अन्तर्राष्ट्रिय समाचार

छ महिनाका लागि बेल्जियमका जान डी ब्रान्ट नेपालको भलिबल प्रशिक्षक नियुक्त

छ महिनाका लागि बेल्जियमका जान डी ब्रान्ट नेपालको भलिबल प्रशिक्षक नियुक्त

बेल्जियमका जान डी ब्रान्ट नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक नियुक्त हुनुएको छ । अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीबीको प्राविधिक सहयोगमा उहाँ राष्ट्रिय टिमको भलिबल प्रशिक्षक नियुक्त भएको नेपाल भलिबल संघले जनाएको छ । उहाँ छ महिनाको लागि मात्रै नेपालको प्रशिक्षक नियुक्त हुनुभएको हो । उहाँको कार्यकाल मार्चदेखि अगष्टसम्म हुनेछ । छ महिनाका लागि मात्र नेपाल आउने उहाँले महिला र पुरुष दुवै टोलीलाई प्रशिक्षण दिनुहुनेछ । जानले आगामी सेप्टेम्बरमा हुने एसियन गेम्ससम्म नेपालको प्रशिक्षकको रुपमा काम गर्नुहुनेछ । तर एसियन गेम्सको बेला भने उहाँ फर्किनुहुनेछ भने नयाँ प्रशिक्षक आउने छन् । जान फर्केपछि हान अबिङ एसियन गेम्सको लागि आउनुहुनेछ । हानले…
Read More
नेपालले पहिलो खेपमै टर्की पठायो २२ टनभन्दा बढी राहत सामग्री

नेपालले पहिलो खेपमै टर्की पठायो २२ टनभन्दा बढी राहत सामग्री

नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्रीको पहिलो खेपमा २२ टनभन्दा बढी राहत सामग्रीहरु पठाएको छ । उक्त सामग्रीमा औषधि, मेडिकल उपकरण, न्याना कपडा लगायत अन्य अत्यावश्यक सामग्रीहरु रहेका छन् । ति सामग्रीहरु आज दिउँसो टर्की पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत सोमबार गएको शक्त्तिशाली भूकम्पमा परी टर्की नराम्रोसँग प्रभावित भएको छ । टर्की र सिरियामा गरी करिब ३० हजार जना मानिसको मृत्यु भइसकेको जनाइएको छ । त्यस लगत्तै यहि माघ २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो ।
Read More
जनयुद्ध दिवसमा बिदा दिएको विरोधमा द्वन्द्वपीडित समुदायद्धारा काठमाडौंमा प्रदर्शन

जनयुद्ध दिवसमा बिदा दिएको विरोधमा द्वन्द्वपीडित समुदायद्धारा काठमाडौंमा प्रदर्शन

सरकारले आज फागुन १ गते जनयुद्ध दिवसको सार्वजनिक बिदा दिएको विरोधमा द्वन्द्वपीडित समुदायले काठमाडौंमा प्रदर्शन गरेका छन् । काठमाडौं जिल्ला अदालत अगाडि भेला भएर द्वन्द्वपीडित र मानवअधिकारवादी संघसंस्थासँग आवद्ध व्यक्तिहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले जनयुद्ध दिवसको नाममा दिइएको सार्वजनिक बिदा खारेज गर्नुपर्ने र द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने माग राखेका छन् । विरोध प्रदर्शन कार्यक्रममा मानवअधिकारकर्मी सुशील प्याकुरेलले जनयुद्ध दिवस भनेर बिदा दिनु ज्यादती भएको बताउनुभएको छ । कुनै पार्टीले हिंसा सुरु गरेको दिनलाई, अथवा क्रान्ति सुरु गरेको दिनलाई मनाउने मैले आजसम्म विश्वमा कतै देखेको छैन’–उहाँले भन्नुभयो– ‘‘जनयुद्ध सुरु त प्रचण्डलाई प्रधानमन्त्री बनाउन मात्र गरिएको रहेछ । आज लोकतान्त्रिक भनिएका पार्टीहरुको…
Read More
म्याद थप्दा पनि काम नभएपछि तीन दर्जन ठेक्काको सम्झौता तोडियो

