रेडियो अर्पण

797 Posts
नेकपा एमाले रत्ननगरद्वारा ट्राफिक सचेतना

नेकपा एमाले रत्ननगरद्वारा ट्राफिक सचेतना

रत्ननगर, चैत्र १८ । दुर्घटना न्यूनीकरण गर्न रत्ननगरमा ट्राफिक सचेतनामूलक कार्यक्रम गरिएको छ । बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले रत्ननगरका मुख्य बजार क्षेत्रमा ट्राफिक सचेतना गरिएको हो । मिसन ग्रासरुट पार्टी शुद्धिकरण तथा विस्तारित अभियान २०७९ अन्र्तगत नेपाल कम्युनिष्ट पार्टी (एमाले) रत्ननगर वडा नं. १ वडा कमिटीको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय रत्ननगरको समन्वयमा ट्राफिक सचेतना कार्यक्रम गरिएको छ । वडा नं. १ वडा कमिटीका अध्यक्ष दोवराज खत्रीको आयोजनामा भएको कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य शम्भु सुवेदी प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि सुवेदीले दुर्घटना न्यूनीकरण गर्न सबै पक्ष जिम्मेबार बन्नुपर्ने बताउनुभएको थियो । अनुशासित भएर ट्राफिक नियमको…
Read More
गामबेँसीको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग

गामबेँसीको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग

रत्ननगर । रत्ननगर स्थित गामबेँसीको चेपाङ संरक्षण केन्द्रलाई आज शनिबार खाद्यान्न सहयोग गरिएको छ । चितवनको माडी स्थायी घरभई अस्ट्रियामा बस्दै आउनुभएकी माया लामा लोप्चन र उहाँका श्रीमान एल्मरले एक लाख ५० हजार रुपैँया बराबरको खाद्यान्न सहयोग गर्नुभएको हो । ग्रिन सोसाइटी नेपालका महासचिव शिरलाल परियारको पहलमा सो सहयोग गरिएको हो । खाद्यन्नमा ५० बोरा चामल, तीन बोरा आलु, तीन बोरा प्याज र एक बोरा लसुन सहयोग गरिएको छ । २०७२ सालदेखि भौतिक संरचना निर्माण सहित आवश्यक अन्य सहयोग गर्दै आउनुभएकी माया लामाले पछिल्लो पटक अस्ट्रियामा खाना विक्री बापत संकलन भएको रकमले खाद्यान्न सहयोग गर्नुभएको हो । सीमान्तकृत समुदायको शिक्षा…
Read More
रामपुर कृषि क्याम्पस खैरहनीमा अखिलको संयुक्त प्यानल विजयी

रामपुर कृषि क्याम्पस खैरहनीमा अखिलको संयुक्त प्यानल विजयी

रामपुर कृषि क्याम्पस खैरहनीमा हिजो शुक्रबार भएको स्ववियु निर्वाचनमा अखिल सयुक्तको प्यानल नै विजयी भएको छ । बेलुका सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार अखिल संयुक्तका सबै निर्वाचित भएका हुन् । निर्वाचनमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तीकारीले तालमेल गरेका थिए । उक्त निर्वाचनमा कुल एकसय २० मत खसेको थियो । अखिल सयुक्तबाट सभापतिका उम्मेदवार दिवस पौडेल एक्लैले एकसय १९ मत प्राप्त गर्नुभयो भने नेविसंघका आशिश जैसी देवकोटाले एक मत पनि पाउनुभएन । एक मत बदर भयो । सचिवमा अखिल संयुक्तका सन्तोष रताला जोशी एकसय १९ मत, कोषाध्यक्षमा संयुक्तकै सुजाता नेपाल एकसय १५ मतका साथ निर्वाचित हुनुभयो । त्यस्तै, सदस्यहरुमा अखिल संयुक्तका राकेश…
Read More
एमाले प्रमुख सचेतकमा गिरी नियुक्त

एमाले प्रमुख सचेतकमा गिरी नियुक्त

नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी नियुक्त हुनुभएको छ । एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिनुभएको हो । पर्वतबाट लगातार दोस्रो पटक चुनाव जित्नुभएका गिरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका करिब दुई महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नुभएको थियो । प्रचण्डले राष्ट्रपति चुनावमा गठबन्धन बदलेपछि एमाले सरकारबाट बाहिरिँदा गिरीले पनि राजीनामा दिनुभएको थियो ।
Read More
कप्तान रोहितको अर्धशतकमा नेपालले यूएईलाई दियो दुई ४९ रनको लक्ष्य

