आज २०७८ साल पुस १८ गते आइतबारको राशिफल
आज २०७८ पुस १८ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । व्यापार व्यसायबाट लाभ मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग…