चितवन सेरोफेरो

चितवनमा सवारी लाइसेन्सको वायोमेट्रिकदेखि ट्रायलका सबै सेवा स्थगित

चितवनमा सवारी लाइसेन्सको वायोमेट्रिकदेखि ट्रायलका सबै सेवा स्थगित

चितवनमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धि सबै सेवा स्थगित भएको छ । सेवा सुरु भएको तेस्रो दिनमा नै केन्द्रीय सर्भरमा समस्या आएपछि सेवा स्थगित गर्नुपरेको यातायात व्यवस्था कार्यालय चितवनले जनाएको छ । केन्द्रीय सर्भरमा समस्या देखिएकोले वायोमेट्रिकदेखि प्रयोगात्मक परीक्षा (ट्रायल)सम्मको सबै सेवा स्थगित भएको कार्यालयले जानकारी दिएको छ । सर्भरमा समस्या देखिएको भन्दै कार्यालयले हिजो (मंगलबार) वायोमेट्रिक लिने कार्य स्थगित गरेको हो । त्यस्तै, मंगलबार नै लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन गर्न नसकिएको यातायात व्यवस्था कार्यालय चितवनका प्रमुख कालिबहादुर भुजेलले जानकारी दिनुभयो । आज हुने भनेको ट्रायल परीक्षा पनि अनिश्चितकालका लागि स्थगित भएको छ । केन्द्रीय सर्भरमा आएको समस्या…
Read More
रत्ननगर नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ

रत्ननगर नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ

रत्ननगर नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ हिजो मंगलबार रत्ननगर–१६ वडा कार्यालय परिसरमा भएको छ । कार्यक्रममा २५ जना नगरवासीले आ–आफ्ना जिज्ञासा, सुझाव र प्रश्न राखेका थिए । कार्यक्रममा सहभागीहरुले उठाएका विविध जिज्ञासाको जवाफ दिँदै नगरप्रमुख प्रल्हाद सापकोटाले नगरवासीलाई भेदभावरहित ढङ्गले छिटोछरितो सेवा प्रवाह भइरहेको प्रष्ट पार्दै जोकोहीले मेयरसँग प्रत्यक्ष भेटेर गुनासा राख्न र सेवा लिन सक्ने वातावरण सिर्जना गरेको बताउनुभयो । जनप्रतिनिधिका हिसाबले आलोचना सुन्ने र त्यसलाई कार्यान्वयन गर्ने नीति रहेको बताउँदै कुनै पनि बहानामा ढिलासुस्ती गर्ने, सेवाग्राहीलाई दुःख दिनेजस्ता काम रत्ननगरमा नहुने उहाँको भनाई छ । नेपालका सात सय ५३ पालिकामध्ये सबैभन्दा छिटो सेवा प्रवाह रत्ननगरबाट हुँदै आएको उहाँको…
Read More
चितवनको टाइगरल्याण्ड रिसोर्टमा भीषण आगलागी

चितवनको टाइगरल्याण्ड रिसोर्टमा भीषण आगलागी

चितवनको भरतपुर महानगरपालिका–२३ जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ । बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रिसोर्टका तीन वटा सेमिनार हलमा आगो लागेको हो ।आगो निभाउन भरतपुर महानगरपालिकाका दुई दमकल पुगेका छन् ।
Read More
भरतपुर अस्पतालमा विद्यार्थीले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइयो, प्रहरीले थाल्यो अनुसन्धान

भरतपुर अस्पतालमा विद्यार्थीले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइयो, प्रहरीले थाल्यो अनुसन्धान

