चितवन सेरोफेरो

रत्ननगरकाे टाँडीमा सांस्कृतिक खाना महाेत्सव सुुरु

रत्ननगरकाे टाँडीमा सांस्कृतिक खाना महाेत्सव सुुरु

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर स्थित टाँडीमा आइतबार देखि पाँचाै रत्ननगर सांस्कृतिक खाना महाेत्सव सुरु भएकाे छ । रत्ननगर महाेत्सव अन्तर्गत आयाेजना गरिएकाे खाना महाेत्सवकाे बागमती प्रदेशका सांसद कृष्णप्रसाख खनालले एक भब्य समाराेहका बीच उद्घाटन गरेका छन् । साैराहाचाेक र टाँडीचाेककाे बीचमा रहेकाे बसपार्ककाे खालीचाैरमा खाना महाेत्सव सुरु भएकाे हाे । ३२ वटा स्टल रहेकाे खाना महाेत्सवमा दैनिक रुपमा राष्ट्रिय कलाकारहरुकाे प्रस्तुती रहने छ ।महाेत्सवका विभिन्न जातजातीका परम्परागत खाना तथा कुखुरा, माछा र बंगुरका मासुकाे परिकार सहित खानाका स्टलहरु रहेकाे रत्ननगर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा खाना महाेत्सवका संयाेजक ज्ञान बहादुर विसुरालले जानकारी दिए । टिकाैलीमा महाेत्सव गर्दा टाँडी…
Read More
अर्पण बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा सुरज पाैडेल चयन

अर्पण बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा सुरज पाैडेल चयन

रत्ननगर । अर्पण बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा माेहदत्त पाैडेल(सुरज) सर्वसम्मत चयन भएका छन् । शुक्रबार सम्पन्न १४ औ बार्षिक साधारण सभा तथा छैठाै अधिवेशनले पाैडेलकाे नेतृत्वमा नयाँ कार्य समिति चयन गरेकाे हाे । समितिकाे उपाध्यक्षमा रामकुमार बजगाई, सचिवमा महेश पाण्डे,काेषाध्यक्षमा टुकानाथ आचार्य र सदस्यहरुमा ध्रुवराज लामिछाने, तुलसीदेवी सुवेदी, सावित्री पाैडेल, भगवती देवकाेटा, चन्द्रनारायण श्रेष्ठ, धनञ्जय शर्मा, गाेविन्द पाैडेल चयन भएका छन् । अधिवेशनले लेखा समिति संयाेजकमा किशार चालिसे र सदस्यहरुमा कृष्णप्रसाद आचार्य,डिलकुमारी गिरीलाई चयन गरेकाे छ । राष्ट्रिय सहकारी बाेर्डका सहअध्यक्ष मित्रराज दवाडी प्रमुख अतिथि रहेकाे साे कार्यक्रममा निवर्तमान अध्यक्ष मेघनाथ पाैडेलले भावि कार्ययाेजना, सचिव किशाेर चालिसेले प्रगति…
Read More
भोलीदेखी  खैरहनीमा नवौं संस्करणको  खिचरा महोत्सव सुरु हुँदै

भोलीदेखी खैरहनीमा नवौं संस्करणको खिचरा महोत्सव सुरु हुँदै

पूर्वी चितवनकाे खैरहनीमा शनिबार देखि नवाैं खिचरा महाेत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ ले आयाेजना गरेकाे साे महाेत्सव बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्ने छन् । खैरहनी-५, गौचरनमा पुस २८ देखि माघ १० गते सम्म सञ्चालन हुने महाेत्सवकाे सम्पूर्ण तयारी पूरा भएकाे आयाेजकले जनाएकाे छ । सञ्चालन हुने छ । माघी पर्वकाे अबसर पारेर थारु समुदायको साँस्कृक्तिक, भेषभुषा, भाषा-साहित्य, कला-संस्कृति एवम् थारु खानाका परिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महाेत्सव आयाेजना गरिएकाे हाे । प्रत्येक वर्ष माघ १ गते पर्ने खिचरा पर्वको पावन अवसरमा विगत नौ वर्षदेखि खिचरा महोत्सव हुँदै…
Read More
तेक्वान्दो संघ चितवनका सचिव श्रेष्ठ सम्मानित

