चितवन सेरोफेरो

बकुहलर रत्ननगर अस्पताल व्यवस्थापन समितिमा कर्मचारी युनियन गठन

बकुहलर रत्ननगर अस्पताल व्यवस्थापन समितिमा कर्मचारी युनियन गठन

सन्देश घिमिरेको अध्यक्षतामा बकुहलर रत्ननगर अस्पताल व्यवस्थापन समिति कर्मचारी युनियन गठन गरिएको छ । अन्य सदस्यहरु सर्वसहमत भएपनि अध्यक्ष र सचिव पदमा निर्बाचन भएको थियो । अध्यक्ष पदमा घिमिरेसँग दीपक बास्तोलाले प्रतिस्पर्धा गरेका थिए । घिमिरेले ५४ मत प्राप्त गर्दा बास्तोलाले ३०मत ल्याएका थिए । उता सचिब पदमा बिनिता श्रेष्ठको ५६ मत आउदा उत्तम घिमिरेको २७ मत प्राप्त भएको थियो । समिति कर्मचारी युनियनको बरिष्ठ उपाध्यक्षमा साबित्री दवाडी रेग्मी, सह सचिबमा जुनेश चौधरी, अनुराधा गौतम, कोषध्क्षमा प्रिया श्रेष्ठ र सदस्यहरुमा सुजना पाण्डे, खेमराज श्रेष्ठ, जुरेली कुमाल, बिरेन्द्र चौधरी, युकेस अधिकारी, रामेश्वर घिमिरे र निरु सापकोटा चयन भएका छन् । कर्मचारी…
Read More
भरतपुरमा दुईसय २० केभीको नयाँ सबस्टेशन तयार

भरतपुरमा दुईसय २० केभीको नयाँ सबस्टेशन तयार

चितवनको भरतपुर महानगरपालिका वडा नं. १ आँपटारीमा दुईसय २० केभीको नयाँ सबस्टेशन तयार भएको छ । अहिले सबस्टेशन परीक्षणको काम चलिरहेको र अर्को महिना सबस्टेशन चार्ज गरिने आयोजना प्रमुख नारायण रेग्मीले जानकारी दिनुभयो । सबस्टेशनको केही दिन अगाडि नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ्गले अवलोकन गरी फर्किनुभएको थियो । सबस्टेसनमा एकसय६०÷एकसय ६० एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर रहने छन् । मस्याङ्दी करिडोर दुईसय २० केभी प्रसारण लाइन आयोजना अन्तर्गतका तयार भएको सबस्टेशनमा तनहुँ जलविद्युत आयोजना एकसय ४० मेगावाटबाट उत्पादित विद्युत पनि ल्याएर जडान गरिनेछ । नयाँ भरतपुर सबस्टेशन ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जीआईएस)’ प्रविधिमा आधारित छ । भरतपुरमा पहिल्यै सबस्टेशन…
Read More
सिन्धुलीमा बस दुर्घटना ः  ज्यान गुमाउनेको संख्या ६ पुग्यो

सिन्धुलीमा बस दुर्घटना ः ज्यान गुमाउनेको संख्या ६ पुग्यो

सिन्धुलीमा आज बिहान भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या छ पुगेको छ । मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन् । उनीहरुको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । मृतकको पहिचान खुल्न सकेको छैन । मध्यपहाडि लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरमा भएको उक्त बस दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ । ओखलढुङगाबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस दुर्घटना भएको हो । घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित सामुदायिक अस्पताल लगिएको छ । बस अनियन्त्रित भइ भित्तामा ठोक्किँएर…
Read More
रत्ननगर नगरपालिकाभित्र बसोबास गरेका चार प्रकारका बिरामीलाई मासिक पाँच हजार

