीले जनाएको छ । सीआईबीले बेलैमा एक्सन लिएका कारण खेल मिलेमतो अर्थात् म्याच फिक्सिङ हुन नपाएको तर स्पट फिक्सिङ भने…
Read More
बङ्गबन्धु म्याराथनमा नेपालकी पुष्पा भण्डारीलाई स्वर्ण

बङ्गबन्धु म्याराथनमा नेपालकी पुष्पा भण्डारीलाई स्वर्ण

नेपाली धाविका पुष्पा भण्डारीले बङ्गबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण जित्नुभएको छ । बङ्गलादेशको ढाकामा आज शुक्रवार भएको म्याराथनमा निर्धारित ४२ दशमलव १९५ किलोमिटर दुरी भण्डारीले दुई घण्टा ४८ मिनेट दुई सेकेन्डमा पूरा गरेर दोस्रो पटक च्याम्पियन बन्नुभयो । यसअघि पनि भण्डारीले सन् २०२१ मा स्वर्ण पदक जित्नुभएको थियो । म्याराथनमा श्रीलङ्काकी सुजनी परेरा दोस्रो हुनुभयो । उहाँ भण्डारीभन्दा २० सेकेन्डले पछि पर्नुभयो । नेपालकै विन्द्रा धान्के श्रेष्ठले तेस्रो स्थान हासिल गर्न सफल हुनुभएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.