चितवन सेरोफेरो

आउँदो चैत ५ मा चितवनका १४ क्याम्पसमा स्ववियु निर्वाचन हुने, निष्पक्ष गराउने विद्यार्थी संगठनको प्रतिबद्धता

आउँदो चैत ५ मा चितवनका १४ क्याम्पसमा स्ववियु निर्वाचन हुने, निष्पक्ष गराउने विद्यार्थी संगठनको प्रतिबद्धता

अब आउँदो चैत ५ गते चितवनका १४ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ । उक्त निर्वाचन त्रिवि आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा हुन लागेको हो । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार उक्त निर्वाचन चितवनको भरतपुरमा रहेका वीरेन्द्र बहुमुखी क्याम्पस, सप्तगण्डकी क्याम्पस, मैयाँदेवी कन्या क्याम्पस, नारायणगढमा रहेको बालकुमारी क्याम्पस, माडीमा रहेको माडी क्याम्पस, पश्चिम चितवनको दिव्यनगरमा रहेको उमाबडी आदर्श क्याम्पस, पटिहानीको अमर जनशक्ति क्याम्पस, राप्तीको जनआदर्श क्याम्पस, खैरहनीको भुवानीशंकर, रत्ननगरको शहीद स्मृति, शारदानगरको शहीद स्मारक, गीतानगरको अरूणोदय, रामपुर कृषि क्याम्पस खैरहनी र चितवन इन्जिनियरिङ क्याम्पस रामपुरमा स्ववियु निर्वाचन हुने भएको छ । वीरेन्द्र क्याम्पसमा स्ववियु…
Read More
भरतपुर महानगरद्वारा जग्गाको वर्गीकरण र कित्ताकाट खुला

भरतपुर महानगरद्वारा जग्गाको वर्गीकरण र कित्ताकाट खुला

भरतपुर महानगरपालिकाले जग्गालाई १० क्षेत्रमा वर्गीकरण गरेको छ । सार्वजनिक उपयोगको क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र, औद्योगिक क्षेत्र, व्यावसायिक क्षेत्र, आवासीय क्षेत्र, कृषि क्षेत्र र नेपाल सरकारले तोकेका अन्य क्षेत्र गरी जग्गाको वर्गीकरण गरिएको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो । भू–उपयोग ऐन, २०७६ र भू–उपयोग नियमावली, २०७९ बमोजिम महानगरभित्रका समग्र जग्गाको वर्गीकरण गर्न भू–उपयोग कार्यान्वयन समिति गठन गरी जग्गाको वर्गीकरण गरिएको हो । उक्त समितिले सहयोग कार्यदल बनाई कार्यदलले पेस गरेको मापदण्डका आधारमा छलफल गरी जग्गाको वर्गीकरण गरिएको प्रमुख दाहालले बताउनुभयो । वर्गीकरणअन्तर्गत आवासीय क्षेत्रमा छ मिटर सडक…
Read More
चितवनमा आजदेखि राहदानीको अग्रिम अनलाइन आवेदन खुल्यो

चितवनमा आजदेखि राहदानीको अग्रिम अनलाइन आवेदन खुल्यो

जिल्ला प्रशासन कार्यालय चितवनले राहदानीको अग्रिम अनलाईन आवेदन आज दिउँसो १२ बजेदेखि खुलेको छ । प्रशासन कार्यालयले यसअघि एक महिनाको लागि तीन हजारको संख्यामा अनलाईन फारमको आवेदन खोलेको थियो । उक्त आवेदन सकिएपछि पुनः अग्रिम आवेदन खोल्न लागिएको हो । कार्यालयले अब भने १० दिनको लागि करिब एक हजारको संख्यामा अग्रिम आवेदन फारम खोल्न लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालय खुल्ने दिन प्रति दिन एकसय २० जनालाई सेवा दिनेगरी अग्रिम अनलाइन आवेदन खुलाइने बताइएको छ ।
Read More
क्षेत्रिय होटल संघ चितवन सौराहाको अध्यक्षमा गिरी चयन