रत्ननगर नगरपालिकाभित्र बसोबास गरेका चार प्रकारका बिरामीलाई मासिक पाँच हजार

रत्ननगर नगरपालिकाको विपन्न नागरिक सिफारिस समितिको बैठकले रत्ननगर नगरपालिकाभित्र बसोबास गरेका चार प्रकारका दीर्घरोगीलाई मासिक पाँच हजार रूपैयाँ उपचार खर्चबापत प्रदान गर्ने निर्णय गरेको छ । नगरप्रमुख प्रल्हाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले मृर्गौला प्रत्यारोपण, मृर्गौला डायलासिस, क्यान्सरपीडित र मेरूदण्ड पक्षघात भएका बिरामीहरुलाई औषधि उपचारबापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०७८ को परिच्छेद १ को २ (ग) तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पिसिएस प्रष्टीकरण पत्रानुसार मासिक पाँच हजार रूपैयाँ प्रदान गर्ने निर्णय गरेको हो । रत्ननगर नगरपालिकाले स्वास्थ्य उपचारबाट कोही पनि वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले १६ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्रमार्फत ज्येष्ठ नागरिक, दीर्घरोगी, असहाय तथा अपाङ्गता भएका व्यक्तिहरुका लागि घरघरमै…
Read More
क्यान्सर पिडितलाई न्यौपानेको सहयोग

क्यान्सर पिडितलाई न्यौपानेको सहयोग

खैरहनीमा क्यान्सर पीडितलाई सहयोग रकम हस्तान्तरण गरिएको छ। खैरहनी नगरपालिका १३ सिम्रेनी निवासी गणेश तमाङ्गलाई सहयोग रकम हस्तान्तरण गरिएको हो। वरिष्ठ समाजसेवी राममणी न्यौपानेले आर्थिक अवस्था कमजोर भएर उपचार नपाएका तामाङ्गलाई सहयोग रकम हस्तान्तरण गर्नु भएको हो। समयमै उपचार नपाएर तमाङ्गको आमाको पनि क्यान्सर बाटै निधन भएको थाहा पाएपछी उपचारको अभावमा कसैको ज्यान जानू दुखद भएको भन्दै आफुले सकेको सहयोग गरेको न्यौपानेले बताउनुभएको छ। सहयोग रकम हस्तान्तरणमा बोल्दै न्यौपानेले तामाङ्गको उपचारको लागि आगामी दिनमा आफुले थप सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्दै अन्य ब्यत्तित्वहरुलाई पनि सहयोग गर्न आग्रह गर्नु भएको छ।
Read More
अपरेशन गरेर निकालेको छावालाई हात्तीको माउले वास्तै नगर्दा…….

अपरेशन गरेर निकालेको छावालाई हात्तीको माउले वास्तै नगर्दा…….

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरका कर्मचारी, हात्तीका माउते र सुसारेलाई यतिबेला सुत्केरी हात्तीको स्याहारसुसार गर्न भ्याइनभ्याइ छ । बुधबार खोरसोरमा रहेकी गण्डकीकली सुत्केरी भएकी थिइन् । कर्मचारीलाई अन्य हात्तीको भन्दा गण्डकीकलीको विशेष स्याहारसुसार गर्नुपर्ने जिम्मेवारी छ । गण्डकीकलीले व्यथा लागेको लामो समयसम्म बच्चा जन्माउन नसकेपछि शल्यक्रिया गरिएको थियो । शल्यक्रियापश्चात हात्ती र छावा दुवैको स्वस्थ्य अवस्था राम्रो छ । प्रजनन तथा तालिम केन्द्र र राष्ट्रिय प्राकृतिक तथा संरक्षण कोषका चिकित्सक र प्राविधिकले नियमितरूपमा सुत्केरी हात्ती र छावाको स्वास्थ्य जाँच गरिरहेका छन् । छावालाई माउले दूध खान नदिएपछि आफैँले हात्तीको दूध दोएर खुवाएको केन्द्रका नायबसुब्बा मनपुरन चौधरीले…
Read More
कार्यपालिका निर्णय नियमित सार्वजनिक गर्दैनन् चितवनका स्थानीय तह

