माडीमा वडास्तरीय सार्वजनिक सुनुवाइ
चितवन । माडी-३, वडाबासीहरुले वडाध्यक्ष पुरन महतो सहित वडाका जनप्रतिनिधिहरु समक्ष खुला रुपमा आफ्ना प्रश्न, जिज्ञासा र सुझावहरु प्रस्तुत गरेका छन् । स्वदेश एफ.एम.को सहजिकरणमा बसन्तपुर बजारमा सम्पन्न माडी ३ वडा कार्यालयको चालू आ.व. २०८०/८१ को सार्वजनिक सुनुवाईमा सहभागी रहँदै वडाका राजनैतिक दल, टोल विकास संस्था, युवा, महिला, उपभोक्ता समिति, सहकारी, संघसंस्था एवं वडाबासीहरुले वडा कार्यालयसामु आफ्ना प्रश्न र सुझावहरु राखेका हुन् । वडाबासीहरुले वडामा बन्यजन्तु एवं बाढीको समस्या रहेको, बसन्तपुर बजारस्थित शौचालय अव्यवस्थित रहेको, रतनी गाउँ जोड्ने पुल निर्माण सुरु हुन नसकेको, सिमरा जाने झोलुंगे पुल निर्माण अधरै रहेको, नाला व्यवस्थित हुन नसकेको, कतिपय भित्री सडक कालोपत्रे वा मर्मत…