आउँदो चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रयोजनका लागि चितवनका नौ वटा क्याम्पसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकटको राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठन दर्ता भएको छ ।
चितवन जिल्लाको बिरेन्द्र बहुमुखी क्याम्पस, सप्तगण्डकी बहुमुखी क्याम्पस, मैयादेवी कन्या कलेज, माडी क्याम्पस, शहिद स्मारक कलेज, अरुणोदय कलेज, शहिद स्मृति बहुमुखी क्याम्पस, भुवानी शंकर बहुमुखी क्याम्पस र जनआदर्श बहुमुखी क्याम्पसमा राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठन दर्ता भएको हो । बालकुमारी कलेजमा भने प्राविधिक कारणले विद्यार्थी संगठन दर्ता प्रक्रिया स्थगित भएको छ ।
स्ववियु निर्वाचनको लागि चितवनका नौ क्याम्पसमा राप्रपा निकटको विद्यार्थी संगठन दर्ता