राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन संयोजकमा भुसाल र उपसंयोजकमा ढकाल चयन

राष्ट्रिय स्वतन्त्र पार्टीको हेटौंडामा सम्पन्न विस्तारित बैठकले चितवन जिल्ला संयोजक र उपसंयोजक चयन गरेको छ । बैठकले संयोजकमा माडीका कृष्णप्रसाद भुसाल र उपसंयोजकमा भरतपुर महानगरपालिका–१० की प्रभा ढकाललाई चयन गरेको हो ।
नेपाली सेनाबाट सेवा निवृत्त संयोजक भुसाल माडी स्थायी ठेगाना भई अहिले भरतपुरको त्रिचोकमा बस्नुहुन्छ भने उपसंयोजक ढकाल नर्सिङ पेसामा आवद्ध हुनुहुन्छ । भुसाल र ढकाल दुवै स्वतन्त्र पार्टी स्थापनासँगै पार्टी राजनीतिमा आवद्ध रहनुभएको थियो । उहाँहरु दुवैजनाले गत निर्वाचनमा चितवन–२ बाट पार्टी सभापति रवि लामिछानेलाई प्रतिनिधिसभामा अत्यधिक मतका साथ निर्वाचित गराउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.