चितवनको भरतपुर अस्पतालमा नक्कली कोरोना रिपोर्ट बनाएको पाइएको छ । अस्पतालको लेटरप्याड र डिजिटल हस्ताक्षर प्रयोग गरी कोरोनाको नक्कली रिपोर्ट बनाएको पाइएको हो । अस्पतालको लेटरप्याड र हस्ताक्षर दुरुपयोग गरेर पीसीआर परीक्षणको नक्कली रिपोर्टहरु तयार पारिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । अस्पतालले गत माघ १३ गतेदेखि अहिलेसम्म अस्पतालमा रिएजेन्ट अभाव भएकाले कोभिड– १९ को पीसीआर परीक्षण कार्य रोकिएको जनाएको छ । अस्पतालमा दैनिक ४५ जनाको एन्टिजेन परीक्षण भने भइरहेको छ । तर, एसईई र क्याम्पसस्तरको परीक्षा दिने विद्यार्थीहरुले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइएपछि अस्पतालले अनुसन्धान गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको चितवन प्रहरी प्रवक्ता डीएसपी…
Read More
न्यू होप नमस्ते ईन्भेष्टमेन्टको अध्यक्षमा श्रेष्ठ

न्यू होप नमस्ते ईन्भेष्टमेन्टको अध्यक्षमा श्रेष्ठ

चितवनका युवा व्यवसायीको व्यवसायिक समुह न्यू होप ईन्भेष्टमेन्टको अध्यक्षमा दिपेश श्रेष्ठ चयन हुनुभएको छ । कम्पनीको हिजो सोमबार सम्पन्न पहिलो साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको हो । कम्पनीको सचिव पदमा भुपेन्द्र कर्माचार्य चयन हुनुभएको छ भने सदस्यहरुमा मनोज रानाभाट, गोपाल भट्टराई, र सचिववदन भण्डारी चयन हुुनुभएको हो । यस्तै गु्रपको सल्लाहकारमा दिपेश श्रेष्ठ (ख) र रुवीन रामुदामु चयन हुनुभएको छ । सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले कम्पनीले पूर्णता पाएसंँगै चितवन लगायत अन्य जिल्लाहरुमा विभिन्न क्षेत्रमा लगानी गर्दै जाने लक्ष्य रहेको बताउनुभयो । ‘हामी सबैको आ– आफ्नै विजनेश र पेशा छ श्रेष्ठले भन्नुभयोे, यो गु्रपमा हामीले संयुक्त लगानी…
Read More
चितवनको भरतपुर अस्पतालमा सेवा विस्तार

चितवनको भरतपुर अस्पतालमा सेवा विस्तार

चितवनको भरतपुर अस्पतालले सेवा विस्तार गर्ने भएको छ । अस्पतालको ६७औँ वार्षिकोत्सवका अवसरमा नयाँ वर्षसँगै ती सेवा विस्तार गर्न लागिएको हो । अस्पतालमा पिआइसियु, सिसियु र बर्न युनिट थप गरिँदै छ भने आइसियु र एनआइसियु सेवा विस्तार गरिँदै छ । अक्सिजन प्लान्ट थप गरिएको छ । अक्सिजन प्लान्टबाहेकका सेवा नयाँ वर्षसँगै सञ्चालनमा आउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । जन्मेको २८ दिनपछि १४ वर्षसम्मका बालबालिकालाई सघन उपचार आवश्यक परेमा राख्नका लागि अस्पतालमा पिआइसियुको अभाव रहँदै आएकामा आठ शय्याको यो सेवा सञ्चालनमा ल्याउन लागिएको हो । नवजात शिशुलाई एनआइसियु र १४ वर्षमाथिकालाई आइसियुमा राखेर उपचार गर्ने गरिन्छ…
Read More
रत्ननगरको सौराहामा साइकल र्याली अभियान सम्पन्न

