क्षेत्रिय होटल संघ चितवन सौराहाको अध्यक्षमा गिरी चयन

क्षेत्रिय होटल संघ चितवन सौराहाको अध्यक्षमा गंगा गिरी सर्वसम्मत चयन हुनुभएको छ ।
संघको १८ औं साधारण सभा तथा नौ अधिवेशनले गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । गिरी अघिल्लो कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्थ्यो । नया निर्वाचित समितिको उपाध्यक्षमा ओम प्रकाश पाण्डे, योगेन्द्रनाथ अधिकारी, महासचिवमा गुणराज थपलिया, सचिवमा महेश खनाल, कोषाध्यक्षमा शिवराज दुवाडी, सह कोषाध्यक्ष वविता चौधरी चयन हुनुभएको छ ।
समितिको सदस्यहरुमा संगम घिमिरे, रन्जन भण्डारी, बलराम अधिकारी, ध्रुवराज वाग्ले, सन्तोष गिरी, दिपक अधिकारी, गणेश दाहाल, हरी श्रेष्ठ, रामकुमार अर्याल, सौगात रिजाल, गणेश शर्मा पौडेल चयन हुनुभएको छ । त्यस्तै ऋषिराम तिवारी, शिव भुषाल मनोनित हुनुभएको छ । नव निर्वाचित कार्यसमितिले हिजो सोमबार नै पद तथा गोपनियताको सपथ लिइसक्नुभएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.