
सप्तरीको सुरुङ्गा नगरपालिका–९ बैरबोनामा आगलागी हुँदा झन्डै २० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
आज स्थानीय रामचन्द्र यादवको घरमा बिजुलीको तार सर्ट भइ लागेको उक्त आगलागीबाट यादवको एक तले फुसको घरका साथै सम्पूर्ण समान जलेर नष्ट भएको छ भने छिमेकी परीक्षण यादव, राम किसुन यादव, चन्द्रदेव यादव, बलराम यादव, रामवृष यादवको घर तथा सामान जलेको छ ।
राजविराज र लाहानको दमकल तथा स्थानीयवासी, नेपाल तथा सशस्त्र प्रहरीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ
हिजो पनि सप्तरीकै बोदेबरसाइन नगरपालिका–१० खडकपुरमा आगलागीबाट आधा दर्जनभन्दा बढीको घर जल्दा झन्डै १८ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।