चितवन सेरोफेरो

चितवनको रत्ननगरमा कर संकलन अभियान सुरु

चितवनको रत्ननगरमा कर संकलन अभियान सुरु

चितवनको रत्ननगर नगरपालिकामा उपमेयर यादव प्रसाद पाठकको नेतृत्वमा कर संकलन अभियान सुरु गरिएको छ । चालु आर्थिक बर्षमा पनि लक्ष्य अनुसार कर संकलन नहुने देखिएपछि घरलैदो अभियान सुरु गरिएको हो । नगरपालिकाले सुरु गरेको कर संकलन अभियानलाई रत्ननगर उद्योग बाणिज्य संघले समेत साथ दिएको छ । संघबाट बरिष्ठ उपाध्यक्ष शंकर गिरीको नेतृत्वमा टोली बजारमा खटिएको छ । व्यवसायीलाई करको दायरामा ल्याउन व्यवसाय दर्ता र नविकरणलाई प्राथमिकता दिइएको छ । घरदैलोकै क्रममा अनलाईन प्रणाली मार्फत कर तिर्न सक्ने सुविधा सहित जनप्रतिनिधि,कर्मचारी र संघका प्रतिनिधिहरु व्यवसायीको घरदैलोमा पुगेका छन् । अनलाईन प्रणाली मार्फत घरदैलोमै व्यवसाय दर्ता,नविकरण र कर तिर्न सक्ने सुविधा सहित…
Read More
भरतपुरमा थप एकसय अठार किमीमा ‘स्मार्ट’ सडक बत्ती जडान हुने, २७ करोडको ठेक्का आह्वान

भरतपुरमा थप एकसय अठार किमीमा ‘स्मार्ट’ सडक बत्ती जडान हुने, २७ करोडको ठेक्का आह्वान

भरतपुर महानगरपालिकामा थप एकसय १८ किमी सडकमा ‘स्मार्ट’ सडक बत्ती जडान हुने भएको छ । विद्युत प्राधिकरण र भरतपुर महानगरपालिकाको साझेदारीमा करिब एकसय १८ किमी सडकमा सडकबत्ती, ६० वटा मिनी मास्ट लाईट र आठवटा हाई मास्ट लाईट जडान हुने भएको हो । दोस्रो चरणमा २७ करोड रुपैयाँ लागतमा ‘स्मार्ट’ सडक बत्ती जडानको लागि नेपाल विद्युत प्राधिकरणले ठेक्का आह्वान गरेको छ । यसअघि पहिलो चरणमा ७८ किमीमा स्ट्रिट लाइट जडानको काम भइरहेको छ । भरतपुरमा ठूला सडकहरु विस्तारका क्रममा छन् । महानगरले आगामी वर्ष मनाउन लागेको ‘भरतपुर भ्रमण वर्ष’को लागि विस्तारिक सडक र स्मार्ट स्ट्रिट लाइटले ठूलो योगदान दिने महानगर प्रमुख…
Read More
रत्ननगरका ५६विद्यालयका बालिकाहरुलाई एचपिभी खोप लगाउने तयारी

रत्ननगरका ५६विद्यालयका बालिकाहरुलाई एचपिभी खोप लगाउने तयारी

रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजना एवं बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सहयोगमा एचपिभी खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ११ वर्षदेखि १३ वर्षसम्मका बालिकाहरुलाई दिइने एचपिभी खोपका सम्बन्धमा रत्ननगर नगरपालिकाभित्रका २९ सामुदायिक र २७ संस्थागत विद्यालयका प्रधानाध्यापक, प्राचार्य र स्वास्थ्य शिक्षा अध्यापन गराउने शिक्षकशिक्षिकाहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो । रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकको अध्यक्षता एवं नगरशिक्षा अधिकारी तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनारायण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यक्रम संयोजक डा. कृष्णप्रसाद सुवेदीले महिलाको पाठेघरको क्यान्सर नहोस् भन्ने उद्देश्यले क्यान्सर अस्पतालले स्वास्थ्य मन्त्रालयसँग पहल…
Read More
चितवनको देवघाटमा विद्युतीय शवदाह निर्माण अलपत्र,निर्माण कम्पनी सम्पर्कविहीन

