सञ्जय दवाडी

165 Posts
क्यान्सर पिडितलाई न्यौपानेको सहयोग

क्यान्सर पिडितलाई न्यौपानेको सहयोग

खैरहनीमा क्यान्सर पीडितलाई सहयोग रकम हस्तान्तरण गरिएको छ। खैरहनी नगरपालिका १३ सिम्रेनी निवासी गणेश तमाङ्गलाई सहयोग रकम हस्तान्तरण गरिएको हो। वरिष्ठ समाजसेवी राममणी न्यौपानेले आर्थिक अवस्था कमजोर भएर उपचार नपाएका तामाङ्गलाई सहयोग रकम हस्तान्तरण गर्नु भएको हो। समयमै उपचार नपाएर तमाङ्गको आमाको पनि क्यान्सर बाटै निधन भएको थाहा पाएपछी उपचारको अभावमा कसैको ज्यान जानू दुखद भएको भन्दै आफुले सकेको सहयोग गरेको न्यौपानेले बताउनुभएको छ। सहयोग रकम हस्तान्तरणमा बोल्दै न्यौपानेले तामाङ्गको उपचारको लागि आगामी दिनमा आफुले थप सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्दै अन्य ब्यत्तित्वहरुलाई पनि सहयोग गर्न आग्रह गर्नु भएको छ।
Read More
नेतृत्व चयनको विषयमा ने.बि. संघ चितवनमा विवाद

नेतृत्व चयनको विषयमा ने.बि. संघ चितवनमा विवाद

नेपाल विधार्थी संघ चितवनको विवाद पुन सतहमा देखिएको छ । नेपाल विधार्थी संघका तात्कालिन अध्यक्ष सुर्य ढकालले कांग्रेस सचिव पदमा उमेद्वारी दिए पश्चात रिक्त रहेको पदमा को अध्यक्ष हुने भन्ने विषयमा सहमति नजुट्दा विवाद देखिएको हो । तिन तहको निर्वाचन पश्चात पटक पटक जिल्ला सभापतिलाई जिल्ला अधिवेशन गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्दा जिल्ला सभापतिले बिधार्थिहरुको भावनालाई खेलवाड गरि ने. बि .संघको मर्म बिपरित आफ्नो गोजीको व्यक्तिलाई जिल्ला अध्यक्ष बनाउन एकल सिफारिस गरेको भन्दै जिल्ला अध्यक्षका आकांक्षी ने.बि.संघ चितवनका नेताहरुले विरोध गरेका हुन् । कार्यवाहक जिल्ला अध्यक्ष राजन दाहाल बिधार्थी नेताहरु प्रकास भण्डारी, लक्ष्मी सापकोटा, दिनेश तामांग, अनिश पन्त, कृष्ण…
Read More
विजेता खेलाडीलाई गवै मावी द्वारा सम्मान

विजेता खेलाडीलाई गवै मावी द्वारा सम्मान

खैरहनी १३ गवैमा विजेता खेलाडीहरुलाई सम्मान गरिएको छ। खैरहनी १३ गवैमा रहेको माध्यमिक विधालय गवैले रास्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताका विजेता र सहभागी खेलाडीहरुलाई आज एक कार्यक्रमका विच सम्मान गरिएको हो। केही समय अगाडि सम्पन्न भएको उक्त प्रतियोगितामा सहभागी २५ जना खेलाडी र २ जना प्रशिक्षक लाई सम्मान गरिएको विधालयका प्राचार्य ऋषि प्रसाद खनालले जानकारी दिनु भएको छ। उक्त प्रतियोगितामा माध्यमिक विधालय गवै १५ स्वर्ण पदक सहित खैरहनी नगर भरिमा प्रथम हुन सफल भएको थियो। विधालय ब्यवस्थापन समितिका अध्यक्ष सुधिर कुमार ढकालको अध्यक्षता मा सम्पन्न कार्यक्रममा खैरहनी १३ का वडा अध्यक्ष कुल प्रसाद भुसाल प्रमुख अतिथी रहनु भएको थियो। कार्यक्रममा…
Read More
प्रशासन बाट अनुमती पाएसङ्गै सौराहामा १७औं  फुड फेष्टिबलको तयारी तीब्र

