हेडलाईन

चितवनको कालिकाबाट सिक्किम भ्रमण गएका दुई जनाको हिमपहिरोमा परेर मृत्यु

चितवनको कालिकाबाट सिक्किम भ्रमण गएका दुई जनाको हिमपहिरोमा परेर मृत्यु

पुर्वी चितवनको कालिका नगरपालिका–६ खोलेसिमल स्थित मनकामना दुग्ध उत्पादक सहकारी सस्थाबाट भारतको सिक्किम भ्रमण गएका मध्ये दुईजनाको हिमपहिरोमा परेर मृत्यु भएको छ । नेपाली समय अनुसार हिजो दिउसो मंगलबार करिब १२ बजे सिक्किमको छिन्चु लेकमा पहिरोमा परि मृत्यु भएको सिक्किम प्रहरीले पुष्टी गरेको छ । मृत्यु हुनेमा सोही सहकारीका सदस्य शिवप्रसाद लामिछाने र आशिका ढकाल रहनुभएको छ । मृतक दुवैजना कालिका–६ खोलेसिमलका रहेको बताइएको छ । लामिछाने सो संस्थाका कार्य समिति सदस्य समेत हुनुहुन्थ्यो । सो हिमपहिरोमा परि सो सस्थाका करिब एक दर्जन सदस्य घाइते भएका छन् भने तीन जनाको गम्भीर अबस्थामा उपचार भई रहेको प्रहरीले बताएको छ । सिक्किम…
Read More
बालिका सामूहिक बलात्कारको आरोपमा दुई युवक पक्राउ

बालिका सामूहिक बलात्कारको आरोपमा दुई युवक पक्राउ

बालिका सामूहिक बलात्कारको आरोपमा प्रहरीले काठमाडौंमा दुई जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुपाल्चोक मेलम्चीका २१ वर्षका आशिष भन्ने निमा तामाङ र काभ्रे महाभारतका २१ वर्षका कुशल श्रेष्ठलाई पक्राउ गरेको हो । तामाङले फेसबुकबाट पीडितलाई साथी बनाएर निरन्तर भेटघाट गर्दै आएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । गत फागुन ६ गते टोखा नगरपालिकाकाको एक गेस्ट हाउसमा पीडितलाई बोलाएर तामाङ र उहाँका साथी श्रेष्ठले सामूहिक बलात्कार गरेको प्रहरीको दाबी छ । आरोपी दुवैजनालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको जनाइएको छ ।
Read More
प्रहरीले नेतालाई कुटेको भन्दै राजविराजमा जसपाका कार्यकर्ताको प्रदर्शन

प्रहरीले नेतालाई कुटेको भन्दै राजविराजमा जसपाका कार्यकर्ताको प्रदर्शन

जिल्ला प्रहरी कार्यालय सप्तरीमा जनता समाजवादी पार्टी (जसपा)का नेता कार्यकर्ताले राजविराजमा प्रर्दशन गरेका छन् । उनीहरुले जिल्ला अध्यक्ष केदार यादवलाई एक प्रहरी निरीक्षकले टाउकोमा चोट लाग्ने गरी हातपात गरेको आरोपमा प्रदर्शन गरेका हुन् । उक्त प्रदर्शनका कारण अहिले राजविराजको अवस्था तनाबग्रस्त बनेको छ । छलफलका क्रममा प्रहरी कार्यालय जानुभएका अध्यक्ष यादवलाई प्रहरीले हातपात गर्दै कुटपीट गरी टाउको फुटाएको भन्दै जसपाका कार्यकर्ताहरु विरोधमा उत्रिएका छन् । उनीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् । यादवमाथि कुटपिटको घटनाबारे थप अनुसन्धान गरी दोषीमाथि कारबाही गरिने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं प्रवक्ता नरेश…
Read More
नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा ४.१ प्रतिशत रहने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ । आज मंगलबार सार्वजनिक एसियन डेभलपमेण्ट आउटलुकमार्फत एडीबीले कसिलो मौद्रिक निति, घरेलु मागमा आएको कमीका कारण वृद्धिदर घट्ने प्रक्षेपण गरेको हो । सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत थियो । कोरोना महामारीसहित विश्व आर्थिक मन्दीका कारण पनि वृद्धिदरमा सुस्तता आउने एडीबीले जनाएको छ । त्यस्तै सन् २०२१ मा नेपालले ४.२ प्रतिशतको वृद्धिदर प्राप्त गरेको थियो । आगामी वर्ष भने नेपालले ५ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने एडीबीको अनुमान छ । सन् २०२३ मा मुद्रास्फीति ७.४ प्रतिशत रहने एडीबीले प्रक्षेपण गरेको छ । यो…
Read More
पार्किङ भाडा महँगो भएको भन्दै  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी चालकको आन्दोलन

