अर्पण बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा सुरज पाैडेल चयन
रत्ननगर । अर्पण बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा माेहदत्त पाैडेल(सुरज) सर्वसम्मत चयन भएका छन् । शुक्रबार सम्पन्न १४ औ बार्षिक साधारण सभा तथा छैठाै अधिवेशनले पाैडेलकाे नेतृत्वमा नयाँ कार्य समिति चयन गरेकाे हाे । समितिकाे उपाध्यक्षमा रामकुमार बजगाई, सचिवमा महेश पाण्डे,काेषाध्यक्षमा टुकानाथ आचार्य र सदस्यहरुमा ध्रुवराज लामिछाने, तुलसीदेवी सुवेदी, सावित्री पाैडेल, भगवती देवकाेटा, चन्द्रनारायण श्रेष्ठ, धनञ्जय शर्मा, गाेविन्द पाैडेल चयन भएका छन् । अधिवेशनले लेखा समिति संयाेजकमा किशार चालिसे र सदस्यहरुमा कृष्णप्रसाद आचार्य,डिलकुमारी गिरीलाई चयन गरेकाे छ । राष्ट्रिय सहकारी बाेर्डका सहअध्यक्ष मित्रराज दवाडी प्रमुख अतिथि रहेकाे साे कार्यक्रममा निवर्तमान अध्यक्ष मेघनाथ पाैडेलले भावि कार्ययाेजना, सचिव किशाेर चालिसेले प्रगति…