चितवनको देवघाटमा विद्युतीय शवदाह निर्माण अलपत्र,निर्माण कम्पनी सम्पर्कविहीन

चितवनको देवघाटमा विद्युतीय शवदाह निर्माण अलपत्र परेको छ । दुई वर्षमा काम सम्पन्न गर्नेगरी चार वर्षअगाडि ठेक्का लिएको मिलेनियम सिडगढी जेभीले काम गर्न छाडेर सम्पर्कविहीन भएपछि शवदाह निर्माण अलपत्र परेको हो । तीन पटकसम्म म्याद थपेर ठेक्का अवधि बढाए पनि काम भने पूरा हुन सकेको छैन । २०७५ माघ ३ गते ठेक्का सम्झौता गरेको कम्पनीले २०७७ माघ २ गते सम्पन्न गर्नुपर्नेमा समयमा काम नसकेपछि पटक–पटक गरी म्याद थप्दै गत साउन १ गते काम सम्पन्न गर्नका लागि पछिल्लो मिति तोकिएको थियो । सो समयावधिमा पनि काम पूरा नभएपछि निर्माण कम्पनीलाई जरिवाना लगाएको सहरी विकास तथा भवन निर्माण कार्यालय चितवनले जनाएको छ…
Read More
रत्ननगरको वडा नं १५ मा  पहिलोपटक लोकसेवा तयारी कक्षा सुरु

रत्ननगरको वडा नं १५ मा पहिलोपटक लोकसेवा तयारी कक्षा सुरु

चितवनको रत्ननगर नगरपालिकामा सरकारी जागिरका लागि लोकसेवा तयारी कक्षा सुरु गरिएको छ । सो नगरपालिकाको वडा नं १५ ले चितवनमै पहिलो पटक लोकसेवा तयारी कक्षाको तालिम सुरु गरेको हो । माधवपुर माविमा आयोजित एक औपचारिक कार्यक्रममा रन्तननगरका नगरप्रमुख मेयर प्रल्हाद सापकोटाले उक्त तालिमको आज बिहिवार उद्घाटन गर्नुभएको छ ।तालिमको उद्घाटन गर्दै नगरपमुख सापकोटाले जग्गा बेचर विदेश जाने चलन स्थापित भएकाले आफ्नै देशमा रोजगारीको सम्भावना देख्ने युवाहरुको कमी भएको बताउनुभयो । आत्मविश्वास र मिहिनेती युवाहरुका लागि स्वदेशमै पैसा कमाउन सक्ने थु्रपै सम्भावना रहेको उहाँको भनाई छ । लोकसेवाको तयारी कक्षा सुरु गर्नुपूर्व वडा कार्यालयले गरिव तथा विपन्न समुदायका युवाहरुलाई प्राथमिकतामा राखेर…
Read More
चितवनमा रोकिएन  सानो उमेरमा आमा बन्ने क्रम

चितवनमा रोकिएन सानो उमेरमा आमा बन्ने क्रम

सरकारले ‘बिहेबारी २० वर्ष पारी’ भन्ने नारा कार्यान्वयनमा ल्याए पनि सानो उमेरमै आमा बन्ने क्रम भने रोकिएको छैन । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको छ महिनामा तीन हजार ६९ जना २० वर्ष भन्दा कम उमेरका महिला आमा बनेका छन् । उनीहरुमध्ये दुई हजार छ सय ६३ जनाले दक्ष प्रसूतिकर्मीबाट सेवा लिएका छन् भने तीन सय ८६ जनाले दक्ष स्वास्थ्यकर्मीबाट सेवा लिएका छन् । यस्तै अन्य स्वास्थ्यकर्मीबाट सेवा लिने १८ जना र दुई जनाले घरमानै नवजात शिशु जन्माएका हुन् । कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार यसै वर्षबाट राखिएको उक्त तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको हालसम्म २० वर्ष माथिका…
Read More
चितवनमा सात महिनामा मरे चौध गैँडा