पार्किङ भाडा महँगो भएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी चालकको आन्दोलन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ भाडा महँगो भएको भन्दै ट्याक्सी चालकले विमानस्थल क्षेत्रमा सेवा बन्द गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नेतृत्वमा ट्याक्सी चालकले विमानस्थलबाट सेवा बन्द गरेका हुन् । त्रिभुवन विमानस्थल क्षेत्रमा पहिले पार्किङ शुल्क बापत प्रतिघण्टा २० रुपैयाँ लिँदै आएकोमा ८० रुपैयाँ पुर्याइएको उनीहरूको गुनासो छ । आज दिउँसो सेवा रोकेर शान्तिपूर्वक आन्दोलन थालेको ट्याक्सी व्यवसायीले बताएका छन् । व्यवसायीले शुल्क घटाई पार्किङका लागि सहज वातावरण बनाउनुपर्ने माग राखेका छन् । आफ्नो माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने उनीहरुले चेतावनीसमेत दिएका छन् ।
Read More
सुर्खेतको पञ्चपुरीका तत्कालीन प्रमुख थापासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सुर्खेतको पञ्चपुरीका तत्कालीन प्रमुख थापासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख उपेन्द्रबहादुर थापासहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । पञ्चपुरी नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनको लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी रकम भुक्तानी गर्दा दुई करोड २० लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज मंगलबार मुद्दा दायर गरेको हो । अख्तियारले पञ्चपुरी नगरपालिकाका तत्कालीन नगर प्रमुख उपेन्द्रबहादुर थापाविरुद्ध ५० लाख विगो कायम गरी मुद्दा दायर गरेको छ । यसैगरी पञ्चपुरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरी विरुद्ध ३० लाख, अर्का प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाविरुद्ध २० लाख र लेखा अधिकृत मोहन बहादुर बुढाविरुद्ध ५०…
Read More
रास्वपाका सभापति लामिछाने विरुद्धको मुद्दा न्यायाधीश सिन्हाको इजलासमा

रास्वपाका सभापति लामिछाने विरुद्धको मुद्दा न्यायाधीश सिन्हाको इजलासमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको छ ।यो मुद्दा नवौं नम्बरमा छ । अधिवक्ता युवराज पौडेल सफलले लामिछानेविरुद्ध हिजो दायर गरेको रिट निवेदनमा आज सुनुवाई हुँदैछ । रिटमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर गर्न माग गरिएको छ । पौडेलले यसअघि पनि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गर्नु भएको थियो । नागरिकता विवाद सम्बन्धमा परेको रिटमाथि गत माघ १३ गते परमादेश जारी गर्दै सर्वोच्च अदालतले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै लामिछाने नेपाली नागरिकता…
Read More
चितवनको चुम्लिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

चितवनको चुम्लिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ चुमलिङटारमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । चुम्लिङटारबाट धादिङ हुगग्दीखोलातर्फ जाँदै गरेको बा ५६ प २९८३ नं. को मोटरसाइकल अनियन्त्रित भई भित्तामा ठोकिन पुग्दा धादिङ बेनिघाट रोराङ–३ बस्ने २४ वर्षीय अन्जन सिलवाल गम्भीर घाइते हुनुभएको थियो । घाइते सिलवालको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मुत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
Read More
यि हुन् चितवन २ मा उम्मेदवारी दर्ता गराएका २४ जना उमेदवार

यि हुन् चितवन २ मा उम्मेदवारी दर्ता गराएका २४ जना उमेदवार

अब आउँदो वैशाख १० गते चितवन–२ मा हुन लागेको उपनिर्वाचनका लागि २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १२ जना विभिन्न राजनीतिक दलबाट र १२ जनाले स्वतन्त्र गरी २४ जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो । उम्मेदवारी दर्ता गराउनेमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने हुनुहुन्छ । त्यस्तै जनकराज शर्मा (राष्ट्रिय जनमोर्चा), मोजराज बगाले (स्वतन्त्र), सुवास परियार (स्वतन्त्र), ज्ञानेन्द्र प्रजा (नेपाल मजदुर किसान पार्टी), सुदर्शन कँडेल (स्वतन्त्र), टेकबहादुर तामाङ (मंगोल नेशनल अर्गनाइजेशन), योगलाल श्रेष्ठ (राष्ट्रिय नागरिक पार्टी), राजेश अधिकारी (नागरिक उन्मुक्ति पार्टी), ताराप्रसाद पौडेल (स्वतन्त्र), महानन्द जैशी (राष्ट्रिय जनमुक्ति पार्टी), भाष्कर चन्द्र न्यौपाने (स्वतन्त्र), सन्तोष थापा…
Read More
चितवनमा पाँच महिनापछि फेरी देखियो कोरोना संक्रमण, एकै दिनमा भेटिए दुई  संक्रमित

चितवनमा पाँच महिनापछि फेरी देखियो कोरोना संक्रमण, एकै दिनमा भेटिए दुई संक्रमित

चितवनमा पुनः कोरोना संक्रमण देखिएको छ । हिजो सोमबार जिल्लाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि पुन कोरोना संक्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा कालिका नगरपालिकाका ४५ वर्षिया एक जना महिला र भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गतको स्वास्थ्य संस्थामा गरिएको परीक्षणमा अर्को एक जना महिलामा गरी दुई जनामा संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालमा आज आठ वटा नमूना परीक्षण गर्दा एक वटा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । जिल्लामा गत कात्तिक ११ गते तीन जनामा संक्रमण देखिएपछि हालसम्म कोरोना संक्रमण देखिएको थिएन ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.