टर्कीमा ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको दुई सातपछि फेरी हिजो सोमबार६.३ म्याग्नेच्युडको भूकम्प गएको छ ।
दक्षिणी टर्कीको हतय प्रान्तलाई केन्द्रविन्दु बनाएर गएको उक्त भुकम्पमा परि कम्तीमा तीन जनाको मृत्यु भएको छ । भूकम्पमा परी सैयौं घाइते भएको टर्कीको विपद् तथा आकस्मिक व्यवस्थापन संस्था एएफएडीले जनाएको छ ।
टर्कीका अधिकारीहरुले हिजो सोमबारको भूकम्पमा परी दुई सय ९४ जना घाइते भएको बताएका छन् । उक्त भूकम्पपछि दर्जनौं पराकम्पनहरू गइरहेको त्यहाँका अधिकारीले जनाएका छन् । भूकम्प गएको हतय प्रान्त सिरियाको नजिकै रहेको जनाइएको छ । टर्की र सिरियाका दुई साताअघि गएको ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ४६ हजार नाघेको छ ।
टर्कीमा भुकम्प गएको दुई सातापछि फेरी गयो ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्प, तीनको मृत्यु, सयौं घाइते