कप्तान रोहितको अर्धशतकमा नेपालले यूएईलाई दियो दुई ४९ रनको लक्ष्य

कप्तान रोहित पौडेलको अर्धशतक अनि गुलशन झा र दीपेन्द्र सिंह ऐरीको आक्रामक ब्याटिङमा आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपालले यूएईलाई दुईसय४९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिविको त्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर दुईसय ४८ रन बनाएको हो । खराब सुरुवात गरेको नेपालको इनिङ्स मिडल अर्डरले सम्हाले पनि नेपालले पूरै ओभर ब्याटिङ गर्न सकेन । नेपालका लागि कप्तान रोहित पौडेलले ओडीआईमा आठौं अर्धशतक प्रहार गर्ने क्रममा सर्वाधिक ७७ रन बनाए । आरिफ शेखले ४३ र गुलशन झाले ३७ रन जोडे । दीपेन्द्रले ३४ र भीम सार्कीले २९ रन जोडे । ओपनर…
Read More
भरतपुरमा दुईसय २० केभीको नयाँ सबस्टेशन तयार

भरतपुरमा दुईसय २० केभीको नयाँ सबस्टेशन तयार

चितवनको भरतपुर महानगरपालिका वडा नं. १ आँपटारीमा दुईसय २० केभीको नयाँ सबस्टेशन तयार भएको छ । अहिले सबस्टेशन परीक्षणको काम चलिरहेको र अर्को महिना सबस्टेशन चार्ज गरिने आयोजना प्रमुख नारायण रेग्मीले जानकारी दिनुभयो । सबस्टेशनको केही दिन अगाडि नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ्गले अवलोकन गरी फर्किनुभएको थियो । सबस्टेसनमा एकसय६०÷एकसय ६० एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर रहने छन् । मस्याङ्दी करिडोर दुईसय २० केभी प्रसारण लाइन आयोजना अन्तर्गतका तयार भएको सबस्टेशनमा तनहुँ जलविद्युत आयोजना एकसय ४० मेगावाटबाट उत्पादित विद्युत पनि ल्याएर जडान गरिनेछ । नयाँ भरतपुर सबस्टेशन ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जीआईएस)’ प्रविधिमा आधारित छ । भरतपुरमा पहिल्यै सबस्टेशन…
Read More
सिन्धुलीमा बस दुर्घटना ः  ज्यान गुमाउनेको संख्या ६ पुग्यो

सिन्धुलीमा बस दुर्घटना ः ज्यान गुमाउनेको संख्या ६ पुग्यो

सिन्धुलीमा आज बिहान भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या छ पुगेको छ । मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन् । उनीहरुको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । मृतकको पहिचान खुल्न सकेको छैन । मध्यपहाडि लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरमा भएको उक्त बस दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ । ओखलढुङगाबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस दुर्घटना भएको हो । घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित सामुदायिक अस्पताल लगिएको छ । बस अनियन्त्रित भइ भित्तामा ठोक्किँएर…
Read More
उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायमै रहने

उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायमै रहने

निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै राखेको छ । यादवविरुद्ध परेको उजुरी खारेज गर्दै कायम गर्ने निर्णय भएको हो । फरक लिंगको हुनुपर्ने अनिवार्य व्यवस्था नभएको ठहर गर्दै निर्वाचन अधिकृतले उम्मेदवारी कायम गर्ने निर्णय गरेका हुन् । राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायको दुवै हुनुपर्ने अनिवार्य र बाध्यात्मक व्यवस्था नगरी लिंग वा समुदायको हुनुपर्ने संवैधानिक र कानुनी व्यवस्था भइरहेकोले खसआर्य समुदायभन्दा फरक मधेसी समुदायका पुरुष यादव उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य रहेको भन्न नमिल्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताउनुभयो । पुरुष राष्ट्रपति निर्वाचित भइसकेकाले महिला मात्रै उपराष्ट्रपति उम्मेदवार हुनुपर्ने माग गर्दै उपराष्ट्रपतिमा यादवविरुद्ध एमालेका उम्मेदवार…
Read More
नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ भोलि दिउँसो १ बजे

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ भोलि दिउँसो १ बजे

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमवार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ । राष्ट्रपतिको कार्यालयले उहाँको शपथका लागि सोमवार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुहुनेछ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो । उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरी…
Read More
एक महिनामा भित्रियो एकसय चार अर्ब रेमिट्यान्स

एक महिनामा भित्रियो एकसय चार अर्ब रेमिट्यान्स

नेपालमा पछिल्लो एक महिना (माघ) महिनामा रेमिट्यान्स आप्रवाह एक खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघमा एक खर्ब चार अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । चालु आर्थिक वर्षको सात महिना (साउन–माघ)सम्म भने यस्तो रकम ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशतले बढेर ६ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष अमेरिकी डलरमा हुने विप्रेषण आप्रवाह ५.३ प्रतिशतले घटेको थियो । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.