हेडलाईन

दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मुत्यु

दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मुत्यु

दार्चुलामा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दार्चुलाको महाकाली नगरपालिका– ४ बाङ्गाबगर खानेपानी ट्याङ्की नजिक लास्कु खोलामा मधेस प्रदेश–०३ ००१ ज ०३४० नम्बरको जीप दुर्घटना हुँदा भारतको पिथौरागढ जिल्लाको धार्चुला सिमखोला बस्ने ६० वर्षीया कालीदेवी नेगीको उपचारको क्रममा जिल्ला अस्पताल दार्चुलामा ज्यान गएको प्रहरीले जनाएको छ । जीपमा भारतीय नागरिक रहेको र उनीहरु भारतीय नागरिक डुङरी मन्दिर दर्शन गर्ने आएका बुझिएको छ । उक्त जिप दुर्घटनामा चालकसहित छ जना घाइते भएका थिए । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको थियो । उक्त अस्पतालबाट तीन जनालाई भने उपचारका लागि भारतको पिथौरागढ रेफर गरिएको दार्चुलाका प्रहरी…
Read More
साफ यू–१७ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

साफ यू–१७ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

बंगलादेशमा मार्च २० देखि ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिप २०२३ का लागि यू–१७ राष्ट्रिय महिला टोली घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भगवती राना मगरले आज मंगलबार टोली घोषणा गर्नुभएको हो । घोषणा भएका उक्त नेपाली टोलीमा गोलकिपरतर्फ सुजाता तामाङ, रधिला ओली, करुण बुढाथोकी रहनुभएको छ भने डिफेन्डरतर्फ अञ्जना पुन मगर, प्रेना डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही, रेनु लिम्बु चबेगु हुनुहुन्छ । त्यस्तै मिडफिल्डरमा माया मास्के, दीपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार, पुनम चेम्जोङ र फरवार्डतर्फ दीपा रोकाया, वर्षा ओली, सेनु परियार रहनुभएको छ । रानाको नेतृत्वमा यू–१५ राष्ट्रिय…
Read More
इराकमा बम विस्फोट हुँदा पाँचजनाको मृत्यु, चार जना घाइते

इराकमा बम विस्फोट हुँदा पाँचजनाको मृत्यु, चार जना घाइते

इराकमा हिजो सोमबार राति भएको बम विस्फोटमा परेर पाँचजनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । इराकको पूर्वी प्रान्त दियालामा सो बम विस्फोट भएको जनाइएको छ । दियाला प्रहरीले दिएको जानकारीअनुसार दियालाको माक्दियान नगरको एक सडकको किनारामा कुनै अज्ञात समुहले बम राखेको थियो । सोही बम विस्फोट हुँदा गुडिरहेको कारमा रहेका पाँच जना सर्वसाधारणको ज्यान गएको हो । सो सडक भएर हिडिरहेका चार जना बटुवा घाइते भएको बताइएको छ । यस विषयमा इराकी प्रहरीले अनुसन्धान थालेको जनाएको छ । पछिल्लो समयमा इराकमा इस्लामिक स्टेट्स समूह यस्ता आतंककारी आक्रमणहरुमा संलग्न रही आएकाले प्रहरीले सोही समूहले यो बम विस्फोट…
Read More

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट सर्वोच्चमा दर्ता

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट दर्ता भएको छ । २०७६ माघ १ मा माघी पर्वको अवसरमा काठमाडौको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएकामध्ये पाँच हजार जनाको मात्र जिम्मा आफूले लिएको अभिव्यक्ति दिनुभएको थियो । प्रचण्डको सोही अभिव्यक्तिलाई लिएर द्वन्द्वकालीन घटनामा पीडित भएका कल्याण बुढाथोकी, विनोद सापकोटा, कमला राई तिमल्सेना, हुमराज दवाडीलगायतले रिट दायर गर्नुभएको हो । मुद्दाको पेसी पर्सि बिहीवारलाई तोकिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो । उक्त अभिव्यक्तिविरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेशको माग गरिएको छ । यसअघि गत कात्तिक १४ गते सर्वोच्च अदालतमा दिएको निवेदन…
Read More
तराईमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै

तराईमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै

फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । हिजो सोमबार हिमाली एवं पहाडी जिल्लामा सो पर्व मनाइएको थियो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास गरिन्छ ।
Read More
चितवन खानेपानी महासंघको अध्यक्षमा गुरूङ चयन