रत्ननगरको सौराहामा साइकल र्याली अभियान सम्पन्न

रत्ननगर नगरपालिका–६ सौराहमा आज साइकल र्याली अभियान सम्पन्न भएको छ । संरक्षणमा युवा नारा लिएको सौराहा जेसीजले प्राकृतिक र वन्यजन्तुको संरक्षणको विषयमा साइकल र्याली अभियान सञ्चालन गरेको हो । जेसीजका अध्यक्ष सुरेश भुसालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा देवचुली जेसीजका अध्यक्ष गणेश सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष सापकोटाले साइकल र्याली अभियानले प्रकृतिक र वन्यजन्तुको संरक्षण मात्र नभई साइकल यात्राले मानिसलाई समेत स्वस्थ राख्न मदत पु¥याउने बताउनुभयो । कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति एवम् सौराहा जेसीजका अध्यक्ष भुसालले प्रकृति र संरक्षणको पाटोमा सौराहा जेसीज सदैव लागिरहने बताउनुभयो । उक्त साइकल र्याली अभियानमा चितवन र नवलपुर शाखाका पदाधिकारी, सौराहा…
Read More
चितवन क्षेत्र नम्बर २ का २९  निर्वाचन स्थल अति संवेदनशिल

चितवन क्षेत्र नम्बर २ का २९ निर्वाचन स्थल अति संवेदनशिल

अब आउँदो वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं २ का ४३ मध्ये २९ स्थललाई अतिसंवेदनशिलको सूचिमा राखिएको छ । निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशिल स्थलको सूचिमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । उपनिर्वाचनमा सबै मतदान स्थललाई सुरक्षाका दृष्टिले बराबरी महत्वका साथ लिइएको उहाँको भनाइ छ । “सम्पूर्ण राजनीतिक दलको ध्यान उपनिर्वाचन हुने क्षेत्रमा पर्ने भएकाले सबै उत्तिकै संवेदनशिल छन्”, उहाँले भन्नुभयो–“राजनीतिक दल, नागरिक समाज तथा जनताको समेत चासो बढ्ने भएकाले सबै स्थलमा सुरक्षा व्यवस्था कडा बनाउने तयारीमा प्रशासन छ ।” निर्वाचनमा नेपाली सेना परिचालनका लागि सरकारले निर्णय गर्ने…
Read More
चितवन प्रशासनद्धारा प्रहरी कार्यालयमा हतियार बुझाउन आग्रह

चितवन प्रशासनद्धारा प्रहरी कार्यालयमा हतियार बुझाउन आग्रह

जिल्ला प्रशासन कार्यालय चितवनले घरमा भएका हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर–२ को उपनिर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि प्रशासनले हतियार बुझाउन आग्रह गरेको हो । आज सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले इजाजतप्राप्त हातहतियारहरू घर नजिकैको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ । हातहतियार नबुझाउनेलाई कारबाही गर्ने प्रशासन कार्यालय चितवनले चेतावनी दिएको छ । आज शुक्रबार जारी गरेको सूचनामा आगामी चैत मसान्तभित्र इजाजत प्राप्त विभिन्न किसिमका हतियारलाई नजिकका प्रहरी कार्यालयमा बुझाउनु पर्ने उल्लेख छ ।
Read More
चितवनको रत्ननगरमा मर्निङवाकमा निस्केका पुरुषको ज्यान गयो

चितवनको रत्ननगरमा मर्निङवाकमा निस्केका पुरुषको ज्यान गयो

पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ मा मर्निङवाक गर्ने क्रममा हृदयघात भएर एक पुरुषको मृत्यु भएको छ । आज बिहान पौने छ बजे मर्निङ वाक गर्ने क्रममा देवौलीको बाटोमा रत्ननगर–४ देवौलीका ५१ वर्षिय जीवन महतोको मृत्यु भएको हो । रत्ननगर–९ खेतबारी रेष्टुरेन्ट नजिक महतोको मृत्यु भएको टाँडी प्रहरीले जनाएको छ । महतोलाई उपचारका लागि बकुलहर रत्ननगर अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । बेलायतमा बस्दै आउनुभएका उहाँ चैते दशैँमा नेपाल आआउनुभएको थियो प्रहरीका अनुसार उहाँमा दिर्घरोग केहि थिएन । शवको पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.