हेडलाईन

भरतपुरमा भएको तीन दिने उद्घोषण तालिम सम्पन्न, ७४ वर्षसम्मका महिलाको सहभागीता

भरतपुरमा भएको तीन दिने उद्घोषण तालिम सम्पन्न, ७४ वर्षसम्मका महिलाको सहभागीता

संगम टोल महिला समिति,संगम टोल नारायणगढले आयोजना गरेको ‘३ दिने उद्घोषण कला तालिम’ हिजो सोमबार सम्पन्न भएको छ । चैत्र १८ गतेबाट भरतपुरस्थित भरतपुर गार्डेन रिसोर्टमा सुरु भएको सो तालिममा १६ जना महिला सदस्यहरू सहभागी भएका थिए । ‘महिला सशक्तीकरण एवम् सिक्ने कुनै उमेर हुँदैन’ भन्ने कुरा प्रमाणित गर्दै २४ वर्षदेखि ७४ वर्ष उमेरसम्मका महिलाहरू उक्त उद्घोषण तालिममा सहभागी भएका थिए । संस्थाकी अध्यक्ष दुर्गा श्रेष्ठको सभाअध्यक्षता एवम् संयोजकत्वमा सञ्चालित उक्त कार्यक्रमको सञ्चालन संस्थाकी सचिव सुमिना जोशीले गर्नुभएको थियो । उक्त कार्यक्रममा दुर्गा श्रेष्ठ, बिजु कँडेल, रामप्यारी श्रेष्ठ, मैयाँदेवी प्रधान, प्रमिला श्रेष्ठ, सुमिना जोशी, रत्नाश्री श्रेष्ठ, इन्दिरा सापकोटा, इन्दु श्रेष्ठ,…
Read More
बसको ठक्करबाट रत्ननगरमा साइकलयात्रीको मृत्यु

बसको ठक्करबाट रत्ननगरमा साइकलयात्रीको मृत्यु

पूर्वीचितवनको रत्ननगरमा बसको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नंं. १ बकुलहरचोकमा आज मंगलवार बिहान १०ः०५ बजेको समयमा बा४ख ८९१६ नम्बरको बसले साइकलयात्रीलाई ठक्कर दिँदा घाइते हुनुभएका रत्ननगर–१ का ७५ वर्षीय कुलप्रसाद पराजुलीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका पराजुलीलाई भरतपुरको पुरानो मेडिकल कलेज (सीएमसी) मा उपचारका लागि लगिएको थियो । उहाँको उपचारकै क्रममा बिहान १० बजेर ५० मिनेट जाँदा मृत्यु भएको ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक अनिलकुमार खड्काले जानकारी दिनुभयो । साइकलयात्री पराजुलीलाई ठक्कर दिने बस र बसका चालकलाई ईलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको छ ।
Read More
वैशाख १० मा हुने उपचुनावको उम्मेदवारी दर्ताको समय सकियो

वैशाख १० मा हुने उपचुनावको उम्मेदवारी दर्ताको समय सकियो

अब आउँदो वैशाख १०गते चितवन २, तनहुँ १ र बारा २ मा हुने उपचुनावको लागि आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म तोकिएको उम्मेदवारी दर्ताको समय सकिएको छ । उपनिर्वाचनको लागि दलहरुले आ–आफ्नो क्षेत्रबाट उम्मेदवारी दर्ता गरीसकेको छन् । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उपचुनावका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराउनुभएको छ । चितवन २ बाट उपचुनावका लागि कांग्रेसबाट चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका जीवलाल पुरीले उम्मेदवारी दर्ता गर्नुभएको छ । गत मंसिर ४ गते भएको चुनावमा चितवन २ बाट निर्वाचित रवि लामिछाने…
Read More
कर्णाली राजमार्गमा जीप दुर्घटना हुँदा १४ जना घाइते, दुईको अवस्था गम्भीर

कर्णाली राजमार्गमा जीप दुर्घटना हुँदा १४ जना घाइते, दुईको अवस्था गम्भीर

दैलेखमा आज सोमबार दिउँसो बोलेरो जीप दुर्घटना भएको छ । सुर्खेतबाट कालिकोट नरहरिनाथ गाउँपालिकाको लागि छुटेको १ ज ५५ नम्बरको उक्त जीप आठबिस नगरपालिका–१ डाब नजिक कर्णाली राजमार्गमा दुर्घटना भएको हो । जीपमा सवार १४ जना नै घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुई जनाको अवस्था गम्भीर रहेको र बाँकी १२ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा जिल्ला कालिकोट नरहरिनाथ गाउँपालिका–७ बस्ने ७ वर्षीय भिष्ण बोगटी, ३३ वर्षीया दुर्गा बोगटी, ७ वर्षीया प्रतिक्षा बटला, त्रिबेणी गाउँपालिका–२ बस्ने १४ वर्षीय सरद विष्ट, नरहरिनाथ–५ बस्ने २० वर्षीया मनिषा बोगटी, सोही पालिका ८ नम्बर वडामा बस्ने ५५ वर्षीया…
Read More
ताप्लेजुङका दुई ठाउँमा दुई पुरुषको शव भेटियो

ताप्लेजुङका दुई ठाउँमा दुई पुरुषको शव भेटियो

हिमाली जिल्ला ताप्लेजुङका दुई ठाउँमा दुई जना पुरुषको शव भेटिएको छ । रौतहटको चन्द्रपुर नगरपालिका घर भएका विशाल थापाको शव सिरिजङ्घा गाउँपालिका पुछार काबेली खोलाको बगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सुपर काबेली हाड्रोपारमा एक्स्काभेटर चालकको रूपमा काम गर्ने थापामा राति बरबराउने समस्या थियो । यस्तै फुङलिङ नगरपालिका वडा नम्बर–२ देवलिङ्गे बस्ने ३४ वर्षका कुमार विकको शव सिम्ले नजिकैको सडक किनारमा भेटिएको छ । शवको पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने र घटनाको अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ ।
Read More
भारतको नयाँ दिल्ली रेल्वे स्टेशनबाट सात नेपाली बालबालिकाको उद्धार

