खेलकुद समाचार

विश्वकप फुटबलमा आज अर्जेन्टिना र क्रोएसिया भिड्दै

विश्वकप फुटबलमा आज अर्जेन्टिना र क्रोएसिया भिड्दै

संजय दुवाडी फिफा विश्वकप कतार २०२२ को पहिलो सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया भिड्न गैरहेका छन् । यो खेल कतारको लुसेल आइकोनिक रंगशालामा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । पहिलो खेलमै साउदी अरेबियासँग २–१ ले स्तब्ध भएपछि मेस्सीकै उच्च प्रदर्शनमा अर्जेन्टिनाले मेक्सिको, पोल्यान्ड, अस्ट्रेलिया र नेदरल्यान्ड्सको चुनौती पन्छाएर सेमिफाइनमा स्थान बनाएको छ । यता, समूह चरणमा मोरक्को र बेल्जियमसँग गोलरहित बराबरी खेलेको क्रोएसियाले त्यसपछि क्यानडा, जापान र ब्राजिललाई हराएर अन्तिम चारमा स्थान पक्का गरेको हो । क्रोएसिया लगातार दोस्रोपटक फाइनल पुग्ने दाउँमा रहँदा अर्जेन्टिना पनि ८ वर्षपछि फाइनल पुग्ने लक्ष्यमा हुनेछ । यसअघिको दुई संस्करणमा दुवै टोली फाइनलमा पुगेपनि…
Read More
यि हुन् सन्तोषसहित मलेसियामा स्वर्णपदक जित्ने चितवनका सात खेलाडी !

यि हुन् सन्तोषसहित मलेसियामा स्वर्णपदक जित्ने चितवनका सात खेलाडी !

मलेसियामा सम्पन्न पाङ्कोर आइल्याण्ड अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२२ मा चितवनका सन्तोष भट्टले गोल्डमेडल जित्नुभएको छ । लामो समयदेखि मलेसियामा बस्दै आउनुभएका भट्टले उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि स्वर्णपदक दिलाउनुभएको हो । भट्टसंगै अन्य छ जना नेपाली खेलाडीले पनि स्वर्णपदक जितेका छन् । उक्त स्वर्णपदक जित्नेहरुमा मोहम्मद उमर खान, सुनिता विष्ट, सुष्मा थापा, सोनम गैरे, नितिश विश्वकर्मा र सक्षम चौधरी रहेका छन् । यस्तै जैनव खातुन, अब्बास खान, मोहम्मद उमर खान, सुनिता विष्ट लगायतका चार खेलाडीले रजत पदक जितेका छन् । उक्त प्रतियोगितामा नेपाली खेलाडीहरुको प्रदर्शन उत्कृष्ट रहेको थियो । प्रतियोगितामा टिम प्रशिक्षकको रुपमा रोशन खाँन रहनुभएको थियो ।
Read More
झुवानीमा टोल स्तरिय फुटबल प्रतियोगिता आजदेखी सुरु

झुवानीमा टोल स्तरिय फुटबल प्रतियोगिता आजदेखी सुरु

रत्ननगर रत्ननगर ५ झुवानीमा टोल स्तरीय नकआउट फुटबल प्रतियोगिता सुभारम्भ भएको छ। श्री झुवानी युवा क्लबको आयोजनामा सो प्रतियोगिताको आयोजना गरिएको हो। वडा नम्बर ५ भित्र रहेका १२ वटा टोलहरुको विचमा नकआउट प्रतियोगिताकि रुपमा खेलको आयोजना गरिएको झुवानी युवा क्लबका अध्यक्ष एवम कार्यक्रमका सभापति कुलदीप अधिकारीले जानकारी दिनुभएको छ। कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवम रत्ननगर ५ का वडा अध्यक्ष बालकृष्ण चापागाईंले आफ्नो वडा भित्र रहेका टोलवासी दाजुभाइहरुलाई मनोरञ्जन प्रदान गरि भाईचाराको भावना स्थापित गर्न र कुशल खेलाडीको पहिचान गर्न यो प्रतियोगिताको आयोजना गरिएको बताउनु भएको छ। क्ल्बका उपाध्यक्ष बलराम सापकोटाले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा समाजसेवी हरि अधिकारी…
Read More
रिजवानलाई मोस्ट भ्यालुएबल प्लेयर अवार्ड