क्षेत्रिय होटल संघ चितवन सौराहाको अध्यक्षमा गिरी चयन

क्षेत्रिय होटल संघ चितवन सौराहाको अध्यक्षमा गंगा गिरी सर्वसम्मत चयन हुनुभएको छ । संघको १८ औं साधारण सभा तथा नौ अधिवेशनले गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । गिरी अघिल्लो कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्थ्यो । नया निर्वाचित समितिको उपाध्यक्षमा ओम प्रकाश पाण्डे, योगेन्द्रनाथ अधिकारी, महासचिवमा गुणराज थपलिया, सचिवमा महेश खनाल, कोषाध्यक्षमा शिवराज दुवाडी, सह कोषाध्यक्ष वविता चौधरी चयन हुनुभएको छ । समितिको सदस्यहरुमा संगम घिमिरे, रन्जन भण्डारी, बलराम अधिकारी, ध्रुवराज वाग्ले, सन्तोष गिरी, दिपक अधिकारी, गणेश दाहाल, हरी श्रेष्ठ, रामकुमार अर्याल, सौगात रिजाल, गणेश शर्मा पौडेल चयन हुनुभएको छ । त्यस्तै ऋषिराम तिवारी, शिव भुषाल मनोनित हुनुभएको छ । नव…
Read More
माडीस्थित कान्तिपुर गाउँको सामूहिक खेती असफल

माडीस्थित कान्तिपुर गाउँको सामूहिक खेती असफल

पूर्वी चितवनको माडी नगरपालिका वार्ड नं. ८, कान्तिपुर गाउँस्थित सूर्योदय कृषि सहकारी संस्थाले २०७५ देखि सुरु भएको सामूहिक खेती अहिलेसम्म आइपुग्दा असफलतातिर उन्मूख भएको छ । बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सामूहिक खेती प्रवद्र्धन कार्यक्रमअन्तर्गर्त माडी नगरपालिकामा चक्लाबन्दीमा आधारित सामूहिक खेती सुरू भएको थियो । राज्यबाट लाखौं रकम अनुदान लिएर पनि सहकारीले उद्देश्यअनुरुप काम गर्न नसकेको र अनुदानमा पाएका श्रोतसाधनहरुसमेत अलपत्र पारेको आरोप लगाइएको छ । चक्लाबन्दीमा आधारित रहेर धेरै उत्पादन लिन सकिने भएकोले सामूहिक खेती गर्न कृषि ज्ञानकेन्द्र चितवनले कम्बाइण्ड हार्बेस्टर, ट्रयाक्टर, मिनि ट्रेलर, कल्टिभेटर, कर्नट्रेलर, थ्रेसरलगायतका कृषि उपकरणहरु दिएको उपलब्ध गराएको भएपनि तीे उपकरणहरु अहिले खिया…
Read More
चितवनको सिएमसीमा नवजात शिशुको मुटुको जटिल शल्यक्रिया सफल

चितवनको सिएमसीमा नवजात शिशुको मुटुको जटिल शल्यक्रिया सफल

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा नवजात शिशुको मुटुको जटिल शल्यक्रिया सफल भएको छ । भरतपुर महानगरपालिका–१ ठिमुराका २४ वर्षीय मिलन प्रजा र २० वर्षीया सविता प्रजाकी ३५ दिनकी शिशु महिमा प्रजाको मुटुको डि–टिजिएको शल्यक्रिया सफल भएको हो । सिएमसी शिक्षण अस्पतालमा कार्डियोथोरासिस तथा भाष्कुलर सर्जन प्रा डा अनिल आचार्य नेतृत्वको टोलीले शिशुको शल्यक्रिया गरेको हो । डिटिजिए शल्यक्रिया नेपालमा सफल भएको यो तेस्रो घटना भएको प्रा डा आचार्यले बताउनुभयो । यस्ता प्रकृतिको शल्यक्रिया गर्दा मृत्युदर ९० प्रतिशतसम्म हुने उहाँको भनाई छ । उहाँका अनुसार मानिसको मुटुको तल्लो दाहिने कोठाबाट फोक्सोमा रगत जाने रक्तनली हुने र देब्रेतिरको तल्लो कोठाबाट शरीरमा…
Read More
चितवन–२ उपनिर्वाचनमा मतदाता नामावली अद्यावधिक गर्न एक दिन बाँकी