भारतको नयाँ दिल्ली रेल्वे स्टेशनबाट सात नेपाली बालबालिकाको उद्धार

भारतको– नयाँ दिल्ली रेल्वे स्टेशनबाट सात जना नेपाली बालबालिकाको उद्धार गरिएको छ । एक हप्ता लामो विशेष उद्धार अभियानबाट सात जना नेपाली बालबालिकाको उद्धार गरिएको हो । बाल कल्याण समितिसहित सलाम बालक, प्रयास संस्था, साथी संस्था, चाइल्ड लाइन १०९८, रेल्वे अथोरिटी, आरपीएफ र जीआरपीको संयुक्त पहलमा गत मार्च २७ देखि अप्रिल २ सम्म गरिएको संयुक्त उद्धार अभियानमा नेपाल, बङ्गलादेश र भारतका विभिन्न राज्यबाट दिल्ली पुगेका झन्डै चार सय जना बालबालिकाको उद्धार गरिएको अभियानमा लागेका उद्धारकर्मीहरूले बताएका छन् । नयाँ दिल्ली रेल्वे स्टेशनका विभिन्न प्लेटफर्म, रेल्वे स्टेशनका प्रवेश र निकासद्वारमा खटिएका उद्धारकर्मीले बालबालिकाको उद्धार गरेका हुन् । सात दिनसम्म चौबिसै घण्टा…
Read More
सर्वोच्चमा रास्वपाका सभापति लामिछानेविरुद्धको रिट दर्ता, भोलि नै पेशी

सर्वोच्चमा रास्वपाका सभापति लामिछानेविरुद्धको रिट दर्ता, भोलि नै पेशी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध युवराज पौडेल (सफल) को रिट सर्वोच्चमा दर्ता भएको छ । युवराज सफलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध हिजो आइतबार पेश गरेको रिट आज सोमबार दर्ता भएको हो । रिटउपर पहिलो सुनुवाइका लागि भोलि पेशी तोकिएको छ । सफलले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गर्नुभएको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले लामिछानेको सांसद पद खारेज गरेको थियो । चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो ।
Read More
चितवन क्षेत्र नम्बर २ मा तोकिए एक सय ३८ मतदान केन्द्र

चितवन क्षेत्र नम्बर २ मा तोकिए एक सय ३८ मतदान केन्द्र

चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि ४३ मतदान स्थल र एक सय ३८ मतदान केन्द्र तोकिएको छ । एक लाख २४ हजार छसय ९५ मतदाताका लागि सहज हुने गरी केन्द्रहरू तोकिएको निर्वाचन आयोगले जनाएको छ । सर्वोच्च अदालतले निर्वाचित प्रतिनिधि सभा सदस्य रबी लामिछानेको पद खारेज गरेसँगै वैशाख १० गते उप निर्वाचन हुन लागेको हो । उप निर्वाचनमा आज(सोमबार) उम्मेदवारी दर्ताको कार्यक्रम छ । आज बिहान १० बजेबाट बेलुकी पाँच बजे सम्म उम्मेदवारी दर्ताको कार्यक्रम रहेसँगै विभिन्न दलका नेताको चहलपहल देखिएको छ । यो क्षेत्रमा अहिले उम्मेदवारका लागि नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पाटी लगायतका पार्टीहरूले आ–आफ्ना…
Read More
चितवन–२ मा रवि लामिछानेले दर्ता गरे उम्मेदवारी

चितवन–२ मा रवि लामिछानेले दर्ता गरे उम्मेदवारी

चितवन निर्वाचन क्षेत्र नम्बर–२ को प्रतिनिधि सभा सदस्यका लागि रवि लामिछानेले उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्ताबक सिता ज्ञवाली र समर्थक बिक्रम श्रेष्ठ रहनुभएको छ । लामिछानेले दिउँसो १ बजे उम्मेदवारी दर्ताको समय लिएको भए पनि तनहुँ जाने कार्यक्रम रहेकोले बिहानै उम्मेदवारी दर्ता गराउनुभएको हो । । यस्तै, कांग्रेसले दिउँसो २ बजे, एमाले दिउँसो ३ बजे र राप्रपाले अपराह्न ४ बजे उम्मेदवारी दर्ता गर्ने तय भएको छ । यसअघिको निर्वाचनमा भारी मतान्तरले विजयी हुनुभएका लामिछाने नागरिकता विवादमा सर्वोच्चले गरेको फैसलापछि पदमुक्त हुनुभएको थियो…
Read More
चितवन र तनहुँमा कांग्रेसलाई सघाएको एकीकृत समाजवादीले बारामा जसपालाई सघाउने

चितवन र तनहुँमा कांग्रेसलाई सघाएको एकीकृत समाजवादीले बारामा जसपालाई सघाउने

नेकपा एकीकृत समाजवादी पार्टीले उपनिर्वाचनमा उम्मेदवार नउठाउने भएको छ । उक्त पार्टीले तनहुँ १ र चितवन २ मा कांग्रेसका उम्मेदवारलाई सघाउने भएको छ भने बारामा जसपा उम्मेदवारलाई सघाउने भएको हो । सत्ता साझेदार दलका उम्मेदवारलाई सहयोग गर्नुपर्ने भएकाले पार्टीको उम्मेदवार नउठाएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.