कार्यपालिका निर्णय नियमित सार्वजनिक गर्दैनन् चितवनका स्थानीय तह

स्थानीय तहले आफुले बनाएका नीति–निर्णय आफ्नो वेबसाइटमार्फत नागरिकलाई जानकारी गराउनुपर्छ । नागरिकप्रतिको जवाफदेहिता र पारदर्शीताको लागि स्थानीय तहले गरेका कामकारबाही सार्वजनिक गर्न सरकारले सबै स्थानीय तहको वेबसाइट पनि बनाइदिएको छ । तर, चितवनमा रहेका सात स्थानीय तहमध्ये सबैभन्दा सानो तह इच्छाकामना गाउँपालिकाले बाहेक अन्य छ वटाले कार्यपालिका बैठकको निर्णय नियमित रुपमा सार्वजनिक गरेका छैनन् । स्थानीय तहले हरेक महिना कार्यपालिका बैठक बसेर निर्णय सार्वजनिक गर्नुपर्छ । इच्छाकामनामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि हरेक महिना नियमित रुपमा कार्यपालिका निर्णय सार्वजनिक हुँदै आएको छ । सूचना तथा निर्णय सार्वजनिक गर्ने कार्यमा इच्छाकामना उदाहरणीय बनेको छ । तर, जिल्लाका अन्य स्थानीय तहले सबैभन्दा…
Read More
वनमा हुने डढेलो नियन्त्रणका लागि चितवनमा उच्च सतर्कता

वनमा हुने डढेलो नियन्त्रणका लागि चितवनमा उच्च सतर्कता

गर्मीयाम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएका छन् । चैत र वैशाख महिनामा वन क्षेत्रमा धेरै डढेलो लाग्दा वनका वन्यजन्तु, तिनका वासस्थान र जैविक विविधतालाई असर गर्ने गरेको छ । निकुञ्ज क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि अग्निरेखा निर्माण, अग्नि नियन्त्रण सामग्रीसहित निकुञ्ज र नेपाली सेनाको टोली तयारी अवस्थामा राखिनाका साथै समुदायस्तरमा सचेतना बढाउने काम सुरु गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।उहाँका अनुसार निकुञ्ज क्षेत्रलाई ५०भन्दा बढी भागमा विभाजन गरी अग्निरेखा कोरिएको छ । अनियन्त्रितरूपले डढेलो लागेमा नेपाली सेनाको टोली र निकुञ्जका कर्मचारीलाई अग्नि नियन्त्रण सामग्रीसहित…
Read More
निर्वाचनको लागि चितवन–२ मा रास्वपाको सम्पर्क कार्यालय स्थापना, लामिछानेले थाले चुनावी प्रचार

निर्वाचनको लागि चितवन–२ मा रास्वपाको सम्पर्क कार्यालय स्थापना, लामिछानेले थाले चुनावी प्रचार

सर्वाेच्च अदालतले नागरिकता सम्बन्धि फैसलाको पूर्णपाठ सार्वजनिक गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन क्षेत्र नं २ मा चुनावी प्रचारप्रसार थालेको छ । चितवन–२ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुँदै छ । उक्त निर्वाचनलाई लक्षित गरेर राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन २ मा सम्पर्क कार्यालय स्थापना गरेको छ । क्षेत्र नं २ मा पर्ने भरतपुर महानगरपालिका–१ रामनगरमा रास्वपाले सम्पर्क कार्यालय स्थापना गरेको हो । उपनिर्वाचनमा चितवन २ बाट रास्वपाका सभापति रवि लामिछाने पुनः निर्वाचन लड्दै हुनुहुन्छ । नागरिकता सम्बन्धि मुद्धामा सर्वाेच्चले उहाँको सांसद पद नै खारेज गरिदिएपछि उपनिर्वाचन हुन लागेको हो । उहाँको राहदानी सम्बन्धि मुद्धामा पनि अनुसन्धान जारी छ । लामिछानेले…
Read More
चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृत भेटियो

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृत भेटियो

चितवन राष्ट्रिय निकुञ्जमा आज बिहान गैंडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत शेरी पोष्ट नजिक कोर क्षेत्रमा भाले गैंडा मृत भेटिएको हो । गैंडा बिहान साढे ९ बजे निकुञ्जको गस्ती टोलीले मृत अवस्थामा फेला पारेकोे निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार अन्दाजी २० बर्षको गैडाको खाग र खुर सुरक्षित रहेको छ । एक अपासमा जुधेर गैडाको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । यो संगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा मृत्यु हुने गैंडाको संख्या १३ पुगेको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.