चितवन–२ उपनिर्वाचनमा मतदाता नामावली अद्यावधिक गर्न एक दिन बाँकी

आगामी वैशाख १० गतेका लागि तोकिएको चितवन निर्वाचन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार मतदाता नामावली अद्यावधिक गराउन अब एक दिन बाँकी छ । आयोगले गत माघ २९ गते सो उपनिर्वाचनको मिति तोकेर निर्वाचन कार्यक्रम स्वीकृत गरी यही फागुन १ गतेदेखि १६ गतेसम्मका लागि मतदाता नामावली अद्यावधिक गराउन समय निर्धारण गरेको थियो । कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता २०७९ चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन चैत २२ गते, उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान…
Read More
चितवनमा ‘अफ्रिकन स्वाइन फिवर’ले दुई हजार आठसय ७३ बङ्गुर मरे

चितवनमा ‘अफ्रिकन स्वाइन फिवर’ले दुई हजार आठसय ७३ बङ्गुर मरे

‘अफ्रिकन स्वाइन फिवर’का कारण चितवन जिल्लाका १२ खोरका दुई हजार आठ सय ७३ बङ्गुर मरेका छन् । भरतपुर महानगरपालिका, खैरहनी, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा पालिएका ती बङ्गुर मरेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा प्रभात न्यौपानेका अनुसार भरतपुर–३ मा तीन, रत्ननगरमा चार, इच्छाकामनामा तीन र खैरहनीमा दुई फार्ममा रहेका बङ्गुरमा फिवर फैलिएपछि पूर्णरुपमा खोर खाली भएको हो । यस रोगका कारण जिल्लामा दुई हजार आठ सय ७३ बङ्गुर मरेका छन् । ती मध्ये वयस्क एक हजार नौ सय १६ वटा र नौ सय ५७ पाठापाठी रहेको उहाँले जानकारी दिनुभयो । रु छ करोड…
Read More

भरतपुरकी एक महिला फागुन २ गतेदेखि सम्पर्कविहिन

भरतपुरबाट एक जना महिला सम्पर्क विहिन भएकी छन् । गोरखा बारपाक घर भई भरतपुर महानगरपालिका वडा न. १३ उज्ज्वलनगर बस्ने २० वर्षकी सरु माया गुरुङ सम्पर्क बिहिन हुनुभएको हो । आमा सन्तमा गुरुङले फागुन २ गते देखि छोरी हराएको भन्दै प्रहरीमा निवेदन दिनुभएको छ । उहाँका छोरा प्रविणले कसैले देखेमा नजिकैको प्रहरी कार्यालय वा आफन्तलाई खबर गरिदिन आग्रह गर्नुभएको छ ।
Read More
चितवनमा चारजना युवाको संयुक्त लगानीमा ड्राईभिङ्ग स्कुल सञ्चालनमा, कमजोर शारिरीक क्षमता भएकालाई निःशुल्क प्रशिक्षण, अन्यलाई ५० प्रतिशत छुट

चितवनमा चारजना युवाको संयुक्त लगानीमा ड्राईभिङ्ग स्कुल सञ्चालनमा, कमजोर शारिरीक क्षमता भएकालाई निःशुल्क प्रशिक्षण, अन्यलाई ५० प्रतिशत छुट

चितवनमा चारजना युवाको संयुक्त लगानीमा अत्याधुनिक ड्राईभिङ्ग स्कुल सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ मा चितवन ड्राईभिङ्ग स्कुल सञ्चालनमा ल्याईएको हो । औपचारिक रुपमा स्कुल सञ्चालनमा आएसंँगै एकसाताको लागि ५० प्रतिशत छुट सुविधा उपलब्ध गरिएको सञ्चालक माधव प्रसाद अधिकारीले जानकारी दिनुभयो । चितवनमा कमजोर शारिरीक क्षमता भएका व्यक्तिलाई निःशुल्क सवारी चालक प्रशिक्षण दिन पनि शुरु गरिएको उहाँको भनाई छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कमजोर शारिरीक क्षमता भएका व्यक्तीहरुलाई निशुल्क सवारी चालक प्रशिक्षण दिन शुरु गरिएको अधिकारीले बताउनुभयो । यस भन्दा अघि पांँचजनाले निशुल्क सवारी चालक प्रशिक्षण लिईरहेको बताइएको छ । दक्ष सवारी चालक बनाउन र दुर्घटना…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.