रिजवानलाई मोस्ट भ्यालुएबल प्लेयर अवार्ड

पुस २३ । मोहमद रिजवानले पीसीबी मोस्ट भ्यालुएबल क्रिकेटर अफ दि इयर अवार्ड प्राप्त गरेका छन् । पाकिस्तान क्रिकेट बोर्डको अवार्डमा रिजवान मोस्ट भ्यालुएबल क्रिकेटर अफ दि इयर घोषित भएका हुन् । रिजवानले बाबर आजम, शहिन शाह अफ्रिदी र हसन अलीलाई पछि पार्दै यस अवार्ड जितेका हुन् । रिजवानले टी-ट्वान्टी आई क्रिकेटर अफ दि इयर अवार्ड समेत हात पारे । बाबर आजमले ओडीआई क्रिकेटर अफ दी इयर अवार्ड जिते । इम्प्याक्टफूल क्रिकेटर अफ दि इयर शहिन शाह अफ्रिदीले प्राप्त गर्दा इमर्जिङ क्रिकेटर अफ दि इयर मोहमद वासिमले पाए । टेस्ट क्रिकेटर अफ दि इयर अवार्ड हसन अलीले जिते । महिला…
Read More
भारतमाथि दक्षिण अफ्रीकाको सहज जित

भारतमाथि दक्षिण अफ्रीकाको सहज जित

पुस २३ । घरेलु टोली दक्षिण अफ्रीकाले दोस्रो टेस्टमा भारतलाई हराएको छ । जोहन्सवर्गमा बिहीबार दक्षिण अफ्रीकाले भारतलाई ७ विकेटले हराएको हो । भारतबाट प्राप्त २ सय ४० रनको लक्ष्य दक्षिण अफ्रीकाले ३ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रीकाका लागि कप्तान डीन इल्गरले ९६ रनको अर्धशतकीय इनिङ्स खेले । भान डेर डुसेनले ४० रन जोड्दा एडिन मार्क्रमले ३१ रन जोडे । किगन पिटर्सनले २८ रन जोड्दा टेम्बा बाभुमाले अविजित २३ रन बनाए ।भारतका मोहमद शामी,शार्दुल ठाकुर र रविचन्द्र आश्विनले १/१ विकेटल लिए । यस अघि पहिलो इनिङ्समा दक्षिण अफ्रीकाले अलआउट हुँदै २ सय २९ रन बनाएको थियो । भारतले…
Read More
नवलपुरमा राष्ट्रिय भेट्रान्स कप फुटबल सुरु

नवलपुरमा राष्ट्रिय भेट्रान्स कप फुटबल सुरु

कावासोती, पुस २० । नेपालीहरूको महान् पर्व माघेसङ्क्रान्तिको अवसर पारेर नवलपुरमा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१७ गोछडामा सांसद तिलकबहादुर महत क्षेत्रीले प्रतियोगिताको उद्घाटन गरेका हुन् । कार्यक्रममा सांसद क्षेत्रीले खेलाडीले देशको नाम विश्वमा चिनाउने भएकाले उनीहरू राष्ट्रको गौरव भएको बताए । देशलाई विश्वसामु चिनाउने खेल क्षेत्रको विकासका लागि आफू सदैव तयार रहेको क्षेत्रीले बताए । खेलाडी अनुशासित हुने भन्दै क्षेत्रीले मानव स्वास्थ्यका दृष्टिकोणले समेत खेल खेल्नु राम्रो भएकाले विद्यालय तहबाटै खेलाडी उत्पादन गर्नतर्फ सरकारले लगानी गर्नुपर्ने बताए । रिटर्नी माइग्रेन्ट नेपाल नवलपुर शाखाको आयोजनामा भएको प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व), नवलपरासी (बर्दघाट–सुस्तापश्चिम), चितवन, काठमाडौँ,…
Read More
एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको जित

एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको जित

पुस २० । केलियन एमबाप्पेको ह्याट्रिकको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपमा जित निकालेको छ । सोमबार राति पीएसजीले चौथो स्थानको वेन्समाथि ४–० को जित निकाल्यो । र अन्तिम ३२ को यात्रा तय गर्यो । प्रेस्नेल किम्पेम्बेले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा अघि बढाएका थिए । नुनो मेन्डेसको कर्नरमा किम्पेम्बेले हेड गोल गरेका थिए । एम्बाप्पले तीनै गोल दोस्रो हाफमा गरे । उनले पहिलो गोलमा किम्पेम्बेको सहयोग लिए भने दोस्रो गोलमा जाभी सिमोन्सको पासलाई सदुपयोग गरे । जुनियर दिना एबिम्बेको पासलाई सदुपयोग गर्दै एम्बाप्पेले ७६ औं मिनेटमा ह्याट्रिक पुरा गरेका थिए । उनले पीएसजीका लागि १ सय ५० गोल पुरा…
Read More
युनाईटेड घरमै पराजित

युनाईटेड घरमै पराजित

पुस २० । म्यानचेस्टर युनाईटेडले प्रिमियर लिग फुटबलमा हार ब्यहोरेको छ । सोमबार राति युनाईटेड घरेलु मैदान ओल्डट्राफोर्डमा उल्भ्ससँग १–० ले पराजित बनेको हो । उल्भ्सले खेलको अन्तिम समयमा गोल गर्दै घरेलु टोलीलाई स्तब्ध पारेको थियो । पाहुना टोलीको जितमा जोआओ मौटिन्होले ८२ औं मिनेटमा गोल गरेका थिए । युनाईटेडको अन्तरिम प्रशिक्षकको रुपमा राल्फ रंगनिकको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ । उल्भ्सले सन् १९८० पछि पहिलो पटक ओल्डट्राफोर्डमा जित निकालेको हो । उल्भ्सका गोलकपिर जोसे साले इन्जुरी समयमा उत्कृष्ट बचाउ गर्दै पाहुना टोलीलाई अंक दिलाए । ब्रुनो फर्नान्डेजको फ्रि–किकलाई उनले उत्कृष्ट ढंगले बचाउ गरेका थिए । युनाईटेड शीर्ष स्थानमा…
Read More
हाफिजद्वारा सन्यास घोषणा

हाफिजद्वारा सन्यास घोषणा

पुस १९ । पाकिस्तानका अलराउन्डर मोहम्मद हाफिजले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । हाफिजले सोमबार १८ वर्षीय अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । यद्दपी हाफिज फ्रेन्चाईज टी-ट्वान्टी क्रिकेटमा भने उपलब्ध हुने छन् । हाफिजले २००३ मा जिम्बावेविरुद्धको खेलबाट एकदिवसीयमा डेब्यु गरेका थिए । उनले अन्तिम पटक टी-ट्वान्टी विश्वकपमा अष्ट्रेलियाविरुद्ध खेलेका थिए । हाफिजले पाकिस्तानका लागि ५५ टेस्ट २ सय १८ एकदिवसीय र १ सय १९ टी-ट्वान्टी खेलेका छन् । जसमा १२ हजार ७८० रन जोड्दा २ सय ५३ विकेट लिएका छन् ।  उनले टेस्टबाट २०१८ मा सन्यास घोषणा गरेका थिए । एजेन्सी
Read More
चितवनमा ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता हुने

चितवनमा ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता हुने

चितवन, पुस १९ । चितवनमा डिष्ट्रिक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला फुटबल सङ्घको आयोजनामा प्रतियोगिता यही पुस २० देखि आगामीमाघ ८ गतेसम्म सञ्चालन हुनेछ । भरतपुर महानगरको वडा नम्बर ७ मा रहेको कृष्णपुर स्पोर्ट्स स्टेडियममा हरेक दिन दुई खेल हुनेछन् । सङ्घका महासचिव रामहरि ढकालले सहभागी टिमलाई दुई समूहमा विभाजन गरी राउण्ड रोबिन लिग प्रणालीअनुसार खेल हुने बताए । दुवै समूहको पुछारमा रहने टिम रेलिगेसनमा पर्ने छन् । ती टिम बी डिभिजनमा झर्ने छन् । हरेक समूहको शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश हुनेछन्। प्रतियोगितामा १३ टिम सहभागी हुने छन्। हरेक वर्ष हुँदै आएको प्रतियोगिता…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.