नेकपा एमाले रत्ननगरद्वारा ट्राफिक सचेतना

रत्ननगर, चैत्र १८ । दुर्घटना न्यूनीकरण गर्न रत्ननगरमा ट्राफिक सचेतनामूलक कार्यक्रम गरिएको छ । बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले रत्ननगरका मुख्य बजार क्षेत्रमा ट्राफिक सचेतना गरिएको हो ।
मिसन ग्रासरुट पार्टी शुद्धिकरण तथा विस्तारित अभियान २०७९ अन्र्तगत नेपाल कम्युनिष्ट पार्टी (एमाले) रत्ननगर वडा नं. १ वडा कमिटीको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय रत्ननगरको समन्वयमा ट्राफिक सचेतना कार्यक्रम गरिएको छ ।
वडा नं. १ वडा कमिटीका अध्यक्ष दोवराज खत्रीको आयोजनामा भएको कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य शम्भु सुवेदी प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि सुवेदीले दुर्घटना न्यूनीकरण गर्न सबै पक्ष जिम्मेबार बन्नुपर्ने बताउनुभएको थियो । अनुशासित भएर ट्राफिक नियमको पालन गर्न सके मात्रै दुर्घटना न्यूनीकरण हुने उहाँको धारणा थियो ।
एमाले पार्टीको केन्द्रीय सल्लाहकार महादेवी खतिवडाले नेकपा एमालले हरेक क्षेत्रमा जनताको बिचमा यस्ता महत्वपूर्ण कार्यहरु गरिरहेको बताउनुभयो । यस्तो खालका कार्यक्रम समय–समयमा हुनुपर्ने उहाँको कथन छ ।
एमाले जिल्ला कमिटी सदस्य तथा वडा नं. १ की ईन्चार्ज विमला देवी दुवडीले रत्ननगरमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रमले केही हदसम्म सहयोग पुग्ने बताउनुभयो ।

एमाले रत्ननगर नगर कमिटीका अध्यक्ष ईश्वरी प्रसाद अर्यालले सडक सुरक्षा, ट्राफिक नियम चिह्न तथा संकेतहरु, सवारी चलाउँदा सवारीमा यात्रा गर्दा अवलम्बन गर्नुपर्ने सुरक्षा सतर्कताका सम्बन्धमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो । यस कार्यक्रमले दुर्घटना न्यूनीकरणमा मद्धत पुग्ने उहाँको विश्वास छ । रत्ननगरको ट्राफिक सचेतना कार्यक्रम कोसेढुङ्गा साबित हुने उहाँले बताउनुभयो । एमाले जिल्ला कमिटी सदस्य तथा रत्ननगर वडा नं. १ का सहईन्चार्ज शंकर गिरीले सडक बमोजिमको गति, ट्राफिक चिन्ह, सडक रेखा, दुर्घटनाका कारण, सुरक्षित दुरी लगायतका बिषयमा सचेतना कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य यादव प्रसाद पाठक, पार्टी जिल्ला लेखा आयोगकी सदस्य संगिता खनाल, अनेम संघ जिल्ला सचिवालय सदस्य नगर ईन्चार्ज विष्णु नेपाल आचार्य, नगर कमिटी उपाध्यक्ष पुष्पराज जोशी, उप सचिव सागर मिश्र, सदस्य शालिग्राम पराजुली, रितु गिरी, वडा नं. २ का वडा कमिटी अध्यक्ष रविन्द्र दुवाडी, पार्टीका विभिन्न वडा तहका नेताहरुको उपस्थिती थियो ।
सो अवसरमा नेकपा (एमाले) पार्टी कार्यालय रत्ननगरमा १७ जना जेष्ठ नागरिकहरुलाई सम्मानसमेत गरिएको थियो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.