सुरक्षीत बचतको १५औ साधारण सभा सम्पन्न
कालिका, असोज ०३ । कालिका नगरपालिका वडा नं ६ खोलेसिमलमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको १५औं बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष ओमप्रसाद लामिछानेले बार्षिक प्रतिवेदन, सचिव लालुप्रसाद दाहादले प्रगति प्रतिवेदन, कोषाध्यक्ष कविता न्यौपानेले आर्थिक प्रतिवेदन तथा लेखा सुपरीबेक्षण समितिका संयोजक विष्णुमणि लामिछानेले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त चार प्रतिबेदन साधारण सभाको बन्दसत्रले सर्वसम्मत पारित गरेको छ । कालिका नगरपालिकाका मेयर विनोद रेग्मी प्रमुख अतिथि रहेको कार्यक्रममा निर्वतमान अध्यक्ष शित्तलकाजी श्रेष्ठ सहित १६ जना उत्कृष्ट बचतकर्ता, १५ जना उत्कृष्ट ऋणि शेयर सदस्य, ३ जना निर्वाचन समिति, ३ जना ज्येष्ठ…