प्रशासन बाट अनुमती पाएसङ्गै सौराहामा १७औं फुड फेष्टिबलको तयारी तीब्र

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा १७औं सौराहा फुड फेष्टिबलको तयारी तिव्र भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन रेवान सौराहाले प्रणय दिबसको अबसरमा हरेक बर्ष फेष्टिबल आयोजना गर्दै आएको छ । फेष्टिवल माघ २९ गते देखि फागुन दुई गते सम्म सञ्चालन हुने छ । फेष्टिवललाई भब्य बनाउन आयोजक रेवान सौराहाले तयारीको काम सुरु गरेको हो । अन्य तयारीका कामसंगै फेष्टिबल सञ्चालनको लागि मंगलवार जिल्ला प्रशासन कार्यालयल भरतपुरबाट अनुमति समेत प्रदान गरिएको छ । भर्खरै जिल्ला प्रशासन कार्यालय भरतपुरमा कार्यभार सम्हालेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई स्वागत गर्दै रेवान सौराहाका व्यवसायीहरुले फेष्टिवलको अनुमति र सुरक्षा व्यवस्थाको लागि आग्रह गरेको फेष्टिबलका…
Read More
खैरहनी १३ मा हात्ती आतंक ३ जना स्थानीय घाईते

खैरहनी १३ मा हात्ती आतंक ३ जना स्थानीय घाईते

कुमराेज। जंगली हात्तीको आक्रमणबाट खैरहनीको कुमराेजमा ३ जना घाइते भएका छन् । खैरहनी १३ सिम्रेनिबाट सौराहा काम गर्न जाने क्रममा आइतबार बिहान ७ बजे जंगली हात्ती गोबिन्दले आक्रमण गरेको हो । हात्तीको आक्रमणबाट खैरहनी १३ सिम्रेनीका तारा आले मगर, निसा चौधरी र राधा चौधरी घाइते भएका कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेशकुमार श्रेष्ठले बताए । घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको छ । जंगलको सिमाना जोडिएको खैरहनी १३ हर्नरीमा रहेको ओम रिजालको इलाफेन्ट केयर नेपाल नजिक जंगली हात्तीले उनीहरुलाइ आक्रमण गरेको हो। बिगत तीन दिन देखि सो हात्तीले स्थानिय को बाली नास गरि घरमा राखेको अन्न समेत खादै आईरहेको थियो। निकुञ्ज…
Read More
बम्पर उपाहार लक्की ड्र का विजेतालाई पुरस्कार हस्तान्तरण

बम्पर उपाहार लक्की ड्र का विजेतालाई पुरस्कार हस्तान्तरण

रत्ननगर । ए टु जेड मोबाईल हाउसको बम्पर उपहार योजना अन्तर्गतका बिजेताहरुलाई शनिबार पुरस्कार हस्तान्तरण गरिएको छ । रत्ननगरको टाँडीचोकमा रहेको ए टु जेड मोबाईल हाउस तेस्रो शाखावाट मोवाइल खरिद , मर्मत ,घडी खरिद लगायत विभिन्न उपहार योजना अन्तर्गतका बिजेताहरुलाई एक समारोहाका विच पुरस्कार हस्तान्तरण गरिएको होे । उपाहार योजना अन्तर्गत बम्पर उपहार विजेता कालिका १ गडुवा निवासी कृष्ण घिमिरेले पुरस्कार वापत यामाहाको फ्यासिनो स्कुटर प्राप्त गर्नुभएको छ । यस्तै नया बर्ष अफर अन्तर्गत कालिका ५ निवासी सिताराम चौधरीले एम आई स्मार्ट टेलिभिजन र नया बर्ष अफर अन्तर्गत नै कालिका ६ निवासी अस्मिता सिम्खडा र कालिका १ निवासी प्रेम बहादुर…
Read More
काङ्ग्रेस जिल्ला सभापतिको कारण ने.बि. संघ चितवनमा विवाद

काङ्ग्रेस जिल्ला सभापतिको कारण ने.बि. संघ चितवनमा विवाद

नेपाल विधार्थी संघ चितवनको विवाद उत्कर्षमा पुगेको छ । नेपाल बिधार्थी संघको केन्द्रको परिपत्र अनुसार सहमतिमा जिल्ला अध्यक्षको नाम पठाउन अनुरोध बमोजिम नेपालि कांग्रेस जिल्ला समितिले अध्यक्षको आकांक्षी संग छलफल र परामर्श नै नगरी एकजनाको नाम मात्र केन्द्रमा नाम पठाएपछि ने.वि. संघ चितवनका जिल्ला स्तरका नेताहरु ससंकित भएका हुन् । ने. वि. संघ चितवनका जिल्ला नेताहरु अमृत मिश्र, सुमित पराजुली, र अनिष पन्त द्वारा हस्ताक्षरित विज्ञप्तिमा लोकतन्त्रको जगमा उभिएको सिंगो पार्टि पंक्ति संग कुनै सल्लाह नै नगरी एकजनाको मात्र नाम पठाएकोले आफुहरु आन्दोलित हुनु परेको उनीहरुले बताएका छन् । आफुहरु जिल्ला नेतृत्वको आकांक्षी रहदै गर्दा कुनै पनि सल्लाह नै नगरी…
Read More
सौराहामा क्रिसमसको इभको तयारी पूरा