तेक्वान्दो संघ चितवनका सचिव श्रेष्ठ सम्मानित

जिल्ला खेलकुद बिकास समिति द्वारा चितवन जिल्ला तेक्वान्दो संघका सचिव शैलेस श्रेष्ठ सम्मानित भएका छन । समितिले आज (शुक्रबार) बाट सुरु भएको १६ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उद्घाटन समारोहमा श्रेष्ठ सङ्गै खेल पत्रकार र खेलाडीहरुलाई सम्मान गरेको हो । समितिले तेक्वान्दो खेलको माध्यमबाट चितवनको खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै श्रेष्ठलाई सम्मान गरेको हो । विगत दुई दशक देखि खेलाडी, प्रशिक्षक हुँदै तेक्वान्दो संघको सचीवको रुपमा श्रेष्ठ कृयासिल रहेका छन। उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सांसद ईश्वर सापकोटा ‘सुमन’, खेलकुद बिकास समिति चितवनका अध्यक्ष उत्तम गुरुङलगायतले सम्मान गरेका हुन् ।
Read More
टिकाैलीमा रत्ननगर महाेत्सव सुरु, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्वारा उद्घाटन

टिकाैलीमा रत्ननगर महाेत्सव सुरु, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्वारा उद्घाटन

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर स्थित टिकाैलीचाैरमा रत्ननगर महाेत्सवकाे १२औं संस्करण विहीबारदेखि सुरु भएकाे छ । महाेत्सवकाे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक भब्य समाराेहका बीच उद्घाटन गरेका छन् । साे अबसरमा उनले सरकार र नीजि क्षेत्रकाे सहकार्यमा आर्थिक संकट अन्त्यकाे लागि पहल सुरु गर्नु पर्ने बताए । भूकम्प र काेराेना महामारीपछि मुलुककाे आर्थिक प्रणालीमा असर परेका कारण आर्थिक संकट पैदा भएकाे भन्दै उनले यसकाे अन्त्यकाे लागि सबै क्षेत्र जिम्मेवार हुनुपर्ने बताए । मुलुकमा आर्थिक संकटकाे असर चाैतर्फी रुपमा रहेकाे छ उनले भने संकटकाे सामधानकाे लागि राज्य चनाखाे हुनुपर्छ । अध्यक्ष तिमिल्सिनाले निकुञ्जकाे संरक्षण र जिल्लाकाे पर्यटनलाईसंगसंगै अगाडि बढाउनु पर्ने…
Read More
रत्ननगर महोत्सवको तयारी पूरा : राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले उद्घाटन गर्ने

रत्ननगर महोत्सवको तयारी पूरा : राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले उद्घाटन गर्ने

पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा विहीबार बाट सुरु हुने रत्ननगर महाेत्सवकाे तयारी सकिएकाे छ । रत्ननगर उद्योग बाणिज्य संघले आयाेजना गरेकाे साे महाेत्सवकाे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नेछन् । आयाेजकले बुधबार महाेत्सव परिसरमा पत्रकार सम्मेलनकाे आयाेजना गरि महाेत्सवकाे तयार पूरा भएकाे हाे । साे महाेत्सवकाे कृषि परिसर,सांस्कृतिक घर र खगेरीमा माेटलबाेट मुख्य आकर्षण रहेकाे संघका अध्यक्ष तथा महाेत्सव मुल समाराेह समितिका संयाेजक शंकर गिरीले जानकारी दिए । पर्यटनकाे विकासकाे लागि नयाँ गन्तव्यकाे पहिचान र धार्मिक पर्यटनकाे विकासलाई जाेड दिइएकाे महाेत्सवमा कृषि क्षेत्रकाे विकासका लागि मकै बालीकाे संरक्षण र उत्पादनलाई प्राथमिकता दिइएकाे संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग बाणिज्य…
Read More
रेवान सौराहाको अध्यक्षमा गिरी र माहासचिवमा नेपाल

रेवान सौराहाको अध्यक्षमा गिरी र माहासचिवमा नेपाल

रत्ननगर । रेष्टुरेन्ट एण्ड बार एशाेसियसन नेपाल(रेवान) साैराहाकाे अध्यक्षमा ध्रुव गिरी चयन भएका छन् । बुधबार सम्पन्न १७औं बार्षिक साधारण सभा नवाैं अधिवेशनले गिरीकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएकाे हाे । समितिकाे प्रथम उपाध्यक्षमा सम्भु माली, द्धितीय उपाध्यक्षमा कृष्ण भट्ट, तृतिय उपाध्यक्ष राजेशकुमार तामाङ, महासचिव नवीन नेपाल, सचिव कुमार जाेशी, काेषाध्यमा कृष्ण प्रसाद खतिवडा, सह काेषाध्क्ष अम्विका भट्ट चयन भएका छन् । सदस्यहरुमा देवकला भट्टराई, पुरुषाेत्तम लामिछाने, धर्मराज न्याैपाने, रामकुमार गुराै, रामकाजी अधिकारी, सानुमाया थापामगर, चित्र बहादुर कुमाल, घनश्याम चाैधरी,राजकुमार श्रेष्ठ र इश्वर रिजाल चयन भएका छन् । लेखा समिति संयाेजकमा राेजनाथ पाठक र सदस्यहरुमा शालिकराम रिजाल, देविलाल श्रेष्ठ चयन…
Read More
रत्ननगर सांस्कृतिक खाना महोत्सवको तयारी तिव्र, २९ गते   उद्घाटन हुने

