राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा निधन
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । काठमाडौंमा रहेको नर्भिक अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो । जबरा नेपालको पहिलो गभर्नर तथा पूर्वअर्थसचिव हुनुहुन्थ्यो । उहाँ हिमालयन बैंकका संस्थापकसमेत हुनुहुन्थ्यो । १४ वर्षमा मेट्रिक पास गर्नुभएका उहाँ नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बन्नु भएको थियो । राजा महेन्द्र शाहले राष्ट्र बैंकको स्थापना गरेर मासिक आठ सय तलब खानेगरी गभर्नरको नियुक्ति दिँदा उहाँ २९ वर्षको मात्रै हुनुहुन्थ्यो । प्रजातन्त्रको चेतका कारण राणा परिवारमा जन्मिए पनि उहाँ राणाविरोधी आन्दोलनमा सक्रिय रुपमा सहभागी हुनुभएको थियो । जबराको नेतृत्वमा…