चितवनमा सात महिनामा मरे चौध गैँडा

चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९–८० को फागुन ९ गतेसम्ममा निकुञ्ज क्षेत्रमा १२ तथा वन क्षेत्रमा दुई गरी १४वटा गैँडा मरेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवमा चोरी सिकारीले तीन गैँडा मरेका छन् । जसमध्ये दुई निकुञ्ज क्षेत्रमा र एउटा वन क्षेत्रमा चोरी सिकारीले गैँडा मारेका हुन् । निकुञ्ज क्षेत्रमा चोरी सिकारीले मारेका दुई गैँडामध्ये एउटाको खाग लगेका थिए भने एउटा बच्चा थियो । अन्य कालगतिले मरेका हुन् । सन् २०२१ मा गरिएको गणनाअनुसार नेपालभर सात सय ५२ गैँडा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा मात्र छ सय ९४ गैँडा छन्…
Read More
राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन संयोजकमा भुसाल र उपसंयोजकमा ढकाल चयन

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन संयोजकमा भुसाल र उपसंयोजकमा ढकाल चयन

राष्ट्रिय स्वतन्त्र पार्टीको हेटौंडामा सम्पन्न विस्तारित बैठकले चितवन जिल्ला संयोजक र उपसंयोजक चयन गरेको छ । बैठकले संयोजकमा माडीका कृष्णप्रसाद भुसाल र उपसंयोजकमा भरतपुर महानगरपालिका–१० की प्रभा ढकाललाई चयन गरेको हो । नेपाली सेनाबाट सेवा निवृत्त संयोजक भुसाल माडी स्थायी ठेगाना भई अहिले भरतपुरको त्रिचोकमा बस्नुहुन्छ भने उपसंयोजक ढकाल नर्सिङ पेसामा आवद्ध हुनुहुन्छ । भुसाल र ढकाल दुवै स्वतन्त्र पार्टी स्थापनासँगै पार्टी राजनीतिमा आवद्ध रहनुभएको थियो । उहाँहरु दुवैजनाले गत निर्वाचनमा चितवन–२ बाट पार्टी सभापति रवि लामिछानेलाई प्रतिनिधिसभामा अत्यधिक मतका साथ निर्वाचित गराउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
Read More
रत्ननगरमा गैंडाको आक्रमणबाट ६० वर्षीय  तामाङको मृत्यु

रत्ननगरमा गैंडाको आक्रमणबाट ६० वर्षीय तामाङको मृत्यु

पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ लालपर्सा नजिकै गैंडाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि ठाउँका करिब ६० वर्षीय चन्द्र बहादुर तामाङ रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । आज बिहान करिब ५ः४५ बजेको समयमा मर्निङ वाकमा निस्किनुभएका तामाङलाई गैंडाले आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेकोे चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । मिलिजुली सामुदायिक बन क्षेत्र अन्तर्गतपर्ने मोहना चोक देखि लालपर्सा जाने बाटोको बिच कल्भर्ट छेउमा गैडाले आक्रमण गरेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो । मृतकको शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट…
Read More
चितवनका दूई सहित पाँच निर्माण कम्पनी कालोसूचीमा

चितवनका दूई सहित पाँच निर्माण कम्पनी कालोसूचीमा

विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने चितवनका दूई सहित पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो ।खरिद अनगमन कार्यालयको सूचनामा भनिएको छ–“विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ अनुसार यी निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखिएको छ । कालोसूची अवधिभर यी कम्पनी सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन पाउने छ्रैनन्’’ खरिद अनुगमन कार्यालयको गत बिहीबारको निर्णयअनुसार भरतपुर–४ चितवनको इन्जिनियर्स कन्स्ट्रक्सन एन्ड माइन्ट क्राफ्ट प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । विकास श्रेष्ठ सञ्चालक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.