रत्ननगर महोत्सव : मकै एक परिकार र प्रयाेग अनेक
रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा यही पौष २६ गतेबाट सुरु हुने रत्ननगर महोत्सवमा कृषि र पर्यटनलाई प्राथमिकता दिइएकाे छ । पर्यटनकाे विकासकाे लागि नयाँ गन्तव्यकाे पहिचान र धार्मिक पर्यटनकाे विकासलाई जाेड दिइएकाे महाेत्सवमा कृषि क्षेत्रकाे विकासका लागि मकै बालीकाे संरक्षण र उत्पादनलाई प्राथमिकता दिइएकाे संघका अध्यक्ष तथा महाेत्सव मुल समाराेहका संयाेजक शंकर गिरीले जानकारी दिए । महाेत्सवमा मकैकाे उत्पादनलाई जाेड दिँदै बजारीकरणलाई समेत ध्यान दिइएकाे छ । मकै एक परिकार र प्रयाेग अनेक भन्ने मान्यतालाई स्थापित गर्न परिकारकाे उपयाेग र मकैकाे बाेट देखि अन्य सामाग्रीकाे प्रयाेगलाई आत्मसाथ गर्ने गरि प्रबर्द्धन गरिएकाे संघका उपाध्यक्ष तथा कृषि प्रवर्द्धन समितिका…