म्याद थप्दा पनि काम नभएपछि तीन दर्जन ठेक्काको सम्झौता तोडियो

पटक–पटक म्याद थप गर्दा पनि काममा प्रगति नदेखिएपछि गत र चालु आर्थिक वर्षमा गरी करिब तीन दर्जन ठेक्का सम्झौता तोडिएको छ । म्याद थप गरे पनि ठेकेदारले काम बेवारिस बनाएपछि ठेक्का सम्झौता तोडिएको सडक विभागले जनाएको छ । सबैभन्दा बढी ठेक्का सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटले तोडेको छ । उक्त कार्यालयले चालु आर्थिक वर्षमा १० र गत वर्षको जेठमा तीनवटा ठेक्का तोडेको जनाएको छ । सबैभन्दा बढी तोडिएका ठेक्का पुलसँग सम्बन्धित छन् । अझै पनि केही ठेक्कामा प्रगति नदेखिएपछि तोड्ने प्रक्रियामा लगिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताउनुभयो । म्याद थप गर्दा पनि काममा प्रगति नदेखिएकाले कारबाही स्वरुप ठेक्का तोडिएको…
Read More
कालोसूचीमा परेका व्यक्तिले बैंकमा निक्षेप खाता पनि खोल्न नपाउने

कालोसूचीमा परेका व्यक्तिले बैंकमा निक्षेप खाता पनि खोल्न नपाउने

बैंक तथा वित्तीय संस्थाबाट कालोसूचीमा परेका व्यक्तिले कुनै पनि बैंकमा निक्षेप खाता खोलेर बचत गर्न पनि नपाउने भएका छन् । हालै जारी एकीकृत निर्देशिका मार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले निक्षेप खाता खोल्नु अघि सम्बन्धित व्यक्ति कालोसूचीमा परे–नपरेको सम्बन्धमा कर्जा सूचना केन्द्रबाट सूचना लिनुपर्नेछ । सूचना केन्द्रबाट जानकारी लिँदा लागेको शुल्क ग्राहकबाट असुल्न नपाइने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । कर्जा सूचना केन्द्रको विवरण अनुसार इजाजतपत्रप्राप्त संस्थाले कुनै पनि खाता खोल्नुपूर्व निक्षेपकर्ता कालोसूचीमा नरहेको एकीन गरेर मात्र खाता खोल्नु पर्नेछ । यसवापत संस्थाले ग्राहकसँग कुनै शुल्क लिन पाउने छैन ।…
Read More
मैत्रीपूर्ण खेलका लागि भारत जाने नेपाली महिला फुटवल टोलीको बिदाइ

मैत्रीपूर्ण खेलका लागि भारत जाने नेपाली महिला फुटवल टोलीको बिदाइ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई आज आइतबार बिदाइ गरेको छ । एन्फाले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीलाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, एन्फाका उपाध्यक्ष वीर बहादुर खड्का, महासचिव किरण राई लगायतले उक्त नेपाली टोलीलाई बिदाइ गर्नुभएको हो । नेपाली महिला टोली सोमबार भारत प्रस्थान गर्नेछन् । नेपाली टोलीले भारतसँग चेन्नईमा अब आउँदो फागुन ३ र ६ गते मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेलका लागि टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले २३ सदस्यीय टोलीको घोषणा गरिसक्नुभएको छ । चोटका कारण साफ…
Read More
सरकार र चिकित्सक संघबीच छ बुँदे सहमति, चिकित्सकहरू तत्काल काममा फर्कने

