काठमाडौँ उपत्यकालगायतका पहाडी जिल्लाहरुमा फागु पर्वका अवसरमा नेपाल सरकारले आज सोमबार सार्वजनिक विदा दिएको छ । चितवनका स्थानीय पालिकालगायत सरकारी कार्यालयहरुमा पनि आज बिदा छ तर पूर्वी चितवनको रत्ननगर नगरपालिकाले भने थारु समुदायका लागि भोली मंगलवार समेत सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी थारु समुदायले भोलि मंगलवार पनि होली पर्व मनाउने भएकोले उक्त समुदायलाई मात्र सो दिन बिदा दिने निर्णय गरिएको जनाएको छ ।
रत्ननगर थारु समुदायको बाहुल्यता भएको नगर भएकाले पर्व मनाउन सहज होस् भनेर भोलि एकदिन थारु समुदायलाई मात्र सार्वजनिक बिदा दिइएको मेयर प्रल्हाद सापकोटाले जानकारी दिनुभयो । सामान्यतया होली काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रमा आज सोमबार र तराईमा भोलि मंगलबार मनाउने गरिन्छ ।
रत्ननगरका थारु समुदायलाई भोलि मंगलबार पनि सार्वजनिक बिदा