चितवन खानेपानी महासंघको अध्यक्षमा गुरूङ चयन

चितवन जिल्ला खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको अध्यक्षमा धनबहादुर गुरूङ चयन हुनुभएको छ । भरतपुरमा सम्पन्न चौथो अधिवेशनले गुरूङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा दिलकुमारी लामा, सचिवमा सरस्वती लामा, सहसचिवमा खुमप्रसाद पन्त, कोषाध्यक्षमा रुविन पौडेल र सदस्यहरुमा शिवलाल भुर्तेल, माधवप्रसाद अर्याल, मनकुमार गुरूङ, जोखाप्रसाद चौधरी, राजकुमार शाह, कृष्णराज अधिकारी, केशव सिलवाल, सविता गौतम दाहाल र इन्दुराज खनाल चयन हुनुभएको छ । अधिवेशनले लेखा समिति संयोजकमा भीमबहादुर क्षेत्रीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा मिलन पाण्डे र सरस्वती लम्साल पौडेल चयन हुनुभएको छ । उक्त अधिवेशनले संघीय प्रतिनिधिमा सिर्जना बसौला देवकोटा, चन्द्र्रमाया लामा, माधवप्रसाद अर्याल र हरिप्रसाद…
Read More
चितवन क्षेत्र नं २मा हुने उपनिर्वाचनका लागि आजदेखि दाबी विरोध कार्यक्रम

चितवन क्षेत्र नं २मा हुने उपनिर्वाचनका लागि आजदेखि दाबी विरोध कार्यक्रम

चितवन क्षेत्र नं २ मा आगामी बैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि आजदेखि दाबी विरोधको कार्यक्रम सुरु भएको छ । यसअघि चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । चितवनमा आज पनि फागु पर्व मनाइँदै छ । भोलि नारी दिवसको अवसरमा सार्वजनिक बिदा छ । दाबी विरोध कार्यक्रम सञ्चालनका लागि बिदाको दिन पनि कार्यालय खोलिने निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो । दाबी विरोध कार्यक्रम अन्तर्गत मतदाताले उजुरी दिन र त्रुटि सच्याउन पाउने छन् । बिदाको दिन परेपनि आज फागुन २३ देखि २५ गतेसम्म…
Read More
चितवनका कुकुरमा भेटियो ‘पार्वो भाइरस’ सङ्क्रमण

चितवनका कुकुरमा भेटियो ‘पार्वो भाइरस’ सङ्क्रमण

चितवन जिल्लामा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो । अस्पतालमा उपचारका लागि ल्याइएका कुकुरमा ३० देखि ४० प्रतिशतमा भाइरस देखिएको केन्द्रका सूचना अधिकारी डा प्रभात न्यौपानेले बताउनुभयो । मौसममा आएको परिवर्तनसँगै यो समस्या आएको हो । घरपालुवा कुकुर उपचारको लागि ल्याउने गरिए पनि सडकमा रहेका भुस्याहा कुकुरको उपचारमा भने कसैले ध्यान नदिएको न्यौपानेको भनाई छ । यो रोग घरपालुवासहित छाडा छोडिएका कुकुरमा देखिने गरेको बताइएको छ । पार्वोको सङ्क्रमण भएका कुकुरमा खानमन नलाग्ने, पखाला लाग्ने, रगत मासी पर्ने जस्ता लक्षण…
Read More
प्रधानमन्त्री प्रचण्डद्धारा सरोज उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री प्रचण्डद्धारा सरोज उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेर प्रधानमन्त्री प्रचण्डले उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । उहाँले माधव नेपालसहित सम्पूर्ण परिवारजनमा समवेदना पनि प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत शनिबार काठमाडौंको शंखमुलस्थित एक रेष्टुरेन्टको छ तला माथिबाट खसेर उपाध्यायको निधन भएको थियो । उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका भाइ हुनुहुन्छ । उपाध्यायको पार्थिव शरीरलाई आज अन्त्येष्टि गर्नुअघि अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ ।
Read More
राष्ट्रपति निर्वाचनको लागि एमाले सांसदलाई  प्रशिक्षण

राष्ट्रपति निर्वाचनको लागि एमाले सांसदलाई प्रशिक्षण

यहि फागनु २५ गते हुने राष्ट्रपतिको निर्वाचनको लागि नेकपा एमालेले सांसदहरूलाई प्रशिक्षण सुरू गरेको छ । , राष्ट्रियसभा तथा प्रदेशसभा सांसदहरू काठमाडौंमा भेला भई प्रशिक्षणमा सहभागी भएका हुन् । प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, टोपबहादुर रायमाझीलगायतका नेताको सहभागी छ । एमालेले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ । नेम्वाङसँग नौ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिस्पर्धामा हुनुहुन्छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.