पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस
गृह मन्त्रालयको बढुवा समितिले पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । आज बसेको बढुवा सिफारिस समितिको बैठकले जदपद प्रहरी समूहतर्फका प्रहरी नायब महानिरीक्षकहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बढुवाका लागि सिफारिस भएका डीआईजीहरुमा वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य हुनुहुन्छ । सिफारिस भएका कुँवर मधेस प्रदेश, राई लुम्बिनी प्रदेश, थापा वाग्मती प्रदेश, ज्ञवाली कोशी प्रदेश र बज्राचार्य प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत हुनुहुन्छ । विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुण बीसी, रवीन्द्रबहादुर धानुक र पूजा सिंह लगायतका एआईजीहरूले…