कोलम्बियाका २ विद्रोही समूहबीच झडप हुँदा १६ जनाको मृत्यु
पुस २० । दक्षिण अमेरिकी मुलुक कोलम्बियामा दुई वटा विद्रोही समूहबीच भएको हिंसात्मक झडपमा परी कम्तिमा १६ जनाको ज्यान गएको छ ।भेनेजुएलासँगको सिमाना नजिकै झडप हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका हुन् । कोलम्बियाको पूर्वी क्षेत्रमा अवस्थित अराउका नगरमा आइतबार भएको झडपमा मारिनेमध्ये अधिकांश फार्क र इएलएनका सदस्य रहेको अज जजिराले जनाएको छ । कोलम्बियाको राष्ट्रपति कार्यालयले आइतबार भएको हिंसात्मक झडपमा मारिनेको आधिकारिक विवरण सार्वजनिक गरेको छैन । तर अराउकामा मानव अधिकारसम्बन्धी मामिला हेर्ने सरकारी अधिकारी युआन कार्लोस भिलाटेले एक स्थानीय रेडियो स्टेशनसँग कुरा गर्दै मृतकको संख्या ५० पुग्न सक्ने बताएका छन् । फार्क र इएलएन…