दुई हप्तादेखि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले पुनः थाल्यो उत्पादन

हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन थालेको छ । कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो । कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको छ ।
हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि आठ हजार मेट्रिक टन कोइला आपूर्तिको बोलपत्र आह्वान गरेकामा हाललाई एक हजार छसय मेट्रिक टन कोइला आपूर्ति भएको जनाएको छ ।
आपूर्ति भएको एक हजार छसय मेट्रिक टन कोइलाले १५ दिनलाई सिमेन्ट उत्पादन गर्न कच्चापदार्थ पुग्ने उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिनुभयो । बाँकी कोइला आउने क्रममा रहेको छ । भारत, भुटान, इन्डोनेसिया र पाकिस्तानबाट कोइलाको आपूर्ति भइरहेको जनाइएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.