रत्ननगर सांस्कृतिक खाना महोत्सवको तयारी तिव्र, २९ गते उद्घाटन हुने

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर स्थित टाँडीमा हुने पाँचाै रत्ननगर सांस्कृतिक खाना महाेत्सवकाे तयारी तीब्र पारिएकाे छ । रत्ननगर महाेत्सव अन्तर्गत पाैष २९ गतेदेखि माघ ४ गते सम्म साैराहाचाेक र टाँडीचाेककाे बीचमा रहेकाे बसपार्ककाे खालीचाैरमा खाना महाेत्सव हुँदै छ । ३२ वटा स्टल रहने खाना महाेत्सवमा दैनिक रुपमा राष्ट्रिय कलाकारहरुकाे प्रस्तुती रहने छ ।महाेत्सवका विभिन्न जातजातीका परम्परागत खाना तथा कुखुरा, माछा र बंगुरका मासुकाे परिकार सहित खानाका स्टलहरु रहने रत्ननगर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा खाना महाेत्सवका संयाेजक ज्ञान बहादुर विसुरालले जानकारी दिए । रत्ननगर महाेत्सव टिकाैली चाैरमा २६ गते उद्घाटन हुँदै छ । टिकाैलीमा महाेत्सव गर्दा टाँडी बजार…
Read More
रत्ननगर १५ मा गर्भवती र सुत्केरी महिलालाई पोषण सामाग्री वितरण

रत्ननगर १५ मा गर्भवती र सुत्केरी महिलालाई पोषण सामाग्री वितरण

रत्ननगर वडा नम्बर १५ का गर्भवती र सुत्केरी महिलालाई पोषण सामग्री वितरण गरिएको छ । आइतबार वडा कार्यालयले वडा भित्रका १२ जना गर्भवती र ८ जना सुत्केरी महिलालाई सामग्री वितरण गरेको हो । सुरक्षित मातृत्व अन्तर्गत गर्भवती र सुत्केरी आमालाई पोषण तथा सरसफाई सामग्री वितरण गरिएको वडाध्यक्ष आसिक तामाङले जानकारी दिए । पोषण सामग्री अन्तर्गत कुखुरा,अण्डा, चना, दाल लगायतको सामग्री वितरण गरिएको तामाङले बताए । पोषण सामग्री वितरण गर्दै वडाध्यक्ष तामाङ्गले गएको बर्षदेखी वडाले पोषण सामग्री वितरण गर्दै आइरहेको भन्दै गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यप्रति वडाले ध्यान दिंदै सामग्री वितरण संगै नियमित स्वास्थ्य जाँच गरिरहेको पनि बताए । पोषण सामग्री…
Read More
रत्ननगर महोत्सव : मकै एक परिकार र प्रयाेग अनेक

रत्ननगर महोत्सव : मकै एक परिकार र प्रयाेग अनेक

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा यही पौष २६ गतेबाट सुरु हुने रत्ननगर महोत्सवमा कृषि र पर्यटनलाई प्राथमिकता दिइएकाे छ । पर्यटनकाे विकासकाे लागि नयाँ गन्तव्यकाे पहिचान र धार्मिक पर्यटनकाे विकासलाई जाेड दिइएकाे महाेत्सवमा कृषि क्षेत्रकाे विकासका लागि मकै बालीकाे संरक्षण र उत्पादनलाई प्राथमिकता दिइएकाे संघका अध्यक्ष तथा महाेत्सव मुल समाराेहका संयाेजक शंकर गिरीले जानकारी दिए । महाेत्सवमा मकैकाे उत्पादनलाई जाेड दिँदै बजारीकरणलाई समेत ध्यान दिइएकाे छ । मकै एक परिकार र प्रयाेग अनेक भन्ने मान्यतालाई स्थापित गर्न परिकारकाे उपयाेग र मकैकाे बाेट देखि अन्य सामाग्रीकाे प्रयाेगलाई आत्मसाथ गर्ने गरि प्रबर्द्धन गरिएकाे संघका उपाध्यक्ष तथा कृषि प्रवर्द्धन समितिका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.