सौराहामा क्रिसमसको इभको तयारी पूरा

सौराहा ०८ पुुस । चितवनको पर्यटकीय नगरी सौराहामा क्रिसमस इभको तयारी पुरा भएको छ । क्रिसमस इभमा शनिवार बेलुका सौराहामा सांस्कृतिक कार्यक्रम गर्न लागेको हो । रेष्टुरेन्ट एण्ड बार एशोसियसन(रेवान)सौराहाले क्रिसमस इभलाई भब्य बनाउन सौराहालाई सजाएका छन् । क्षेत्रीय होटल संघ चितवन सौराहाले आयोजना गर्दै आएको चितवन हात्ती महोत्सव रोकिएपछि व्यवसायीहरुले सोही समय पारेर क्रिसमस इभ गरेका हुन । इशाई धर्मालम्बीहरुले मनाउने क्रिसमस इभलाई सौराहाका व्यवसायीले पर्यटन भित्र्याउने माध्यमको रुपमा मनाउन थालेका छन् । कार्यक्रममा गायिका रचना रिमाल सहित रत्ननगर कला मन्दिरका कलाकारहरुको प्रस्तुती रहने छ । पर्यटक भित्र्याउन केही न केही गतिविधि गर्नुपर्छ रेवान सौराहाका अध्यक्ष नरेश गिरीले भने…
Read More
सौराहा जेसिजको पाचौं साखा अधिवेशन सम्पन्न

सौराहा जेसिजको पाचौं साखा अधिवेशन सम्पन्न

सौराहा लेडिज जेसिस को पाचौं शाखा अधिवेशन जेसी स्वप्ना पौडेल भण्डारीको अध्यक्षतामा सम्पन्न भएको छ। आज सौराहामा भएको उक्त अधिवेशनले जेसि मन्जु महत्तोको अध्यक्षतामा नया समिति सर्वसम्मतले चयन गरेको छ। कार्यकारिणी उपाध्यक्षमा सुनिता पौडेल र सबिता अधिकारी रहेका छन भने माहासचिवमा दीक्षा रिजाल, सह-सचिवमा सान्ती पौडेल, कोषाध्यक्षमा एन्जिला दुलाल, सह-कोषाध्यक्षमा सुनिता लामिछाने ,कानुनी सल्हाकारमा आस्था पाण्डे, उपाध्यक्षमा पबित्रा पौडेल ढकाल, लक्ष्मि गोदार, अम्बिका भट्ट र सुस्मिता न्यौपाने यस्तै निर्देशकहरुमा राम कुमारी खतिवडा, निशा गौतम, कविता चौधरी र सुजिता विडारी चयन हुनु भएको छ
Read More
साना किसान कृषि सहकारी संस्था बछौलीको २५ औं वार्षिक साधारण सभा आज देखि सुरु

साना किसान कृषि सहकारी संस्था बछौलीको २५ औं वार्षिक साधारण सभा आज देखि सुरु

४ पौष, रत्ननगर । साना किसान कृषि सहकारी संस्था लि. को २५ औँ वार्षिक साधारण सभा सोमबार रत्ननगरमा गरिएको छ । रत्ननगर नगरपालिकाका कार्यवाहक प्रमुख सोहेन्द्रराज खरेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष नारायण महतोले आफुहरुको संस्था किसानमैत्री बन्दै प्रविधि प्रयोगमा अघि बढ्ने बताएका छन् । स्थापना देखि नै किसानको हरेक समस्यामा सहकार्य गर्दै अघि बढेकोमा आगामी दिनमा किसानप्रति थप जिम्वेवारी वहन गर्ने उनको भनाई थियो । कार्यक्रममा अध्यक्ष महतोले आर्थिक बर्ष २०७९/०८० को बार्षिक प्रगती प्रतिबेदन, लेखा सुपरिवेक्षण समिति संयोजक विष्णु प्रसाद आचार्यले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै स्थानिय किसान दुर्गानाथ अर्यालले कृषि नर्सरी सम्बन्धि अनुभव…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.