सरकार र चिकित्सक संघबीच छ बुँदे सहमति, चिकित्सकहरू तत्काल काममा फर्कने

सरकार र नेपाल चिकित्सक संघ (एनएमए) बीचको वार्ता सहमतिपछि टुंगिएको छ । सरकारका प्रतिनिधि तथा नेपाल चिकित्सक संघका प्रतिनिधिबीच प्रधानमन्त्री कार्यालयमा आज आइतबार बिहान भएको वार्तासँगै छ बुँदे सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्काल स्थगित गरी चिकित्सकहरू काममा फर्किने भएका छन् । सरकार एक साताभित्रै ‘विशिष्ठ व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’लाई अध्ययन गरेर पुनरावलोकन गर्ने र त्यसलाई तत्काल कार्यान्वयन गर्ने सहमत भएको नेपाल चिकित्सक संघले जनाएको छ ।यस्तै, भीभीआईपीको आवागमनको नाममा चिकित्सकमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्नुका साथै अन्य संलग्न माथि पनि अनुसन्धान गरेर कारबाही अगाडि बढाउने सहमति समेत भएको छ । यसका साथै नेपाल चिकित्सक संघ र सरकारबीच स्वास्थ्य…
Read More
चिकित्सकलाई कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ हवल्दार गुरुङ निलम्बित

चिकित्सकलाई कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ हवल्दार गुरुङ निलम्बित

भीआईपी सवारीका क्रममा चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङ निलम्बनमा पर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला हिजो शुक्रबार प्रहरीले ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई कुटपिट गरेको आरोपमा गुरुङलाई काठमाडौं जिल्ला प्रहरी परिसरले निलम्बन गरेको हो । काठमाडौं प्रहरी वृत्त जनसेवामा कार्यरत गुरुङलाई घटनाको अनुसन्धान गर्नका लागि निलम्बन गरिएको नेपाल प्रहरीले जनाएको छ । हिजो शुक्रबार प्रहरीको कुटपिटबाट ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह टाउको र हातमा चोट लागेपछि ट्र्रमा सेन्टरको आईसीयूमा ‘अब्जर्भेसन’ मा राखिएको छ । प्रहरीले ट्रमाका अरू चिकित्सकहरूलाई पनि कुटपिट गरेको छ । डा. सिंहमाथि कुटपिट भएको विरोधमा उत्रिँदा मेडिकल…
Read More
सुदूरपश्चिमका मुख्यमन्त्री शाह र दुई मन्त्रीद्वारा शपथ ग्रहण

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र दुई मन्त्रीद्वारा शपथ ग्रहण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज शुक्रवार प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । एमालेका मुख्यमन्त्री राजन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि संवैधानिक व्यवस्थाअनुसार हिजो बिहीवार कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त हुनुभएको हो । गत पुस २७ गते एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउनुभएको हो । रावललाई यसअघि समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएन । यसैबीच नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार मन्त्री र नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त हुनुभएको छ ।…
Read More
अदालतले दोषी ठहर नगरेसम्म सांसदलाई निलम्बन नगर्ने सहमति

अदालतले दोषी ठहर नगरेसम्म सांसदलाई निलम्बन नगर्ने सहमति

फौजदारी अपराधको आरोपमा पक्राउ परेका सांसदलाई निलम्बन नगर्ने प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सहमति जुटेको छ । आज शुक्रबार बसेको समितिको बैठकमा अदालतले दोषी ठहर नगरेसम्म सांसदलाई निलम्बन नगर्ने विषयमा सहमति जुटेको हो । नेपाली कांग्रेस, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीको विरोधका बीच सांसदको सेवा सुविधा स्थगित हुने गरी पद कायम रहनेमा सहमति जुटेको हो । राप्रपा र जसपालगायतका मधेसवादी दलहरू भने कसुर पुष्टि नभएसम्म सांसद पद निलम्बन गर्न नहुने अडानमा थिए । मस्यौदामा जुटेको सहमतिअनुसार नियमावाली संसद्बाट पारित भएमा पुर्पक्षमा थुनामा गएका सांसदले समेत संसद्को लोगो लगाउन पाउनेछन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.